Home » » लुकी छिपी माया लाउदाको मज्जा अर्कै हुन्छ

लुकी छिपी माया लाउदाको मज्जा अर्कै हुन्छ

Written By https://mohanbihani.blogspot.com/ on Friday, March 9, 2012 | 1:18 AM


गजल


लुकी छिपी माया लाउदाको मज्जा अर्कै हुन्छ,
मायालुको माया पाउदाको मज्जा अर्कै हुन्छ!

भेटघाट न भएर माया घटने हो कि भनि,
उनलाई भेटन धाउदाको मज्जा अर्कै हुन्छ।

बजारको भिड भाडमा चिहाउछु यताउति,
मेरो सामु उनी आउँदाको मजा अर्कै हुन्छ ।

एक अर्का को समिप रही वार्तालाप गर्दा,
उनको स्पर्स् पाउदाको मज्जा अर्कै हुन्छ ।

भोक प्यास भुलेर मिठा मिठा सपना बुन्दै,
केश राशी सुम सुम्याउदाको मज्जा अर्कै हुन्छ ।

काखमा पल्टि पिडा भुल्दै दुई प्राण एक हुन्,
उनको अङालोमा हराउदाको मज्जा अर्कै हुन्छ ।

आँखा चिम्ली ओठ टोकी संसार बिर्सिएर्,
म्वाई खाँदा खाँदै निदाउदाको मज्जा अर्कै हुन्छ ।

चड्दो उमेर बढदो माया बेकाबु भएर कतै ,
जथाभाबी माया लाउदाको सजा अर्कै हुन्छ।
# मोहन बिहानी
भक्तिपुर ७ सर्लाही #
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger