Home » » गजलका शेरहरु २०६९ -२-१५ गते सोमबार

गजलका शेरहरु २०६९ -२-१५ गते सोमबार

Written By https://mohanbihani.blogspot.com/ on Monday, May 28, 2012 | 11:42 PM

रेडियो एकता को २०६९ -२-१५ गते सोमबार को ''गजलका शेरहरु'' मा बाचित मेरा यि मित्रहरुको गजलहरु.. .....
.
Download

Listen here  ---

गजल
मायामा तिम्रो अत्याचार गरे, सक्छौ माफ गर है
पराई झै तिम्लाई ब्यबहार गरे, सक्छौ माफ गर है

पापको फल त अबस्य मील्ला, प्रयाश्चित गर्दैछु
जीन्दगी तिम्रो अन्धकार गरे, सक्छौ माफ गर है

मायाका कुरा... यसरि पुरा, नहुनु पर्ने थ्यो
गोरेटो तिम्रो खुकुरिधार गरे, सक्छौ माफ गर है

थिएन थाहा नीकाल्दा मुटु, आफै... नी बाँचीन्न
दुश्प्रयास त्यही साभार गरे, सक्छौ माफ गर है

अब त ढिला...... गैसक्यो बेला, हर्नेछु तारा भै 
गजल यो तिमीलाई उपहार गरे, सक्छौ माफ गर है

गौरब श्रेष्ठ (मनकुरा)
कर्मैया-२ सर्लाहि
हाल: दुबई
"गजल"


जीवन सुधार्न गाह्रो भयो,अति बिग्रिए पछि 
कस्लाई दिनु दोष खै, मति बिग्रिए पछि 

संघर्ष गर्नु जान्दा जान्दै,फेल खाएं मैले
दोसांधमा परीने रैछ, खती बिग्रिए पछि 

निभ्यो मनको दियो,धिप धिप बोल्दा बोल्दै
सम्हाल्नै नसकिने भयो,उपति बिग्रिए पछि 

छ्ताछुल्ल पोखियो, सबै बूंदहरु मायाका 
अन्जुलिमै ठापुं कसरी,क्षति बिग्रिए पछि 

जिवनमा केही गर्छु,केही बन्छु सपनै भो 
आफ्नाले नचिन्दो रैछ,प्रगति बिग्रिए पछि
#Rohit Rana#

गजल
सुन्दानि मख्ख पर्छु, गजल नाउँ साथीहरु ।।
एकजुट भई उत्थानमा, सँगै जाउँ साथीहरु ।।

भावनाको हाम्रो मिलन, सदावाहार हुनुपर्छ
कसम खान्छु नछुटिने, मित लाउँ साथीहरु ।।

पोखि हिड्छु गजलबाटै, सुःख दुःख जिन्दगीको
निकोपर्नुस् गजलबाटै, मनको घाउ साथीहरु ।।

यौटा बस्ति बसाउनुछ, साहित्यको संसारमा
आउनुस् स्वागत गर्छु, मेरो गाउँ साथीहरु ।।

छुट्ने छैन टुट्ने छैन, मित्रताको नाता हाम्रो
राखेको छु मुटु भित्र, छुट्टै ठाउँ साथीहरु ।।

खोजी गर्दै आएँ हजुर, सच्चा साथीहरु भेट्न
सानो ठाउँ मागेकोछु , स्थान पाउँ साथीहरु ।।

साहित्यको छहारिमा, हातेमालो गर्दै हामी
सिर्जनाको फूलबारी, मिली साजाउँ साथीहरु ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।

Share this article :

2 comments:

  1. thank you Mohan Sir parako basaema pni gar aaganko Shower haru sunne chajo pajho milaedinu vayeko ma............

    ReplyDelete
  2. Great jib Mohan Sir,
    Hami ktm ra bahira baseka le aba sunna paune bhayo ..
    Thank a lot

    Ram Sharan Shrestha

    ReplyDelete

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger