Home » » मुक्तक मुधुरीमा (2069-06-18/5th Oct-2012) Download

मुक्तक मुधुरीमा (2069-06-18/5th Oct-2012) Download

Written By https://mohanbihani.blogspot.com/ on Thursday, October 4, 2012 | 11:18 PM

( मुक्तक मधुरिमा ) 
Program : Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz 
Time : Turusday 9.15pm 
Host : Ramu Acharya 
Date : (2069-06-18/5th Oct-2012)

आज मिति 2069 असोज 18 गते तदनुसार 5th Oct 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
Listen HERE Download:Download from click Here Size 9.5MB

0६९-०६-१८ गते बिहिबार  तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Kausal Kiran 
तिम्रो ओँठको खुसी खोसुँ, अहँ ह
ुन सक्दैन यो।।
तिम्रो घरमा आगो झोसुँ, अहँ हुन सक्दैन यो।।
जहाँ जाउ तिमी तिम्रै खुसी चाहाने मान्छे हुँ म
तिम्रो बारे नराम्रो सोचुँ, अहँ हुन सक्दैन यो।।
-kausal kiran, syangja


02-Sumi Prakriti
फाटेको यही मायाजाल छ् मसग
भन्न बाँकी केही हालचाल छ् मसग
आसुँ झरेको दिन सम्झेर फर्कनु
यी औंलाहरुको रुमाल छ् मसग
-sumi prakriti,gorkha


03-Ram Sharan Shrestha
तिम्ले मायाँ गर्ने कुरा सावित हुन बाँकिनैछ ।।
यता भने तिमी प्रति प्रित हुन बाँकिनैछ ।।
हामी दुई असल साथी, त्यो भन्दा माथी गई
मुटु सँग मुटु विच मित हुन बाँकिनैछ ।।
राम शरण श्रेष्ठ चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका आजसम्मका अघिल्ला ४० श्रीङ्खलाहरु चिसापानी नेपालमा सुन्न र डाउनलोड गर्न सकिन्छ ।http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima


04-Khadga G Magar मुक्तक
सहमतिको कुर गर्दा, लाजले शिर झुक्न थाल्यो
संबिधानको कुर गर्दा, चस्स छाती दुःख्न थाल्यो//
जिते संसार मरे शहीद, भंदै तातो गोली थाप्ने
शहीदको रातो रगत, बिना अर्थ सुक्न थाल्यो //
khadga g magar
urahari 2 dang
frm qatar


05-Baral Suryamani
चोखो मनले मनमा माया लाएकै पो राम्रो ।
मनले मनमा बास बस्न धाएकै पो राम्रो।।
आफन्तको जबरजस्तिले बनाएको जोडी भन्दा।
मनले मन लाई मनै देखि मनपराएको पो राम्रो।।


06-Dipendra Chapagain
त्यसरी यहाँ मर्न दिन्न
देशको गौरव हर्न दिन्न
म जलेको ज्वालामा
कसैलाई पनि पर्न दिन्न ।।
दिपेन्द्र चापागाँई, कपिलवस्तु । हाल मुम्बई


07-Gyan Tramu Magar <मुक्तक>
कस्तो कस्तो हुदो रछनि हो कहाँनी जिन्दन्गीको।
यस्तै यस्तै चर्चा हुन्छ जहाँनी जिन्दगीको॥
हर्षविश्मात बिचको चुनौति छ बाच्न यहाँ।
कहाँ कहाँ भौतारिन्छन चाहानि जिन्दगीको॥
ज्ञान तरामु <सेतु>
ठुलोलुम्पेक-4 कसिंन्थला
गुल्मी
हाल (दृष्टि वाटिका साहित्य समाज) मुम्बई भारत


08-Mahesh Jung Thapa
जति भुल्छु भन्दा पनि, भुल्नै सकिन।
त्यसरी म अरुसंग ,खुल्नै सकिन।।
चोखो मायामा मेरो तेजाब तिमीले हालिदिँदा,
कोपिलामै झरे मत, फुल्नै सकिन।।....


09-Bishwo Prakash Pokharel
घरी घरी सपनीमा आइ किन सताउछौ?
लुकाएर अमुक शव्द भावनामै बताउछौ
लुप्त राखी प्रष्ट शव्द, नभनेर अझैसम्म
उसैत यो लुरे शरीर अझै किन घटाउछौ ?



10-Amrit Shrestha
उजाड छु बसन्तको बाहार चाँहीदैन
भो प्रेमको कुनै उपहार चाँहीदैन
यो मनले रोजेको मान्छे तिमी हौ
तिमी बिना अर्को संसार चाहिदैन
(Amrit shrestha pokhara 12 kaski)


11-Binod Adhikari
ठिक छ नी त अब देखि छुटेरै बसम न त
तिमि र मा अब देखी टुटेरै बसमा न त|
संगै हुदा तिमि मेरो दुखि नै हुन्छेउ भने
एउटेई मुटु टुक्रा परि फुटेरै बसम न त ||
-विनोद अधिकारी
-बछौली ६ सौराहा


12-Umesh Shrestha
तिमीलाई मन पराउनु मेरो कमजोरी थियो
तिमीलाई भन्न नसक्नु मेरो मजबुरी थियो
यति करिब हुदा नि तिमीले बुझ्न सकिनौ
के माया गर्छु भनि फुक्न जरुरि थियो??
उमेश श्रेष्ठ
चिसापानी -४ रामेछाप
(गुम्सिएका मन का बहार)


13-अर्जेल मायाको शागर अर्जेल
यशपालीको दशैँ मा घर आउने छु आमा
हजुरकै हातले रातो टिका लाउने छु आमा !
धेरै बर्ष भयो घर आउन नपाएको
यशपाली त अवश्य छुटी पाउने छु आमा !


14-Artimus Siru
तिमी खुशी छैनौ भने मेरो साथ पाएर !
खैके अर्थ रहन्छर एक्लै माया लाएर !!
खुशी भन्दा दू:ख दिए भन्ने थाहै भएन !
नबस भो व्यर्थै झुटो कसम खाएर !!
सुमित्रा अधिकारी (धिताल)
गोरखा


15-Saroj Dhital
जनतालाई लुटेर शान्ति हुँदैन..
घरमास्वानी कुटेर शान्ति हुँदैन..
देशमा शान्ति ल्याउँछु भनि विगुल फुक्छन नेता..
महङ्गीले चुटेर शान्ति हुदैन..
डाँछी 3 काठमाडौ


16-शम्भु लम्साल असिम
दुनियाँको नजर घातक हून्छ पिरतीमा
फुल ठान्दा काडां लेनी छुन्छ पिरतीमा
मायाको प्रर्यावाचि धोका सधै भ्एपछी
सत प्रतिशत सफल जोडी कुन्छ पिरतिमा
shambhu lamsal ashim parbatipur-7 western part of chitwan


17-Raag Gazmer Raz
मनमा नाम दामको
बाहिर चाहिँ रामको
हुदैछ संसार किन हो
खाडल बद्नामको
धरान


18-Rai Munkmen Ramesh मुक्तक
देख्नु को मात्र सानो कम काहा छ र?
टक्कर दिन्छ सब्लाइ सम काहा छ र?
बस बनाउने ले ठूलो बनाए न:ज्यादा दिई?
नत्र ढ्याके झै बज्ने नोटमा दम काहा छ र?
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद


19-निस्चल प्रेमी कान्छा
दिन ढलेपछि रातको कुरा गरौ
तिम्रो र मेरो साथको कुरा गरौ
आपसमा कुरा बुझेर जिन्दगीको
जिवनमा अनेक शौगातका कुरा गरौ
निस्चल प्रेमी कान्छा
खज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बइ भारत

*****************
निस्चल प्रेमी कान्छा सुझाव सल्लाहा
मुक्तक मधुरिमा निरन्तर साथ दिएको छु । यो प्रोग्राम को स्टाटस्स बिहिबार भन्दा पनि पहिलेनै बनाईएकै हुन्छ किन होला ? के बिहिबार कार्यक्रम पछि राख्दा मुक्तक को कमीहुन आऊलार
****************


20-Nabaraj Kharel
एउटी केटी सताउँछे यादमा तर कल छैन ,
झ्याम्मै प्रस्ताब राख्थेँ तर मुख खोल्ने बल छैन ।
मनले खा'छ दिलै गा'छ सपनी र निद चोर्छे,
बुझे हुन्थ्यो उस्ले आफै प्रितमा कुनै छल छैन ।
Danchhi,9 ktm


21-मोहन रावल अनमोल 'अस्तु' ~~~मुक्तक
सुकोमल ति ओठ हरू चुमे देखि के के भयो ।।
यौवनको आहाल भित्र घुमे देखि के के भयो ।।
म माहुरी तिमि फुल चक्रब्यू चलि रहयो ।
फुलमा माहुरि सदाबहार झुमे देखि के के भयो ।।
मोहन रावल अनमोल "अस्तु" बान्नातोलि पाँच {अछाम}
हाल-बिरानो शहर मुम्बई


22-Krishna Paudyal
एउटा यस्तो गाँऊ खोजेको छु।
एकान्त शुन्य ठाँऊ खोजेको छु॥
बेसहारा भए भिडमा पनी।
भाग्न यहाँ बाट दाऊ खोजेको छु॥
-कृष्ण पौड्याल
बम्घा एक गुल्मी


23-Thapa Kale Magar
बर्षातको पानी लेखुकी हासो जिन्दगीलाइ!!
दुइ पल्मै छोडिजाने लेखुकी नासो जिन्दगीलाइ!!
प्यारै लाग्छ आफ्नै जुनी बाचुन्जेल तछाड मछाड!!
पाउनु केहि छैन लेखुकि पासो जिन्दगीलाइ!!
-मनु थापा ठूलो ल्हुम्पेक एक गुल्मी हाल मुम्बइ


24-Lalu Gm
जलेको छ यो मुटु मेरो छटपटी बढेको छ।
बिर्सु भन्छु सम्झना उनको छाती भित्र गडेको छ।।
दुई दिने छाँयाँ नौ जाले माया अर्कैको भाग रैछ।
यो मेरो देह हेर आज यहा निर्जीव भै लडेको छ।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया


25-श्रीकान्त बराल कहेराज़
दशैं तिहार आयो अब फर्क परदेशी
अलिकति पशिना स्वदेशमा छर्क परदेशी
आफ्नै माटो अनि आफ्नै बाटो राम्रो बनाउ अब
नेपाल संग अब धेरै नतर्क परदेशी
कृष्ण मन्दिर चोक


26-Nirdoshi Pokhrel
देवी देउता भाकी कसम खाएर के भो।
झुठो पिरती तिम्ले म सँग लाएर के भो॥
हिजो आज मेरो समिप हुन खोज्छ्यौ किन।
धोका खाई सकेपछी साथ पाएर के भो॥

लोकबहादुर पोख्रेल बेनिमणिपुर सात सर्दि नवलपरासी
हाल मुम्बई


27-Bikalpa Babu 
बसन्तको फुलमा रस, राग बस्यो कसरी
त्यहि दिनको प्रतिक्षामा बाग बस्यो कसरी
शहरभरी चर्चा सुन्दर रुपको हुन्छ रे......
तर यहाँ स्वच्छ मन माग बस्यो कसरी
बिकल्प बाबु
गितानगर चितवन


28-Mohan Bihani ________मुक्तक _________
भेट्दा खुशिले आँसु झरेको पल,
रहदा सङ्ग सङ्गै माया छरेको पल,
बिर्सन खोज्दा नि भुल्नै सकिन मैले
तिमीलाई आफ्नो ठानि माया गरेको पल l
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/


29-Boz Raj ...
चिनिएर त के भो हजारमा,
बिलिएर त के भो बजारमा,
सुख, दुखका आँसु बर्षाउने कोहि,
न छन् कुनै उल्लासमा, न त हारमा!
...


30-Pradeep Baral
चोखो मायाँ छुराले खिपेर दिंदैछु|
मुटु माग्यौ तिमीले झिकेर दिँदैछु|
खसेको तिम्रो मोती जस्ता आँसु,
भुइमै नझरी हातमा टिपेर दिंदैछु|

pradeep baral... kapan kathmandu..


31-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिम्ले फांटेको मन अब सिउछु-सिउछु
तिमी बिना एक्लै कठोर भएरै जिउछु
त्यसै त कहाँ भुल्न सक्छु म मोरीलाई
आज जे पर्ला-पर्ला एक गिलास पिउछु
hetauda makawanpur - doha qatar


32-Bishnu K Gautam
उनि आइन रोएर गइन
आँसुले परेलि धोएर गइन
आतितको याद बल्झियो रे
पुरानो तस्बिर छोएर गइन
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट
हाल:बुटबल


33-Rupesh Fatra
रुपेश अनमोल फत्र
भारपा3पान्थर
शुन्यतामा हरायौ,अनि चिच्याउदै खोजे|
आँखाबाट आँशुहरु,बगाउदै खोजे|
एक्लोपनको महशुषले,शहर बजार गाँउ बस्तीमा...
विलीन भयौ दुनियाँमा,अनि कराउदै खोजे|


34-Ashish Danai
मन्तर्ी हुन जनतालाई जुटाएको देखें
बिपक्छ्यको हो यो भन्दै कुटाएको देखें
बाचिराखे यो नेपालमा नदेखिने के पो रैछ
चराले नि हवाईजहाज फुटाएको देखें
-आशिष दनाई
गाउसहर-२ दनाईगाउ, लमजुङ
listen and download muktak madhurima
from www.ashishdanai .com.np

35-Aanischit Khatiwada Jyoti
तिम्रो लज्जा अलिकति उच्चा भए वेश हुन्थ्यो
बच्पना त्यो अलिकति कच्चा भए वेश हुन्थ्यो
साच्चै भनौँ सिरु तिम्रो रुपमा खोट छैन
मेरो जस्तै तिम्रो माया सच्चा भए वेश हुन्थ्यो ।

ज्योति खतिवडा अनिश्चित
सामाखुसी कपुरधारा ।
त्रिचन्द्र क्याम्पस


36-Nepali Deep Milan
दुई आनाको कपडामा, चार रोपनि जिउ किन?
हे ईश्वर अराजकको, रोपिरा'छौ बिउ किन।।
फिरन्ते छन यत्रतत्र, समाजका ब्वाँसाहरु,
दन्किएको आगोलाई निभाउन घ्यू किन।
दीप मिलन
रुद्रपुर-२ रुपन्देहि
हाल दोहा कतार


37-Bibek Dulal मुक्तक
तथाकथित बिचारको प्रवेश कतिकति
कण्ठ गर्न सकिएन उपदेश कतिकति
मान्नै पर्यो यिनलाई जो विद्वान ठहरिए
बनावटी मुस्कानछरि आदेश कतिकति ....!

38-Sunil Neupane Marling
सराब पानी पिउदै रुन्छु
सम्झेर फेरी तस्बिर छुन्छु
छोडी जाने प्रकृती नियम
बदल्ने एउटा अठोट बुन्छु
सुनिल न्यौपाने मार्लिङ
जुनियाँ ०२ गुल्मी
हाल : मलेसिया
+60163622564
www.snmarling.blogspot.com

सुनिल न्यौपाने 'मार्लिङ'
snmarling.blogspot.com


39-तिलक निस्कर्ष
बादलुको देशमा हरायछ यो मन
त्यसैले त आफै संग करायछ यो मन
भोलि के हुन्छ त्यो त थाहा छैन
तर भबिष्य कल्पियर डरायछ यो मन
रत्ननगर ७

40-अविरल भण्डारी
पढ्दै थिय कमाइन धन , बस्ने राम्रो घर छैन
बिहे गरि विदेश जाउँ त श्रीमतीको भर छैन
बिश्वास गरु कसरि म आफ्नै सुरमा हिडछन् आजकल
छाडा भो यो दुनिया कोहि कसैको भर छैन
कुमरोज गबई

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE

Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger