Home » » मुक्तक मुधुरीमा 2069 साउन 18 गते 2 August 2012Download

मुक्तक मुधुरीमा 2069 साउन 18 गते 2 August 2012Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, August 3, 2012 | 12:13 AM

मिति 2069 साउन 18 गते 2 August 2012 विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो  पौरखीको बोली रेडियो चितवन ९४.६ मेगाहर्ज बाट हरेक साताको विहिबार बेलुका बि.बि.सि. कार्यक्रम पछि 9:15 मा प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम मुक्तक मधुरिमामा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै तपाईंले माया गरी पठाउनुभएको मुक्तकहरु बाचन गर्न  दर्पण पारीका मित्र समिर पोखरेल र लक्ष्मण सापकोटा अनी हर्ष अनी बिस्मात को मित्र रामु आचार्य उपस्थित हुनुभएको छ।


    DownloadClick Here to Download

२०६९-०४-१८ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............
01-Sunil Neupane Marling
दोधार भो मन छान्न सकिन।
सृष्टीकर्ता लाइ मान्न सकिन।।
शब्दकोश नै पलटाइ हेरे
आमा तिम्रो अर्थ जान्न सकिन ।।।
-सुनिल न्यौपाने मार्लिङ
जुनियाँ ०२ गुल्मी
02-Krishna Paudyal
ब्यर्थै गल्ली धाउनु पर्दैन।
झुठो प्रेम लाउनु पर्दैन॥
यौवनको प्यास मेट्न मात्रै।
मेरो समिप आउनु पर्दैन॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी

03-लोक बहादुर पोख्रेल 'निर्दोशी'
ओइलाएका कोपिला बिचैमा छाड्यौ किन?
रोपेका मुनाहरु खोजि खोजि माड्यो किन?
माया नै मर्ने गरी निष्ठुरी बनेको कती?
सुगन्ध छैन भनि खाल्डोमा गाड्यौ किन?
-बेनिमणिपुर ०७ सर्दी नवलपरासी

04-Ram Sharan Shrestha
प्रेमको पनि सिमा हुन्छ र !!
उपचार औषधिमा हुन्छ र !!
यो त आफै हुन्छ नचाहेरपनि
झुकाउने कुनै शक्तिमा हुन्छर ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु चिसापानी नेपालबाट डाउनलोड गरेर सुन्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com

05-Sumi Devkota
तिम्रो असली रुप एेनामा देखिन्छ
मान्छे सुन्दर छ कि कुरुप एेनामा देखिन्छ
ए आबाज बिहिन हो , मलाई नसोध्नु है
साँच्चै मौन छु कि चुप एेनामा देखिन्छ ?
(माफ गर्नुहोला सुमीजी यो "रुप" र "कुरूप" भन्ने काफिया जुन तपाइले प्रयोग गर्नुभाको छ,
नेपालि मुक्तक को लेखानिय नियमले यसलाई मान्दैन , तपाइको मुक्तक नियम संगत छैन .......मुक्तक मधुरिमा)

06-Lg Kanchha
तिम्रो यादलाई आँशु बनाई पिउदै म आए,
चोट, व्यथा , पिडा सँगै मन सिउदै म आए,
जहाँ हेऱ्यो धोकै धोका बिश्वासधात छ सँसार......
सँघर्ष रहेछ जिन्दगी भन्दै जिउदै म आए......!!
-**एल.जी.कान्छा**
(पर्सा, चितवन)

07-ß-kash Neupane
आय पछी मेरो जिन्दगी मा तिमी साथ नै भिन्न छ !
आशाहरु जाग्छन आजभोलि जिवन को मात नै भिन्न छ !!
के हाम्रो सम्वन्ध लाई मान्यता देलान र तिम्रा घर का ले,
थाहा छ नि है काली तिमी लाई त तिम्रो र मेरो जात नै भिन्न छ !!
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori

08-मोहन बिहानी ***********मुक्तक***********
सुशेलेर बोलाएको हिजो जस्तो लाग्छ,
मलाई हेरी टोलाएको हिजो जस्तो लाग्छl
दुई ज्यान एक हुदै तातिएको हाम्रो बदन,
अकस्मात् सेलाएको हिजो जस्तो लाग्छl
copyright @ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही www.mohanbihani.blogspot.com
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

09-Kapil Lamichhane
हजारौ को भिड मा छानी देउ न बिन्ति......
मैले माया तिम्लाई गर्छु जानी देउ न बिन्ति......
सयौ जुनी साथ दिन्छु जति पिडा पाय पनि.....
कसम खाऊ दिल को राजा ठानी देउ न बिन्ति...... !!
कपिल लामिछाने Dang tulsipur. Hal Doha, Qatar..

10-निस्चल प्रेमी कान्छा
हासो रोदन बहकिदै चोला जिन्दगीको
दुई दिनमा फाटि गयो झोला जिन्दगीको
पाऊनुर गुमाऊनुत प्रकृतिको रित नै हो
खडेरीमा उर्लि आयो खोला जिन्दगीको
-निश्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल मुम्बई भारत

11-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
कलेज भनी साइबरतीर धाउछे छोरी
छोरालाई किनेको पैन्ट लाउछे छोरी
म सिकाउछु पुराना आधुनिक गीतहरु
नेपालीमा हिन्दी मिसाई गाउछे छोरी

12-Raag Gazmer Raz
भ्रम मेरो मेटियो
गला मेरो रेटियो
भावना शब्दमा सीमित
सबै स्वार्थी भेटियो

13-स्याङ्जाली रमेश
जिन्दगीमा यौटा रङ् घोल्न जानिएन
के हो जीवन दुवै आखा खोल्न जानिएन
फुल् देख्दा फुलै भन्छु काडालाई काडै
दोष लाग्यो लुकिछिपी बोल्न जानिएन
.स्थाई घर अर्जुन चौपारी
हाल मरुभूमिको छाती बाट

14-Rajesh Prempidit मुक्तक
मेरा आँशु तिम्रा लागि,कर्कलाको शित बनोस
बियोगका कथा मेरा,तिम्रा लागि गित बनोस।
जीबनमा हारेको म,तिम्रो त्यो साथ बिना
मेरो हरेक प्रहास्तमा,तिम्रो सधैँ जीत बनोस॥
-राजेश प्रेमपिडीत
सुन्दर शुदुरपश्चिम डडेल्धुरा हाल शारदा बिधानिकेतन धनगढीँ कैलाली

15-Bikalpa Babu 
प्रेमको मिठो नौलो कहानी खोज्दैछु
कहानीमा राज गर्ने रानी खोज्दैछु
धनले होइन प्रेम तनमनले गर्नुपर्छ।
'विकल्प'को प्रेम बुझ्ने सानी खोज्दैछु
-bikalpa babu
gitanagar

16-Ijma Pokharel
आखिर आफ्नो मायाजालमा फसायरै छोडयौ हैन?
तिम्रो फोटो यो दिलभित्र पसायरै छोडयौ हैन?
माया प्रेम मा पिडा हुन्छ पर्दिन म भन्दा भन्दै,
मलाई मेरो बोलि बाट खसायरै छोडयौ हैन?
इजमा पोखरेल, parsa-chitwan

17-Samikshya Ghimire
७ समुन्द्र पारि बाट आउदैछु म तिम्रो लागि,,
सयौ चोट हजार बेथा पाउदैछु म तिम्रो लागि,,
सिर्जना मा कति मिठा सब्द लेख्थेयौ दुवै मिलि,,,
सुरमा ताल मिलाएर गाउदैछु म तिम्रो लागि,,
-samixa ghimire.chainpur-7 ladari.

18-Artimus Siru
उकुस मुकुस ब्यथाभित्र हराएछु आजभोली !
पिडै पिडाको भुमरीमा हराएछु आजभोली !!
नदेखिने रोग रैछ दुख्छ सधैं भित्र भित्र !
आफ्नै मन बहकिंदा हराएछु आजभोली !!
सुमित्रा अधिकारी (धिताल)
गोरखा
(माफ गर्नुहोला सुमित्राजी तपाइको मुक्तक नियम संगत छैन , त्यसैले कार्यक्रम मा स्थान दिन असमर्थ
छौ ..........मुक्तक मधुरिमा)

19-Saroj Dhital
तिम्री छोरी, राम्री भैछे, मलाई के को दोष??
केहि दिन ,भो हाम्रि भैछे, मलाई के को दोष??
बत्तिस गुण ले, सम्पन्न छिन, भनि मलाई भिडाई हाल्यौ...
हिजो आज, चाम्री भैछे, मलाई के को दोष??
डाँछी 3 काठमाडौ

20-Ganesh Paudel
दाजु धेरै समय पछी आज फेरी आफ्नै पुरानो मुक्तक फेरी प्रस्तुत गर्न मन लाग्यो
कृपया मिल्छ भने अवस्य प्रसारण गरिदिनु है .........

लाउदिन म माया भनि खोकछेउ किन कुन्नि,
गुलाब को फुल दिदा बोकछेउ किन कुन्नि,
मैले प्रस्ताब राख्दा खेरि गाली गरेर,
आइ लव यु समिप भनि जिब्रो टोकछेउ किन कुन्नि,
-गणेश पौडेल 'समिप'
रत्ननगर ३ बेलसी
-दाजु अब त मुक्तक सेन्ड गर्न पनि गारो भयो सिर्जना को कल्पना मा डुबेर लेखियको मुक्तक लाई अरु
कसै ले पहिले नै लेखेको छ भनेर भन्नु कहाँ सम्मको घृणित काम हो, दाजु सायद अब मुक्तक
मधुरिमा को लागि यहि नै अन्तिम मुक्तक हुनेछ म स्वयम् लाई गाली गरेको भय सायद केई हुन्थेन
होला तर आफुले रचेको साहित्य लाइ अरु कसैको हो, भन्दा चित्त दुख्दो रहेछ, सरि मधुरिमा .........

21-Bhola Dhital
दोधार भो मन छान्न सकिन।
सृष्टीकर्ता लाइ मान्न सकिन।।
शब्दकोश नै पलटाइ हेरे
आमा तिम्रो अर्थ जान्न सकिन ।।।

22-Ashish Danai
म जन्मेको मेरो गाउँ आहिले शहर भएछ
डुंगा बगाई खेल्ने कुलो आहिले नहर भएछ
एउटा सानो झुपडी थियो पहिले गाउँको त्यो एक कुनामा
त्यही सानो झुपडी बल्ल आहिले घर भएछ
आशिष दनाई
लमजुङ, दनाईगाउँ
हाल- काठमान्डौ
go to www.ashishdanai.com.np to listen and download all episodes of Muktak Madhurima ( मुक्तक मधुरिमा )
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai
www.ashishdanai.com.np
A full Collection of Nepali Literature, Sahityasanjal

23-Prakash Acharya Abiral
नेताजी देशलाई त नरम्ररी लुट्यौनी
दीउसै नेपाली जनतालाई भुट्यौनी
रमीते बनाएर सोझासाझा जनतालाई
जुधाउन एक आपशमा झुठा भासन चुट्यौनी

24-Rajkumar Shrestha
मनमा तस्वीर धमिलो छैन,तैपनि कल्पिन्छु,
कस्ती भयौ होली तिमी यी पाँच छ सालमा?
साँच्चै! म चिनुँला तिमीलाई,खै थाहा छैन?
कति परिवर्तन आए होलान्~त्यो ज्युडालमा?
ऐ!तर त्यस्तो होईन,म कँहा बिर्सनेवाला छु
धत कति लाटी,के बद्लिएको छ नेपालमा?
(राजकुमार जी तपाइको मुक्तक नियम संगत छैन , त्यसैले कार्यक्रम मा स्थान दिन असमर्थ
छौ ..........मुक्तक मधुरिमा)

25-कल्पना पौडेल 'जिज्ञासु'
उराठ जिबन सिँगार्न मायाको भर लाग्छ
क्षेणिक खुसी होकी त्यो पनि डर लाग्छ
प्रेम प्यासी जोबन अब कतै झुक्न थाल्यो
मेरो माया स्विकार्न उस्लाई पनि कर लाग्छ
(kalpana sharma nawalparashi gaidakot)

26-Kinar Sangam Yattra Pun किनार संगम।
गाउ: उल्लेरी,दाङसिंग-9, (कास्कि)
हाल दोहा, कतार।
मुक्तक:
हरेक पल एक युग, जलेर जांछ।
हरेक पल कोहि लाश, बोकेर जांछ।
कैले तिम्रो घरको बाटो, हुदै गरी त,
कैले मेरो घरको बाटो, भएर जांछ।
धन्यवाद। शुभ-पल।
मिति: 26/07/2012

27-Kamal Tag Dhakal Ratanagar-8
चट्टान जस्तै यो जिन्दगी कहिले फूटछ थाहै छैन॥
माया पनि केहो केहो कहिले छुटछ थाहै छैन॥
सधैभरि सङगै सङगै बस्ने मन हुदॉ पनि
दैवले नि खुसी सारा कहिले लुट्छ थाहै छैन॥

28-Rose Roji
मन भित्रको एउटा फुल झरेपछि आउनु.
मलाई दुख अनि चोट परेपछि आउनु.
अहिले सम्म यक्लै बाचे अब तिम्रो खाचो छैन.
अब धेरै बाच्दीन म मरेपछि आउनु.
Ratanagar 13

29-Sudhan Kandel
जिन्दगीको हिसाब किताब गर्न बाँकी छ हो साथी
भर्न्ज्याङ चौतारी खोला नाला तर्न बाँकी छ हो साथी
जोस जाँगर खटाए पो बुढेस्कालमा सुख होला
यो कुरालाई ध्यान दिनु है मर्न बाँकी छ हो साथी ।।
-सुदन कंडेल खर्ज्याङ 9 गुल्मी
हाल मुम्बई भारत बाट

30-बिपिन संघर्ष सलामी
ऐना भन्छ निधारमा मुजै मुजा भा छ
यसो लाग्छ जिन्दगानी धुजा धुजा भा छ
भन्थ्यौ तिमी ईश्वर संग मेरो लामो आँयु माग्छु
कुन मन्दिरमा छौ कहाँ तिम्रो पुजा भा छ॥
बिपिन संघर्ष सलामी
दिपायल ८ डोटी ॥

31-Amrit Shrestha
यो दिल को तस्वीर मेट अनि उसैको बन
सधैं अब उशैलाई भेट अनि उसैको बन
नदी को दुई कि नारा जस्तै भयौ हामी
पैला मेरो घटि रेट अनि उसैको बन ।
(Amrit shrestha, pokhara 12 kaski)


32-Manu Darlami
टुक्रिएको सपनाहरु जोडेर भाग्दैछ कसैले
सम्झनाका पाइलाहरु छोडेर भाग्दैछ कसैले
अतितका छालहरु थुनिएका थिए आँखामा
उही आँखैनेरको डील फोडेर भाग्दैछ कसैले

33-Pawan Gharti Magar Bibash मुक्तक,
शान्ति फुल्ने फूलहरु, फुलाउनु छ यहि देशमा!
लहलह धान्का बाला, झुलाऊनु छ यहि देशमा।
खुन पसीना बगाएर युवा शक्ति जुटाएर,
बिकासको मुल बाटो खुलाउनु छ यहि देशमा।
-पवन घर्ती मगर
हाडहाडे गुल्मी
हालः यू ए ई

34-Khadga G Magar
सिंगो देश नेपाल हाम्रो,हिमाल पहाड़ तराई
हामी सबै नेपाली हौ,कोहि छैन पराई
पुर्खा हाम्रा लडेकाथे, गौरवले बांचेकाथे,
शांति कहा आको छ र, मांछे मांछे मराई//

35-Bhim Khadka
तिम्रो तस्बिर सिरानीमा राखेर म बाचेकोछु
तिमीलाई पाऊन देबी देउता भाकेरम बाचेकोछु
कहिले काहिँ जवानीको आँदि हुरी चल्दा खेरी
हरेस खाई जिन्दगीमा थाकेर म बाचेको छु
-भिम खड्का ' नेचुरल '
गोदावरी 4 कैलाली
हाल मुम्बई

36-Preety Sharma
भित्र भित्रै मुटु जल्दा चोट कसले देख्छ र...
दुख नपरी येथार्थका सब्द कसले लेख्छ र...!!
यो मन मुटु खुसि बनि हास्न चाहन्छ सदा सदा ...
खुसि भित्र पीडाको आगो कसले टेक्छ र...!!
Sujita paudel''preety''chainpur jyamire chitwan.study at shaheed smiriti multiple campus

37-Anil Bhatta
मुटु फाट्यो,दिलै फाट्यो टाल्ने आधार पाइन मैले....
ऊनको माया, फलामे भो अन्तै माया लाइन मैले....
कसम थियो, तिम्रो मेरो जुनी जुनी साथ् दिने....
तिमि संग कसम तोडी अर्को कसम खाइन मैले....

38-प्रेम प्रसाद भट्ट
तिम्ले माया गर्छु भन्यौ तिम्रै भर परे म त
तिम्ले जे जे गर्दै गयौ ,त्यहि त्यहि गरे म त
राम्रो काम गर्छु भन्दा अनायासै गल्ति हुँदा
तिम्ले साथ् छोडी दियौ बिछोडको पीडाले मरे म त
SSMC टांडी

39-अविरल भण्डारी
घाम हेरेनी जुन हेरेनी राम्रो कुन चाहि छ त
बरु आँखै अन्धो भाको जाति भन्छु म त
नया नेपाल बन्ने कुरा छेपारोकै कथा भयो
देश बनाउने भाषण गर्थे बिग्रे प्रचण्ड त
SSMC टाँडी

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/mohan0kamal
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
समिर पोख्रेल ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
मोहराज शर्मा मोहन ,धुल्लु बास्कोट बाग्लुङ,हाल अबुधबी UAE
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE


Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger