Home » » बुलबुल-157- 2069 भाद्र 13 बुधवारDownload

बुलबुल-157- 2069 भाद्र 13 बुधवारDownload

Written By https://mohanbihani.blogspot.com/ on Wednesday, August 29, 2012 | 11:41 PM


RADIO UJYALO 90Mhz PRESENTS
BULBUL EPISODE - 157
(29-Aug-2012/ 2069-05-13)
FB : Facebook Page
(आज गजल  तपाईहरुकै गजलहरु र सुमधुर सांगितिक गजल बिशेष  प्रस्तुति  रहनेछ ।)
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 भाद्र महिनाको 13 गते बुधवार तदनुसार 29-08-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 157, 29th  Aug- 2012)  लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।

आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।

बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।
बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen  

बुल बुल को यो अङ्कमा बचन भयेको मेरो गजल 


तिम्रो जीवनको फुलबारीमा सुबास छर्छु म तिम्रो कसम,
नराख सिउँदो सधै खाली सिन्दुर भर्छु म तिम्रो कसम ।

बयली खेल्दै झुलेको त्यो तिम्रो यौवनले लठ्यायो मलाई,
विश्वास गर तिमिले चोखो माया गर्छु म तिम्रो कसम ।

गर्दा जीवनमा संघर्ष एक्ला एक्लै,आएन खुसि कहिले नि,
साथ दिन तयार छु तिम्रो सधै दु:ख हर्छु म तिम्रो कसम।

मेला पात गर्दै गर्दा भेटघाट् हुन छाड्यो भने एक्कासी,
तिमिलाई  भेट्न भनेरै बेशीं तिर झर्छु म तिम्रो कसम ।

माया प्रेमको दुनियाँ विश्वासमा चल्छ भन्छन् सबले यहाँ,
साथ पाउने आशले यो जुनीमा तिम्रै भर पर्छु म तिम्रो कसम।
Copyright@मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
#२०६९ -२-८ सोमबार #


Listen All Previous Episodes   Sourse- -Chisapane Nepal By Ram Sharan Shrestha.
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger