मोहन बिहानी |
________मुक्तक _________
लोभ लाग्दो तिम्रो बैश ढल्काएर गईछौ ,
दौतरिलाई प्रेमको लुतो सल्काएर गईछौ ।
पागल भए कति तिम्रो प्रेम जालमा परि,
अल्लारे त्यो झिल्केलाई नि पल्काएर गईछौ ।
________मुक्तक _________
मेटायौ प्यास त के भो_ असाध्यै तिर्खा लागेपछि,
गुनासो रहेन अब तिमीनै _झिल्के सङ्ग भागे पछि,
अतित सम्झिएर बर्तमान अध्यारो बनाउने छैन तर,
चिहाएर लुकी हेर्ने कति रैछन तिमिलाई,
दोबाटोमा ढुकि घेर्ने कति रैछन तिमिलाई ।
नगर बधु भैसकि छौ शहर आये देखि,
आफ्नो अङ्गालोमा बेर्ने कति रैछन तिमिलाई।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही
2069-06-19 friday
2069-06-19 friday
0 comments:
Post a Comment