गजल
ठुली कान्छीको भट्टीमा बस्न पाए हुन्थ्यो ,
अङालोमा उनलाई सधैं कस्न पाए हुन्थ्यो ।
मात एक बाहना हो एक दुई चुस्की रक्सिको,
हिजो अस्ती जस्तै आज डस्न पाए हुन्थ्यो ।
बोतलको तीनपानीले मताउन छाड्यो मलाई,
मदहोशी अधरमा अधर घस्न पाए हुन्थ्यो ।
सोम रस् को दोष हो कि दोष उनको यौवनको,
पुरै रात उन कैमा बास बस्न पाए हुन्थ्यो ।
पाइलाहरु लरबराए मात धेरै चढे जस्तै गरी ,
सम्हालिदै उनको काखमा खस्न पाए हुन्थ्यो ।
कति धाउनु उनको भट्टी दिक्क लाग्न थाल्यो,
उनको दिल मा सधैं सधैं पस्न पाए हुन्थ्यो ।
Copyright @ मोहन बिहानी
२०६८-३-३#
0 comments:
Post a Comment