Home » » मुक्तक मधुरिमा, 2070-04-31 Download

मुक्तक मधुरिमा, 2070-04-31 Download

Written By https://mohanbihani.blogspot.com/ on Saturday, August 24, 2013 | 2:40 AM

Muktak Madhurima
 मुक्तक मधुरिमा 
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : 2070-04-31

आज 2070-04-31 विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नु हुनेछ। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
 Listen and Download
DOWNLOAD FROM : Click HERE

Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् ! 

२०७०-श्रावन ३१ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-Dipak Karakheti
सन्ध्यकालिन्को नमस्ते सर । चार महिन पछी पुन मुक्तक पोस्ट गर्दै छु :
उ चाँदानि रातमा हेर हासेर कती डुलेकि छिन
थाहै नभै सुटुक्क प्रित बाढेर माझ भुलेकी छिन
ति मधुरो सालीन दिप सल्काइे जहाँ निश्छल रही
जगतको सामुने अडिक रहेर आँफै खुलेकी छिन
दीपक काराखेती ,गोर्ख(हाल:-अबु धबी-UAE)
8 August at 15:48

02-Ashish Danai
तिमीलाई म मायाँ जरुर गर्नेछु
अलीकती हैन भरपुर गर्नेछु
तिमी प्रस्ताब राखेर त हेर प्रिय
ईन्कार गर्नेछैन मंजुर गर्नेछु
-आशिष दनाई
बेसिशहर लमजुङ
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
www.muktakmadhurima.tk
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai: muktak-madhurima
8 August at 15:50

03-Mohan Bihani ~~~~~~~~~~मुक्तक ~~~~~~~~~
मलाई दिने मुस्कान मन्द मन्द छ आज,
हिजो अस्ति भन्दा बेग्लै सुगन्ध छ आज।
पस्न नखोजेको कहाँ हो र तिम्रो दिलभित्र,
अफसोस !दिलको ढोका किन बन्द छ आज ?
मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
२०७०-०४-२२ मंगलबार
8 August at 16:02

04-Jaya Bhabuk ***मुक्तक ***
सताउछ्यौ घरिघरि किन तिमिले!
अझै गर्छ्यौ मनपरि किन तिमिले!
मन मुटुबाट टाढॉ गएर पनि अझै,
बहॉना बनायौ थरिथरि किन तिमिले!
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,,
8 August at 16:04

05-Madan Adhikari
आँसुले ढाकेको संसार छ-
बिना राजश्वको भंसार छ ।
फल्नै छाडे धान, मकै, गहुँ-
त्यसैले त रित्तो धंसार छ ।
मदन अधिकारी मेचीनगर-10,काँकरभिट्टा झापा
8 August at 16:48

06-Dev Birahi <मुक्तक>
कोही त यहॉ रमाएका छन/
अर्कै को हात समाएका छन//
बीहे गर्छु भनी उस्लाई सधै/
नानाथरी कुरा गरी घमायका छन//
देब बीरही दाङ तुलसीपुर
हाल:मलेसीया जोहोर
8 August at 16:59

07-Bikalpa Babu
मेरो शव्दको ज्वाँरभाटा उ-ठाउनु छ
र एउटा सुन्दर सपना स-जाउनु छ
मात्र क्रान्ती लेखोस् मेरो कलमले
यी 'क्रान्तीको' अर्थ हरु बु-झाउनु छ
bikalpa babu
gitanagar
8 August at 21:26

08-Surya Chemjong ..........
भारतको पहिरोमा ! पर्ने नेपाली नै
अफ्गानको बिष्पोटमा मर्ने नेपाली नै
बाँचेका नि कोरिया र खाडी तिर गए
नेपालको लागि केही गर्ने नेपाली नै
8 August at 21:57

09-Urmila Koirala
तिमीसँग छुट्टिउ भने मन गासिने पो हो कि
अझै उचाई लिउँ भने गोडा भासिने पो हो कि
जे त होला भन्दै फेरी हिम्मत जुटाँउ भने
बाँकी र'को थोरै खुसी त्यो नि मासिने पो हो कि !
उर्मिला कोईराला 'आँशु'
काभ्रे
9 August at 08:15

10-Rai Munkmen Ramesh मुक्तक
सत्य मैले भन्या एउटा काम गर्ने भए
साटसुट गरि तन धुम-धाम गर्ने भए
तिमै निम्ति सुम्पिदैछु सारा खुशी आए
हुन्छ यो धड्कनमा आ-राम गर्ने भए
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद...
10 August at 00:34

11-श्रीकान्त कहेराज़
कुन बाटो हिडे अनि काहा जादैछु म
मनका माया सबै संगालेर लादैछु म
हिजो भन्दा आज भन्दा भोलि गरि
लाग्छ सुस्त सुस्त हरेश खादैछु म
कृष्णमन्दिर चोक
10 August at 00:38

12-तिलक निस्कर्ष
मनको कुरा नजिकै गइ खोल्न मन छ आज भोलि
मायामा डराउनु पो किन बोल्न मन छ आज भोलि
फाइदा केहि रहेन बिगत लाइ सम्झी टोलायर पनि,
तिता अतित ति सबै सबै पोल्न मन छ आज भोलि
रत्ननगर ७ चितवन
10 August at 18:33
गीत>सबै सबै लाइ भन्न नमिल्ने एउटा कुरा थियो, देख्दै हजुरलाई नजिक आइ बोलु बोलु झैँ भैदियो ,
मनको कुरा हजुरकै सामु खोलू खोलू झैँ भैदियो ........राजेन्द्र भट्टको शब्द ,सुरेश शाहीको संगीतमा ,मगन्ते एल्बम बाट अन्जु पन्तको आवाज ........

13-Govinda Bhusal ""म गरिब छु त के भो?""
मलाई काटे त रगत रातो नै,गरीब भनि हेला न-गर मलाई
डुब्न लागेको घाम हुँ,कसिंगर ले आँखामा न-छर मलाई
हेलामा बाँच्नु पर्ने,यस्तै कर्म दिएकोछ भाविले ,
पात झरेको डाली हुँ मरेछ भनेर रेट,फाल्देउ पर मलाई
10 August at 20:38

14-घायल दिपक कार्की
तिमीले छोडेउत केभो हेर बाँचेकै छु/
अन्तै बाटो मोडेउत केभो हेर हाँसेकैछु/
बरु धन संग रमाउने कस्तोछ तिमीलाई?
महल खोजेउत केभो झुपडीमै नाँचेकै छु/
घायल दिपक कार्की
बनकटवा९ लालपुर बाँके
हाल~गुजरात भारत बाट
11 August at 01:31


15-Saroj Chaulagai ~~~~~~~~~~
मुक्तक
बन्दुक देखाई अरुको सम्पत्ति लुटे पछि
आफुलाई शक्तिमान ठानी निर्धालाई कुटे पछि
हजुर नै भन्नुस कसलेगर्ने देशको विकाश,
गाँजा तान्नकै लागी युवाशक्ति जुटे पछि
सरोज चौलागाई
ईश्वरपुर–३, बयलवास, सर्लाही
11 August at 09:03

16-जि.एम. दिपु दिपेन देपेन्द्र }{ A Muktak By Dipu }
तिमी शहरको मान्छे..!!
म गाँऊघरको मान्छे..!!
अहँ हुदैन, हुदै हुदैन मायामा
सानो र ठुलो थरको मान्छे..!!
[][] @- G.M. दिपु देपेन्द्र
खोलागाँऊ-5 सर्केना, रुकुम
हाल;- डोटी- दिपायल
11 August at 11:25

17-बराल सूर्यमणी ,,
मन दुखेर रोएँ तन दुखेर रोएँ ,
बिर्सु भन्दा मुटु झन् दुखेर रोएँ ,
छोडेनन् मलाई कसैले नि,,
भाला हान्ने आफन्त, पन दुखेर रोएँ
12 August at 07:32

18-Prabal Thami ....MUKTAK.,
किन आज सम्झनाको रात प्यारो छ।
रङगरउ जबानिको मात प्यारो छ।
टोलाउथेँ जस्लाई ताराहरु माझ खोज्दा,
पागलप्रेमि पिरतिको जात प्यारो छ।
prabal thami.dolakha3
13 August at 07:23


19-A Jeevan Shrestha मुक्तक
हुँदैन सबैको जुनजस्तो माया
चाहिन्न महङ्गो सुन जस्तो माया
सुस्त मनस्थिति बनायो मलाई
आयोडिन बिनाको नुन जस्तो माया
जिवन श्रेष्ठ
गोरखा
13 August at 20:03

20-इशाक खान
न पाये तिमीलाई न तिम्रो साथ् भये !
तिमीले छोडे देखी म आजाद भये !
माया लाउने र छुटाउने तिम्रो अभिनएले !
आनयसै आज म बर्बाद भये !
इशाक खान (chandrouta kapilvastu)
14 August at 16:47

21-Kaji Gaunle ** मुक्तक **
घाउँ थियो छाति भित्र उसै माथि छुरी चलायौ।
मुटु पारी छिद्रा छिद्रा छेद भित्रै दुरी चलायौ।
चोट नै चोटले ढल्दै थियो छट्पटिमा जिन्दगी,
निर्दयी त्यही बाकी प्रण माथि खुकुरी चलायौ॥
काजि 'गाउँले'
ताप्लेजुङ,
हाल-at it engg.in mumbai,
15 August at 12:05

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger