Home » » मुक्तक मधुरिमा २०७२ माघ ०७ गते बिहिबार 2016-01-20

मुक्तक मधुरिमा २०७२ माघ ०७ गते बिहिबार 2016-01-20

Written By https://mohanbihani.blogspot.com/ on Thursday, January 21, 2016 | 2:34 AM


Date-२०७२ माघ ०७
Radio : Radio arpan 104.5Mhz 
radio Arpan  Time : Thrusday 9.15pm

Host : Ramu Acharya 
आजमिति 
२०७२ माघ ०७ विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको Radio Arpan हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Download
Click Here To Download
Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् !
        २०७२ माघ ०७ गते बिहिबार ,www.radioarpan.com.np मार्फत प्रतक्ष्य सुन्न सकिने तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ.....
01-सुर्य सुर्य सुर्य मुक्तक
न भोकाउन दिएको छ न अघाउन दिएको छ।
न करिव आउन दिन्छ नत हराउन दिएको छ।
सुन तिम्रो याद पनि यति भयंकर बन्दै आउछ।
न आँशु झार्न दिएको छ न रमाउन दिएको छ।
सुर्य बहादुर थापा (काजी प्रवाशी)
रावतकोट छ जाहारमाडी दैलेख
हाल बालासिनोर गुजरात
भारत
January 14 at 7:11pm
02-CraZee Sun
परिस्थिति छ कठोर, चल्नु छ तैपनि
मुटु छ चिसो, दन्दनी जल्नु छ तैपनि
यी सब पिडाहरु मन्मै छ गुम्सिएर
निद लाग्ला-नलाग्ला ढल्नु छ तैपनि
सुर्य सन चौधरी ,र न पा १९ जन्कौली
January 14 at 7:28pm\

03-मुक्तक
यो कस्तो अत्माघाती कदम चाल्नुभो
मन भरी ईर्ष्या अनि दुस्मनी राख्नुभो
केवल मलाइ परास्त पार्नकै लागि पो
हरे आफ्नै घर जलाएर आगो ताप्नुभो
राम शरण श्रेष्ठ
चिसापानी, रामेछाप
11-Sep-2014

04-Narayan Nepal
तेरै कुरा मिल्छ, हेर् है, मेरै कुरा मिल्छ,
मिल्नु चाहीँ पर्छ उत्तिबेरै कुरा मिल्छ,
जत्ति टाउका उत्ति बुद्धि भन्ने कुरा न हुन्,
मन मिल्न थालेपछि धेरै कुरा मिल्छ ! (नारायण नेपाल, सुन्सरी/काठमान्डु l)
January 15 at 7:25am

05-BulBul Kale Krish Naa
उनको मेरो सम्बन्ध छर्लङ्ग भयपछि
हदै सम्म मन दङ्ग भयपछि
हो मैले दुनियालाई किन बताउनु
जे जे हुन्छ गुपचुप उनि सङ्ग भयपछि
कृष्ण बुलबुल ,तुलसीपुर १४ दाङ्ग
January 15 at 10:22pm
06-Mohan Bihani मुक्तक
सधैं दु:ख सधै पिर लिएर भो बाँच्दिन अब म ,
अपजसे यो तक्दिर लिएर भो बाँच्दिन अब म //
स्वाभिमानी हुँ भन्ने घमण्ड गर्थे म सबैको सामु
जताततै झुकेको शीर लिएर भो बाँच्दिन अब म //
copyright @ मोहन बिहानी
भक्तिपुर सर्लाही
हाल -अबुधाबी यु ए ई
January 16 at 12:24pm

07-Krishna Maarmika Ilame मुक्तक
घमन्डी मान्छेको सपना पुरा हुने छैन,
कैलालीको रुप फेरिएर बाजुरा हुने छैन,
अरुबाटै उचित लालनपालन मिल्छ भने,
आमा बुबा मरेर कोही पनि टुहुरा हुने छैन,,
कृष्ण मार्मिक इलामे
इ. न . पा- आठ इलाम हाल प्रवाशाबाट
January 16 at 12:51pm
08-Dipak Kc
आज भोलि त आरु सँग सम्बन्ध जोडे जस्तो छ ।
सँगै जिउने मर्ने बाचा कसम सबै तोडे जस्तो छ ।।
हिजो सम्म त तिम्रो याद ले निकै सताउछ भन्थेउ,,
आज भोलि त सम्झन पनि छोडे जस्तो छ ।।।
नाम: दिपक खत्री (के.सि)
ठेगाना :बर्दिया ,सानोश्री ९ .(हाल ईन्डियामा)
January 16 at 2:55pm
09-श्रीकान्त कहेराज़
देखावटी अन्तर्घातयुक्त मेल सहन्न म
जे होस् जस्तो होस् झुटो खेल सहन्न म
म आफु आफ्नै बाटो तय गर्दै बढ्छु ,
सिधा बाटो हिड्छु जाल झेल सहन्न म
कृष्णमन्दिर चोक
January 16 at 2:57pm
10-Janu Kambang Lingden मुक्तक
जहिले तहिले सपनीमा ध-रहरा देख्छु
बिकाश गर्न बाकि धेरै पाखा पहरा देख्छु
कहिले सुरु गर्छौ सरकार पुनर निर्माण ?
पिडितहरुको आँखामा आशुको छहरा देख्छु //
जानु काम्बांग लिङ्ग्देन
ताप्लेजुङ्ग हाल यूके
सनिबार १६ तारिक २०१६
January 16 at 8:07pm
(सम्पादन गरिएको)

11-प्रकाश बस्नेत गफाडी "मुक्तक"
यो सरकारमा लाजसरम कत्ती पनि छैन |
जनता प्रती उत्तरदायी रत्ती पनि छैन |
कुरो गर्ने ठुला ठुला काम भने जिरो
इन्धन पनि छैन हजुर बत्ति पनि छैन ||
January 17 at 5:36pm
12-Puspa Rj Gairapipli
सिमानाका जंगे पिल्लरहरु यता उता पारीएको छ,
दशगज्जाका सिमानाहरु अझै उतै सारीएको छ।
होस गर बिस्तार बादि देशद्रोहीहरु हो,कुनै दिन
नालापानीमा कयौंको शरिरबाट शिर झारीएको छ।।
पुष्प अार.जे
जुरोपानी-९(झापा )
हाल:-साउदी अरब
January 18 at 11:59am

13-सन्दिप सौगात
मलाइ यो खोक्रो अभि-मान चाहिन्न
झुटो प्रेमको कुनै पहि-चान चाहिन्न
म त सबै सङ्ग चाहान्छु सुद्रिणिकरन
भाइ भाइको ढुंगा हाना-हान चाहिन्न
टांडी
January 18 at 12:22pm
14-Bibash Gambhir Baskel
मन उस्तै तन उस्तै नाम पनि त उस्तै,
जगत उस्तै अवगत उस्तै काम पनि त उस्तै ।
किन होला काहि प्रकाश काही छायाँ ।
उही सूर्य उही किरण घाम पनि त उस्तै ॥
गम्भीर लोहार
बैतडी महाकाली 2 सल्याडी
January 18 at 9:50pm

15-मुक्तिचन्द्र
डुबेको माया फ़र्किदैन किन डाहा भो
आज मलाई किन यो कस्तो चाहा भो
समय अनि परिस्थिति थाहा पायपछि,
फूलमा पनि काँढा रहेछ बल्ल थाहा भो
भरतपुर ११
January 18 at 9:54pm
16-Bee Kee Sudha
किन भन्छन मान्छेहरु आफ्नो बिरानो दुइबारको जुनिन हो
अहँकारी धनी गरिब ठूलो अनि सानो दुइबारको जुनिन हो
रबरको चप्पल न हो जीवन हिन्दाहिन्दै च्वाट्टै छिन्न सक्छ
भनुन उ ठिक थियो कठै मरेछ फलानो दुइबारको जुनिन हो
Beekee Sudha
बागलुङ बलेवा
17-Basant Gautam मुक्तक
आज मैले के यस्तो उप-हार पाउदैछु~
मायाको बदला अत्या-चार पाउदैछु¤
कलमको युद्द गर्छु भन्दै म हिड्दा~
धम्कि स्वरुप खुकुरि र तरबार पाउदैछु¤
बसन्त गौतम "विबश"
मल्म 4 बाग्लुङ
हाल: टाँडी चितवन
(सम्पादन गरिएको)
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger