Home » » भाखा मिलाई पिरतीको गीत गाउ भन्छे काली,

भाखा मिलाई पिरतीको गीत गाउ भन्छे काली,

Written By https://mohanbihani.blogspot.com/ on Thursday, March 22, 2012 | 10:16 AM


गजल 

भाखा मिलाई पिरतीको गीत गाउ भन्छे काली,
लोभी नजरले हेर्दै मिठो प्रीत लाउ भन्छे काली। 

रस रङ्ग धेरै गर्दै गरौला लामो छ जीवन यात्रा,
सुटुक्क गालामा पहिले म्वाई खाउ भन्छे काली।

चैतको उराठ लाग्दो दिन मौषम छ बेइमानी,
आएर सुटुक्क मिठो स्पर्समा रमाउ भन्छे काली। 

भरोशा लाग्छ मेरो भन्दै नजिक आउने ईच्छा,
सदाको लागि मेरो साथ समाउ भन्छे काली। 

बाधा र ब्यबधान  आए नि हाम्रो मीलनमा,
भागेर बादलपारिको देशमा जाउ भन्छे काली।

copyright@ मोहन बिहानी , भक्तिपुर-७ सर्लाही.
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger