Home » » मुक्तक मुधुरीमा 2069 साउन 25 गते 9 August 2012 Download

मुक्तक मुधुरीमा 2069 साउन 25 गते 9 August 2012 Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, August 10, 2012 | 11:34 PM

मिति 2069 साउन 25 गते 9 August 2012 विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो  पौरखीको बोली रेडियो चितवन ९४.६ मेगाहर्ज बाट हरेक साताको विहिबार बेलुका बि.बि.सि. कार्यक्रम पछि 9:15 मा प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम मुक्तक मधुरिमामा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै तपाईंले माया गरी पठाउनुभएको मुक्तकहरु बाचन गर्न  दर्पण पारीका मित्र समिर पोखरेल र लक्ष्मण सापकोटा अनी हर्ष अनी बिस्मात को मित्र रामु आचार्य उपस्थित हुनुभएको छ।



Download-Plz Click Here to Download

२०६९-०४-२५ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-Ashish Danai
नेपाली भाषा सस्कृत, पैसामै बिक्छ यहाँ
भर्खर लाएको मित, पैसामै बिक्छ यहाँ
नबिक्ने त केही छैन, एउटा आत्मा बाहेक
नेता मन्त्री को सिट, पैसामै बिक्छ यहाँ
-अशिष दनाई
gaunshahar-2, danaigaun
lamjung
हाल - काठमाडौं
Listen and downloa all episode of Muktak Madhurima
( मुक्तक मधुरिमा ) frm
www.ashishdanai.com.np

02-मोहन बिहानी ********** मुक्तक *********
भो पुरानो घाउ अब त्यो साथको कुरा नगर,
टेलिफोन मा दिनहुँ हुने बातको कुरा नगर,
बर्षौ भयेछ दुई किनारा भै छुट्टिएको अब त
अतितका दिन सम्झाउने त्यो रातको कुरा नगर।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --http://mohanbihani.blogspot.com/
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

03-कल्पना पौडेल 'जिज्ञासु'
मायाको परिचर्चा पढ्दा सुन्दा मजा पाए
अनुभब गरी हेर्दा ढोका रैछ सजा पाए
सोचे जस्तो सम्झे जस्तो हुदोरैन्छ जिबनमा
माया गर्ने मायालुको बेग्ला बेग्लै अदा पाए
(kalpana paudel jigyaasu) gaidakot nawalparashi


04-Raag Gazmer Raz
शहरले मानिस लुटेको देखेँ
सोझोको मुख फुटेको देखेँ
माया प्रिति स्वार्थमा सीमित
मुना र मदन छुटेको देखेँ


05-Ram Sharan Shrestha
मलाई अब छैन मतलब कसैको ।।
भएपछि अब उनि सब कसैको ।।
शुभकामना प्रार्थना मेरो तर्फबाट
सधै होस् जिन्दगी गजब कसैको ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु चिसापानी नेपालबाट डाउनलोड गरेर सुन्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com


06-Tilak Niskarsha
आज फेरी तिम्रो छेउमा आउन मन लाग्यो
एउटा गीत तिमि संगै गाउन मन लाग्यो
अरु त सबै ठिकै अनि उस्तै नै छ भन्नुपर्यो
तिमि संग अतितको माया लाउन मन लाग्यो


07-Nirdoshi Pokhrel
पाटी पाटी लड्दा जनताहरु मर्छन यहाँ।
सोझा साझालाई ठगी पेट भर्छन यहाँ॥
चार बर्ष सम्म सविधान आएको छैन।
अझै पनी सुधार गर्ने भन्दै लर्छन यहाँ॥
-लोक बहादुर पोख्रेल बेनिमणिपुर सात सर्दी नवलपरासी हाल मुम्बई


08-Sunil Neupane Marling सुनिल न्यौपाने 'मार्लिङ'
सबैको प्यारो "मुक्तक मधुरीमा"
झस्काउछ मलाइ राती सपनीमा
ज्ञान, सुचना "रामु"दाई साथमा
संसारमा फैलिन्छ छैन सिमा
-जुनियाँ ०२ गुल्मी


09-Rajesh Prempidit मुक्तक मधुरिमाको नाममा यो प्रेमपिडीतको सानो भेटि-
भाग्य लेख्ने बिधाताले,कस्तो भाग्य लेख्यौ दैँब
कसैलाई नदेखेर,यो दु:खिलाई मात्र देख्यौ दैँब।
यो मेरो जीन्दगिलाई,पिडै पिडा मात्र दियौ।
'प्रेमपिडीत'बनाएर ,बिश्वासघातमा सेक्यौ दैब॥
-राजेश प्रेमपिडीत
बि.एड तेस्रो बर्ष(अर्थशास्त्र समूह)दुर्गालक्ष्मि बहुमुखी क्याम्पस अत्तरिया कैलाली


10-Laxmi Ghimire
दुनियाँ यो स्वार्थी पार्यो दाम पापि देख्छु म त!
आफै पापी छुर हो की, तमाम पापि देख्छु म त!
आफ्नी पत्नी जङ्गलमा त्याग्ने देउता पुज्दिन म
नास्तिक छु रावणभन्दा राम पापी देख्छु म त!
-लक्ष्मी घिमीरे, सर्लाही

11-Tikeswor Rajesh Prempidit Nath प्रतिउत्तर मुक्तक
दुनियालाई दोष दिई,भगवानलाई गाली नगर
सबै जना हास्ने गरि,आँफुलाई खाली नगर।
स्वार्थि हो यो दुनिया,भन्छु म नि तर
भगवानलाई छोडि तिम्ले,दानवको माली नगर॥
-टिकेश्वर नाथ
गाङ्खेत 9 गैराबजार डडेल्धुरा

12-शिब भट्ट
साडी चोलो दौरा सुरवाल आज आफै रुन थाले
एक बित्ताको टिसर्ट पाइन्ट आफै हिट हुन थाले
जिम्बेवार टाउके हरु नै इमान्दार नभय पछी
महंगी र भ्रस्ठचार ले सगरमाथा छुन थाले
SSMC

13-Krishna Paudyal
चोखो प्रेममा घात भएपछी।
सुर्य नअस्ताई रात भएपछी॥
सम्बन्ध बिच्छेद___गर्नु पर्यो।
सम्झौतामा हातपात भएपछी॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी


14-ß-kash Neupane
थोरै धन कमाउन भनि परदेश आय !
तातो हावा अनि बालुवा सँग मितेरी लाय !!
सोचे जती नहुदो रहेछ यो अर्का को देश्,
दु:ख अनि पिडा का अनगिन्ती लहर पाय !!
● बिकाश न्यौपाने●
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori


15-Amrit Shrestha
यो मन को डेरा सारेर जाउ बिन्ती
झुटो माया तिम्रो मारेर जाउ बिन्ती
अब यो घायल को समिपमा नपर्ने गरी
सक्छौ नौडाडा पारी काटेर जाउ बिन्ती । (Amrit shrestha pokhara 12 kaski)


16-Anil Bhatta
माछी जस्तै छट्पटाउछु झिर भयो तिम्रो माया !!
मुटु भित्र चोट लाउने तिर,भयो तिम्रो माया !!
हातेमालो तिमी सँग गर्छु भन्थे जुनि भर !
धेरै तल झरेछु म भिर भयो तिम्रो माया !!


17-Lg Kanchha
हारिसके म बाजी प्रेमको घाती लाग्छ दुनिया,
एक्ले एक्लै पिडित जिन्दगी जाति लाग्छ दुनिया,
चोखो माया गर्छु भन्छन् कसम पनि खान्छन् यहाँ,
तर असफल हुन्छन् धेरै बनावटी लाग्छ दुनिया....!!
**एल.जी.कान्छा**
**पर्सा, चितवन**


18-स्याङ्जाली रमेश मुक्तक
फकाएर जाऊ भन्दा झर्किएर जान्न भनि
हात समाई तान्न खोज्दा तर्किएर जान्न भनि
पर पुगी काली भने आशा लाथ्यो आउछे कि त
लौ न गाठे फेरी यतै फर्किएर जान्न भनि
मरुभूमिको छाती बाट ..................


19-Gyanendra Doshi
आज फेरी पानी पर्दा तिम्रो याद आयो
अनायसै आँशु झर्दा तिम्रो याद आयो
हराएर छाता तिम्रो सँगै सँगै रुझ्थ्यौ हामी
आज एक्लै रुझ्दै गर्दा तिम्रो याद आयो
gyanendra tamang (doshi)


20-Bikalpa Babu 
यो लुटेराको शहर दिल लुटिन्छ यहाँ
सयौ जुनीको पनि साथ छुटिन्छ यहाँ।
अछुतो छैन कोही दैब दाहिने भयपनि
पत्थरकै होस् तर भाग्य फुटिन्छ यहाँ।
by bikalpa babu
gitanagar

गीत > यो माया हरायको शहर हो प्रिया , नउठ्दै ढलेको एउटा घर हो प्रिया
राज सिग्देल को आवाजमा ..........


21-प्रजित कुवँर
अर्काको कुभलो ठान्ने धेरै हुँदा रैछन् यहाँ !
चढ्दा खुड्रकिलो खुट्टा तान्ने धेरै हुँदा रैछन् यहाँ !
साँच्ची स्वार्थि छ यो दुनिया को मनुष,
मुखमा रामराम बगलिमा छुरा हान्ने धेरै हुँदा रैछन् यहाँ !
-प्रजित कुवँर स्याङ्गजा


22-Pawan Gharti Magar Bibash
कोही-कोही आए रुवाएर गए।
प्रेम रोग किन? छुवाएर गए,
जुनी-जुनी भरि साथ दिन्छु भनी।
मेरा सपनाहरु, तुवाएर गए।
पवन घर्ती मगर
हाडहाडे गुल्मी


23-Saroj Dhital
तिम्रा निम्ति, हजार हजार, भुल मञ्जुर छन्..
तिम्ले दिन्छौ, बिषालु ति, फूल मञ्जुर छन्..
एउटा सानो, खेल होईन, मायाँ भन्या मेरालागी..
माँया बिचमा, प्रेम प्यालाका, मूल मञ्जुर छन्..
-डाँछी 3 काठमाडौ


24-Surya Chemjong रुबाई...
यौवनको रस चाखेर आईयो
जवानी बन्दकी राखेर आईयो
काँडाको मलाई परवाह छैन..
निशाना गुलाब ताकेर आईयो


25-श्रीकान्त बराल कहेराज
जनमास्ठमि यो चाडमा आऊ भजन गाँउ साथि
रिस राग परै छोडौ भाइचारा बढाउँ साथि
आफै आफै लड्यौ भने फाइदा पुग्ला दोश्रो लाइ
नेपालि नेपालि एक बनौ अमिट प्रित लाउँ साथि
कृष्ण मन्दिर चोक


26-Pradip Kafle
छोडी जाँदा तिम्ले मलाई,त्यसै म मर्छु र?
तिमी बिना मर्छु भनि,आत्महत्या गर्छु र?
आफै फुलें यो धर्तीमा ,झुल्छु त्यसै गरि नै
लत्याएर जान्छौ भने अहिले म झर्छु र?


27-Ijma Pokharel
karnaliko vokmari dekh6 ra kasle yeha,
prakitik prakop lai 6ek6 ra kasle yeha.
sadhai vari dukha matra sukhako din ayenan ni,
valaima 2 4 sabda lekh6 ra kasle yeha...
ijma pokharel. parsa-chitwan


28-Chiran Shrestha
Fagat yo shaharma duldaichhu priya!
Jahar rupi nashama vuldaichhu priya!!
Timro sath aadhi sapanamai tute paxi!
Ma biujhiyera ratama jhuldaichhu priya!!

-From:Chiran shrestha
Nalang v.d.c. Ward no 1 patle Dhading
currently live:kathamandu


29-Lalu Gm
तिम्रो मधुर बोली मै माया लाउने भए।
प्रितका कुरा गरी तिम्रै दिलमा छाउने भए।।
नसोचेको हुने रैछ आज छुट्यो साथ हाम्रो,
म त तिम्रो वियोगमा बिरहको गीत गाउने भए।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान


30-दिर्गराज गिरी 'प्रियसी'
बिभत्स पुराको पुरा काटेर गयो
एऊटा हातमा चुरा काटेर गयो॥
पिठ्यू पछि कुरा गर्दिन भन्नेले,
फेरी आज मेरै कुरा काटेर गयो॥
-दिर्गराज गिरी "प्रियसी"
बलिया 8 लम्कि, कैलाली॥


31-निस्चल प्रेमी कान्छा
पागल जस्तै भैँदो रहेछ छुटेपछि मायाँमा
छवि अनि अस्तित्वलाई लुटेपछि मायाँमा
कसलाई थाहा हुन्छर बज्रपात आउला भन्ने
हरेक सपना सिसासरी फुटेपछि मायाँमा
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ गुल्मी
हाल मुम्बई भारत


32-Artimus Siru
कस्तो रहेछ माया भन्ने नलगाए पछुताउने !
लगाउदा पिडा हुने सदा सदा रुवाउने !!
बिर्सिन्छु भन्दा पनि दिलमा डेरा जमाउने !
तिमी नै होउ कि कुन्नि मनका व्यथा बिसाउने !!
सुमित्रा अधिकारी (धिताल )
गोरखा

33-अविरल भण्डारी
बोल्दा बोल्दै सकियो ब्यालेन्स बात अलपत्र भयो
टेन्सनले खायो निन्द्रा रात अलपत्र भयो
सुन र पित्तल मिसाउदा चिन्न गारो भय जस्तै
इन्टरकास्ट लाइ मन पराउदा जात अलपत्र भयो
कुमरोज ३ गबई

34-Preety Sharma
khusi gumai chot khana berthai janma liye kina...
parai bannu rai6 aakhir yo maan tetai siye kina...
unkai matra banu vani hajar devi-deuta vakthe...
unko jiban arkailai vo akohoro maya diye kina...!!
Sujita paudel''Preety''chainpur jyamire
study at shaheed smiriti multiple campus


.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger