Home » » होली बिशेष गजल

होली बिशेष गजल

Written By https://mohanbihani.blogspot.com/ on Friday, March 9, 2012 | 8:01 AM


होली बिशेष गजल

आयो बसन्त सँङै रङ्गको मौषम यो होली छ बेईमानी,
दलु भन्छु रङ सानुलाई मुहारमा,तर त्यो चोली छ बेईमानी।

कसिलो पहिरन  पुस्ट शरिर भिजाउन मनलाग्छ रातो रङ्ले,
जबर्जस्ति रङ हाल्दा रिसाउने सानुको त्यो बोली छ बेईमानी।

हान्छु ताकेर सानुलाई रङ्को लोलाले रङ्याउन पुरा बदन,
लाग्दैन निशाना सानुलाई पिचकारीको त्यो गोली छ बेईमानी।

मन खोलेर खेल्यौ रङ मरि लानु केछ र भन्छु म सानुलाई,
खोज्दै जाँदा भागेर लुक्ने घर छेउको त्यो खोली छ बेइमानी।

भएर जम्मा साथीहरु उल्टै बनाउछिन् मलाई पानी पानी,
भाङ्गको नशा पिलाई होली सम्झाउने त्यो टोली छ बेइमानी।

copyright @ मोहन बिहानी
भक्तिपुर-७ सर्लाही २०६८-११-२२ सोमबार
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger