गजल संसार

Download-click Here To Download
यो अङ्कमा मेरो यो गजल बाचन भएको छ।
गजल
मिठा मिठा सुनाउ बात गजल सन्सारमा,
गजल लेखि देउ_ साथ गजल सन्सारमा।
भेदभाव छैन यहाँ आफ्नो पराई को कुनै,
तल्लो माख्लो छैन जात गजल सन्सारमा।
माया प्रेम स्नेहले जीवन फुल्छ सधैभरि,
छलछाम छैन_ घात गजल सन्सारमा।
सुख दु:ख पिर ब्यथाका हुन्छ कुराकानी
सुनाउदै कटाउ_ रात गजल सन्सारमा।
देश काल परिस्थिती सबले गजल बोल्दा,
लठ्याउदै लगाउ मात गजल सन्सारमा।
copyright @ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
http://mohanbihani.blogspot.com/
२०६९ साउन २७ गते शनिबार
0 comments:
Post a Comment