Home » » बुलबुल 163@164 ( 17-Oct-2012/ 2069-07-01) Download

बुलबुल 163@164 ( 17-Oct-2012/ 2069-07-01) Download

Written By https://mohanbihani.blogspot.com/ on Thursday, October 18, 2012 | 2:55 AM










शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!!
आज मिति 2069 कार्तिक  महिनाको 1 गते बुधवार तदनुसार 17-October-2012,  का दिन  एफ एम रेडियो उज्यालो ९० मेगाहजमा उत्पादन सहयोगी तथा प्राबिधिक सहयोगीका साथमा  बुलबुल प्रस्तोता अच्चुत घिमिरे उत्पादन सहयोगी दिनेश निरौलाका साथमा आज  बुलबुलको लिएर (BULBUL EPISODE - 163&164) लिएर उपस्थित हुनुभएको छ ।

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।
आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।  बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 
Listen HERE Episode-163

Download: Download from Click Here-163 Size-9.4MB
Listen HERE Episode -164
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger