Home » » मुक्तक मुधुरीमा-2069-05-14-/August30-2012 Download

मुक्तक मुधुरीमा-2069-05-14-/August30-2012 Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, August 31, 2012 | 2:48 AM


Program : Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz
Time : Thursday 9.15pm
Host : Ramu Acharya  
आज मिति 2069 भाद्र 14 गते तदनुसार 2012 Aug 29 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।


Download From Click HERE (Size 8MB)


Listen All  Episodes Source-Chisapani Nepal's -Ram Sharan Shrestha



२०६९-०५-१४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Ram Sharan Shrestha 
उस्ले आफै महान भएको घोषणा गर्यो ।।
आफैलाई भगवान भएको घोषणा गर्यो ।।
उस्ले विधातालाई चुनौती दिँदै आज मात्र
आफू विधाताकै समान भएको घोषणा गर्यो ।। राम शरण श्रेष्ठ
चिसापानी ६ , रामेछाप ।
अगाडिका श्रीङ्खलाहरु चिसापानी नेपाल बाट सुन्न र डाउनलोड गर्न सकिन्छ । 
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima


02-Aindra Bikram Nisthuri 
जुन रुन्छ. फुल रुन्छ. तारा पनि रुदो रहेछ।
दुख्दा मुटु जल्दा मन खुसी टाढा हुदो रहेछ।
बगाएसी खहरेले उमंग र उत्साहाहरु।
बाँध फूटी नयानको मोति पनि चुँदो रहेछ।
आइन्द्र बिक्रम निष्ठूरी
अमरपुर (चार) पाँचथर
हाल. दोहा. कतार


03-Khadga G Magar 
जिंदगिका सपनाहरु, मुटु भित्र सांची राखे 
गरीबिका ब्यथाहरु, छात्ती भित्र चांची राखे// 
अंधकार कुइरो भित्र , हराएको काग सरि 
बिबश्ताले गांजिएको, चक्र भित्र नाची राखे // 
खड्ग जी.एम.
उरहरी 2 दांग 
23/08/2012
qatar


04-Sunil Neupane Marling 
नमस्कार सम्पुर्ण मित्रहरु तथा मुक्तक मधुरीमालाई,
म बिगत समय देखी यस कार्यक्रममा मुक्तक प्रेषण गरेर अनि सुनेर साथ दिदै आएको थिए 
तर कारणबश केही समय टाढीदैछु, समय मिल्नासाथ छिट्टै आउनेछु।
पवन दिने _ पात फरक छ।
तिम्रो र मेरो जात फरक छ॥
महल छैन _ झुप्रोमा बस्छु।
गरिब हु औ- कात फरक छ॥
-सुनिल न्यौपाने 'मार्लिङ'
जुनियाँ ~ दुई ~ गुल्मी
हाल :- मुम्बई


05-Nirdoshi Pokhrel 
तिम्रै यादमा आज अलिकती पिउदै छु।
फाटेको मन मुटु बेदनाले सिउदै छु॥
मर्यो भन्दै अनायशै हल्ला फैलाएनी।
आज सम्म जिउदो लास भई जिउदै छु॥
lokbahadurpokhrel(nirdoshi)
benimadipur~07 devinagar tadi 
nawalprasi ... Hall:= mumbai..


06-Hari Aryal Anupam 
भैगो माया गर्दिन म,
तिम्रो भर पर्दिन म,
भत्किएको पूल बाट
बर्खे भेल तर्दिन म,
हरि अर्याल अनुपम
ग्वालिचौर बागलूङ


07-मोहन बिहानी काफ्ले ** मुक्तक **
आज बिहानै तिम्रो गल्लि छेउ छाउमा हलचल थियो,
बिषय तिम्रो मोबाइलमा राती गरेको मिसकल थियो।
माया गर्ने मान्छे ले सधैं भरि सम्झि राख्दा तिमिलाई,
अनाबश्यक चर्चा चलाई बेकारमा गरेको त्यो छलफल थियो।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --http://mohanbihani.blogspot.com/


08-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा 
म सुन्छु सधै मुक्तक मधुरिमा हजुर 
अनि सुनिरनछु यो जुनी भरिमा हजुर 
एकदिन सुन्न पाइन भने पागल हुन्छु 
अनी रुदै हिड्छु भदौरे यो झरीमा हजुर 
-गजल प्रेमी औसिकोरात्मा इन्द्रमान आत्मा 
हेटौडा,हाल-दोहा कतार


09-Bus Anta 
माया मलाई गर नगर ,मैले माया गरिसके 
फुल तिमी फक्री रहनु ,शित म त झरी सके.
तिमी मलाई चाहदैनौ ,टाढा त म सारी सके .
साथी पयौ बधाई छ ,एक्लै त म भइे सके 
by basanta bhattarai
from chabahil


10-Lalu Gm 
डर लाग्छ पछि, कतै माया माया मार्छौकी सानु।
जसलाई भेट्यो बाटोमा, उसलाई ठीक्क पार्छौकी सानु।।
मिठा मिठा कुरा गर्दै, मायाको सिँढी चढ्दै जादा।
दुई चार कदम साथ दिई, खुट्टा तानी झार्छौकी सानु।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

11-अर्जेल मायाको शागर अर्जेल 
दुनीयालाई भुलेर आज भगवानको शरणँ भो !
कस्को नजर लाग्यो मलाई खुशी सबै हरणँ भो
दुख पिडा शहेर बाँच्नु को के अर्थ !
भगवानले शाथ नदिए पछी अनी मेरो मरणँ भो


12-Baral Suryamani 
भुबन थापाको मुक्तक: 
मान्छे फुल टिप्ने होईन फुल भित्रको वास टिप्छ।
सधैं वास्ना छरि बस्ने फुलको त्यो आश टिप्छ।।
मृत्यु पनि भन्छ मैले कसैलाई मारेँ भनि।
आत्मा किन मार्न सक्थ्यो केवल तनको सास टिप्छ........!! !!
Baral Suryamaniको प्रतिकृयामाः
फुल भन्दा साथी फुल भित्रको बास
माठो,सँधै सुन्दर बनि बस्ने फुलको त्यो आश
मिठो। मृत्यूको त कामै त्यही अरु लाई
मार्ने न हो ,उस्लाई लाग्न सक्छ आत्मा 
भन्दा नि सास मिठो।


13-ß-kash Neupane 
सुरुवात गर्न थाल्दा थाल्दै खै के के भो जिन्दगी !
च्यात्तियको ठाउ टाल्दा टाल्दै खै के के भो जिन्दगी !!
थोरै भय पनि खुशी हरु खोज्ने बाहाना मा,
पाइला हरु चाल्दा चाल्दै खै के के भो जिन्दगी !!
-● बिकाश न्यौपाने●
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori


14-Krishna Paudyal 
कल्पनाको सिमित हुन्छ र
मृत्यु आत्मा जिवित हुन्छ र
भनिदेउन ओ प्रेमको गुरु
मायाको बिष अमृत हुन्छ र
-कृष्ण पौड्याल बम्घा एक गुल्मी


15-Artimus Siru 
तिमी छौ र पो ,म छु अनि हाम्रो माया छ !
दिलको यो गहिराईमा मात्र तिम्रो छायाँ छ !!
जोरी पारी हासछन् किन तिम्रो मेरो प्रित देखी !
इर्ष्या गर्नेहरु धेरै छन् सानु सोच इश्वर दायाँ छ !!
सुमित्रा अधिकारी (धिताल) गोरखा


16-Madan Rokaya 
बच्चन छैनन् त के, मधुशाला यहि छ ।
अप्सरा छैनन् त के, इरा पाला यहि छ ।।
बाध्छौ भने बन्धनमा जुनी तिमीलाई सुम्पुला
सिन्दुर, पोते छैनन् त के, तुलमाला यहि छ ।।
madan rokaya


17-Amrit Shrestha
अधेरी मलाई भो तिमी जुन लिएर जाउ 
बिल्नो मलाई भो तिमी नुन लिएर जाउ 
अझै तिमीलाई पुगेको छैन भने कसम 
म मर्न तयार छु तिमी खुन लिएर जाउ 
(Amrit Shrestha pokhara 12 kaski)


18-Suman Adhikari 
मतिएर जिन्दगी रमाईलो मान्ने हरू !
हात समाई पछिपछि हिन्न जान्ने हरू !
के सम्झन्छन् आखीर जिन्दगी लाई..,
मात्र एक रात लाई सर्वसो ठान्ने हरू !!
-सुमन अधिकारी
पश्चिम चितवन शंकरचोक


19-निस्चल प्रेमी कान्छा 
बिस पुगी एक्काईस लागे उमेर मेरो काँचो छ है
जिवनभर साथ दिने तरुनीको खाँचो छ है
घरमा आमा एक्लै भईन बुहारीको बाटो र्हेदै
यहाँ मैले लेखेजती सबै कुरा साँचो छ है ।। 
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी 
हाल मुम्बई भारत


20-Dipendra Chapagain 
रुडि बादी परम्परा तोड्नुपर्छ नारी तिमी
आजैदेखी नयाँ बाटो मोड्नुपर्छ नारी तिमी
अधिकार न्याए खोज्दै एकताको हातभित्र
चुलो चौको अब तिमी छोड्नुपर्छ नारी तिमी 
दिपेन्द्र चापाँगाई
हरीहरपुर 3 कपिलवस्तु
हाल मुम्बई भारत


21-Bikalpa Babu 
नडुल पंछि आकाशमा तिमी, जगत छ हेर
सजाउन सिँउदो रातै बनाइ, रगत छ हेर
सोध बुझ हरेक प्राणीसँग, संसारमा कतै
'बिकल्प'को तिमी मुटु भन्ने, अवगत छ हेर
-बिकल्प बाबु
गितानगर चितवन


22-Jyoti Khatiwada Anischit 
श्रावणको आकाश झै,भयो यो जीन्दगी
समुन्द्रको छाल झैँ,गयो यो जीन्दगी
पहरासँग सिँगौरी खेल्दा,चोइटिएर जीन्दगी
कठै शुन्य अवशेष मात्र,रह्यो यो जीन्दगी ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा 2 झापा
हाल त्रि चन्द्र क्याम्पस ।


23-Dipak Dhakal 
नसोच भो माया मार्न कहाँ सक्छु र ..!
त्यो मन बाट बसाई सार्न कहाँ सक्छु र ..!! 
साटे मुटू तिमी संग अन्त बाडदिन अब ..! 
बिच बाटोमा एक्लै पार्न कहाँ सक्छु र ..!! 
-दिपक ढकाल
चुहाँ 4 कैलाली नेपाल 
हाल . पुना भारत

26-Guru Dahal 
तिम्रो लागी चुरापोते किन्न भनेर
अरु लाई मेरी काली दिन्न भनेर
आउछु म हुनेवाला ससुराली गाउमा
मात पिता बाट काली छिन्न भनेर
guru prasad dahal
now india


27-Ashish Danai 
आज भोली कता कता अन्धकारमा बसेको छु
थाहा छैन खै कसको जालझेलमा फसेको छु
कसैको िन नराम्रो त गर्याजस्तो लाग्याछैन
गाऊँलेको नजरबाट त्यसै कीन खसेको छु
-आिशष दनाई
बेिसशहर, लमजुङ
Go to www.ashishdanai.com.np to listen and download all episodes of muktak madhurima...


28-Arjun Chaudhary 
लगन गाठो तिमीसँग गाँसन मन लाग्यो,
तिम्रो फोटो हृदयमा टाँसन मन लाग्यो,
कसलाई दिऊ के गरु भा,छ यो जोबन,
तिम्रै दिलमा मन मुटु माँसन मन लाग्यो..
ARJUN CHAUDHARY,PADAMPUR 6...@


30-Rohit Rana "मुक्तक"
आफ्नै जिवननै,धराप लाग्यो म'मा
निकै ठुलै दैवको,श्राप लाग्यो म'मा 
सोझा मात्र देख्ने,दैव पनि कस्तो हरे 
संकट र कर्फ्यु, तनाब लाग्यो म'मा 
-रोहित राना 
बुटवल-रुपन्देही 
हाल-काबुल,अफगानिस्थान

31-Nabin Nepal 
कती भयो गन्दै छु कि क्याहो ? 
पैसा मात्र भन्दै छु कि क्याहो ?
भो छाड्छु यो पैसा को लालसा
निर्दही पर्देशी बन्दै छु कि क्याहो ?
-नबिन नेपाल
सुडाल भक्तपुर


32-Bimal Paharai
सर्ब प्रथम संचालक जी मा अदृश्य नमस्कार,
मुक्तक:
दैंवको यो जालमा पर्दा धेरै आँशु झरेका छन,
पिडाले नै जीवन मेरो अंग-अंग भरेका छन।
चाह कत्ति भएन फुल्ने झर्दा आज ओइलिएर,
पलाएका पालुवा सब रहरमै मरेका छन॥
-बिमल पहराई
हाडहाडे ५
गुल्मी,
हाल:दोहा,कतार


33-Nabodit Nabaraj 
जानीजानी अगुल्टोलाई ठोस्छन किन मान्छेहरु ?
आफ्नै घरमा आँफै आगो झोस्छन किन मान्छेहरु ?
आखिर लाने के नै हो र ? ब्रम्हनालमा चढ्नेबेला 
एकअर्काको हाँसोखुसी खोस्छन किन मान्छेहरु ?
-नबराज नबोदित
Leguwa,Dhankuta
हाल: दोहा, कतार।


34-Gyan Tramu Magar <मुक्तक>
पराईको भन्दा आफ्नैको डर छ।
उसको त मेरै नजिकै घर छ॥
झोस्यो भने सबै खरानी हुन्छ मेरो।
उसको छानोमा टिन मेरो त खर छ॥
-ज्ञान तरामु मगर,ठुलोलुम्पेक-4 
कसिन्थला गुल्मी,हाल मुम्बई
-दुरभाषा9594663484
सम्पर्क 9987181075


35-सुजल बाबु बस्नेत सुजीता पौडेल 'प्रीति'जी को मुक्तकको जवाफी मुक्तक मेरो एउटा प्रयास:-
तिम्रै हुँ केवल म त, बन्या'छैन टाढा कैले ।
जुनि भरको चोखो प्रीति,फिक्का हुन्न गाढा जैले ।
प्रत्येक मेरा स्पन्दनमा, तिमी छौ मात्रै तिमी;
नबिझाउँने फूल थिएँ, बन्या हैन काँढा मैले ॥
सुबास बस्नेत "सुजल"
सोलुखुम्बु
हाल: चारआली, झापा 

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger