गजल
झुठो आशा दियौ मलाई मेरो साथ छोड्यौ।
सँगै बाँच्ने सँगै मर्ने खाएका ति कसमहरु,
एका एक टाढा हुदै किन बाचा तोड्यौ ?
आउँदै थिँए तिमीलाई भेट्न क्षितिजपारीबाट,
कति छिट्टो पराईको तिमीले घुम्टो ओढ्यौ?
माया गर्ने हजार रैछन तिम्रो यौवनलाई,
पैसावाला भेट्यौ र त उस्को डोली चढ्यौ।
जानु रैछ आखिर टाढा तिम्रो काले प्रेमिसँग,
हाँसी हाँसी गा'भा हुन्थ्यो किन शिर मोड्यौ ?
# मोहन बिहानी
भक्तिपुर-७ सर्लाही #
२०६८ फागुन ६ गते शनिबार
0 comments:
Post a Comment