Home » » जीन्दगी यो बेकार , मेरो मात्रै हो त ?

जीन्दगी यो बेकार , मेरो मात्रै हो त ?

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, August 13, 2013 | 4:13 AM

गजल
~~~~~~~~~~~~~~~~
जीन्दगी यो बेकार , मेरो मात्रै हो त ?

बिग्रीएको घरबार , मेरो मात्रै हो त ?

चन्द्रमुखी छन कोहि, सुर्यमुखी कोहि ,
कुरुप यो अनुहार , मेरै मात्र हो त ?

देख्दैछु खुशियाली, चारैतिर छाएको,
उजाड यो संसार , मेरै मात्र हो त ?

ढुंङ्गाको भर माटो , माटोको भर ढुङ्गा,
नभ'को केहि आधार , मेरै मात्र हो त ?

उन्नति र प्रगति छ , साथीभाइ सबैको,
सधै घाटाको ब्यापार , मेरै मात्र हो त ?



©सर्वाधिकार सुरक्षित-
 मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
२०७०-०४-२४ बिहीवार
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger