Home » » बुल बुल को अङ्क १५७मा २०६९भदौ १३गते बाचन भएको मेरो गजल

बुल बुल को अङ्क १५७मा २०६९भदौ १३गते बाचन भएको मेरो गजल

Written By https://mohanbihani.blogspot.com/ on Thursday, August 30, 2012 | 7:07 PM



बुल बुल को यो अङ्कमा बचन भयेको मेरो गजल 


तिम्रो जीवनको फुलबारीमा सुबास छर्छु म तिम्रो कसम,
नराख सिउँदो सधै खाली सिन्दुर भर्छु म तिम्रो कसम ।

बयली खेल्दै झुलेको त्यो तिम्रो यौवनले लठ्यायो मलाई,
विश्वास गर तिमिले चोखो माया गर्छु म तिम्रो कसम ।

गर्दा जीवनमा संघर्ष एक्ला एक्लै,आएन खुसि कहिले नि,
साथ दिन तयार छु तिम्रो सधै दु:ख हर्छु म तिम्रो कसम।

मेला पात गर्दै गर्दा भेटघाट् हुन छाड्यो भने एक्कासी,
तिमिलाई  भेट्न भनेरै बेशीं तिर झर्छु म तिम्रो कसम ।

माया प्रेमको दुनियाँ विश्वासमा चल्छ भन्छन् सबले यहाँ,
साथ पाउने आशले यो जुनीमा तिम्रै भर पर्छु म तिम्रो कसम।
Copyright@मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
#२०६९ -२-८ सोमबार #
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger