Home » » मुक्तक मधुरिमा --2070-04-17 Download

मुक्तक मधुरिमा --2070-04-17 Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, August 5, 2013 | 12:32 AM

Muktak Madhurima
 मुक्तक मधुरिमा 
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : 2070-04-17

आज 2070-04-17  विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नु हुनेछ। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
 Listen and Download
Download:click here to download

 २०७०-श्रावन १७ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-तपाईकैभाई छोरोसाथी एसपि माथवर सर्जक
दाङ देउखुरि हाल दोहा कतार
तिम्रो मेरो नाता बर्षौ पुरानो हो ।
हृदयको ब्याथा बर्षौ पुरानो हो ।
तिमि रुझौलि भन्ने पिरले किन्या ।
यो फाटेको छाता बर्षौ पुरानो हो ॥
25 July at 14:15

02-Devilal Khanal एउटा मुक्तक
दास र नोकरमै जिन्दगि बित्यो/
भोक र डरमै जिन्दगि बित्यो/
गरिब भएकै कारणले त होला/
साहु को घरमै जिन्दगि बित्यो/
देबिलाल खनाल बारला 1 अछामहाल -
साहुको घर मुम्बै
25 July at 14:16

03-मधु किशोर सरोवर मुक्तक
म छैन घर मा बित्दैछ जिन्दगी!!!
अरुकै भर मा बित्दैछ जिन्दगी !!!
भाग्यमा यस्तै लेखेसी!!!
बिरानो सहर मा बित्दैछ जिन्दगी!!!!!!
मधु किशोर सरोवर !!!!!कैलाली लम्की
25 July at 14:33

04-Mohan Bihani मुक्तक
जानेर हो या हो तिम्रो नादानी /
छरपस्ट गर्यौ तिमीले जवानी //
मातेर किन बैंशको उन्मादमा /
कागजी फुल पार्यौ जिन्दगानी //
मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
Download Muktak Madhurima---
http://www.mohanbihani.blogspot.com/search/label/मुक्तक%20मधुरिमा
Mohan Bihani's Blog: मुक्तक मधुरिमा
mohanbihani.blogspot.com
25 July at 14:35

05-Prabal Thami ....muktak...
आखिर भगवान नै पुझिए त के भो।
तिमि कसैको मनमा सजिए त के भो।
जीबन भर खुशि देखुँ यति भय पुग्छ,
मलाइ आफ्नो मान्छे बन्न नदिए त के भो।
प्रबल थामी दोलखा3राम्पा
25 July at 14:43

06-Bhim Bahadur Phadera
हाम्रो नजिकको चिनजान छ
जिउन उसको योगदान छ
मैले पियरै हुकुम चलाय भने
लाग्छ दुनिया सुनसान छ
बि पी अपरिचित
sarkideu-1 ripa humla haal kohalpur banke
25 July at 15:01

07-Nisthuri Chij मुक्तक
अगाडी बढ्न खोज्दा समाज तगारो किन बन्छ?
जस्ले सुमार्ग देखाउँनु पर्ने उही सारो किन बन्छ?
फेर्नु पर्ने घृणित कुरीतीलाई आजका युवाहरुले
जानी जानी बुझ पचाई आँखाको तारो किन बन्छ?
निष्ठुरी चिज
दाङ् धनौरी
हाल: मलेसिया
25 July at 15:19

08-अर्जेल मायाको शागर अर्जेल
तिम्रो र मेरो हिजो मात्र पहीचान भयो"
अनी हाम्रो मायामा ठुलो सान भयो"
यस्तो माया देखेर दुनीया छक्क परे"
चोखो माया यस्तै हुन्छ भनी धेरै सम्मान भयो"
25 July at 15:28


09-Jaya Bhabuk
फूलेको फूल झरेपछि प्रदेशीए!
मनका आसा मरेपछि प्रदेशीए!
दुनियाले कुरा काटेरै सताए,
घरमा दु:खपरेपछि प्रदेशीए!
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,,
25 July at 15:45

10-Eak Bahadur Pulami ,,,मुक्तक,,,
लायो मोहनी क्या गजबकी माल रैछे मोरी त।
मिलेको जिउ ओठ झन बबाल रैछे मोरी त ।
पाउजुको झन्कारले मुटु भित्र धून बजाई,
पाइलेइ पिच्छे नसा दिने चाल रैछे मोरी त ।
एक बहादुर पुलामी मगर,
मैदी-२, धादिङ्
हाल- बिरानो मुलुक,,,
25 July at 15:51

11-Bishnu K Gautam
तिम्रो पाला अनि हाम्रो,पाला फरक छ बा
अहिले बन्दुक पहिले,भाला फरक छ बा
पहिले छाता ओढेर,मेलो हेर्ने साहुहरु
अहिले समाउँछन,कोदाला फरक छ बा
बिष्णु गौतम मल्म-४,बाग्लुङ
25 July at 17:39

12-जि.एम. दिपु दिपेन देपेन्द्र ][मुक्तक][
दिल चोरेर फरार, यहाँ धेरै छन..!!
अझै चोर्ने बिचार, यहाँ धेरै छन..!!
तिमीले पनि चोर्ने, दाऊ खोज्दै थियौ ¥
मसँग यसका आधार, यहाँ धेरै छन..!!
@-G.M. दिपु देपेन्द्र खोलागाँऊ-5 सर्केना, रुकुम
हाल;- डोटी- दिपायल..!!
26 July at 18:41

13-Saroj Chaulagai ~~~मुक्तक~~~
कति बोल्छौ तिमीमात्रै, मेरोकुरा सुन्ने हो की ?
पच्चीस कटिसक्यौ, जीवनसाथी चुन्ने हो की ?
भेटघाटमा कुराकानी, निकैनै पल्ट भयो हाम्रो,
अब दुवै संगै मिली, माया जाल बुन्ने हो की ?
सरोज चौलागाई
ईश्वरपुर–३, बयलवास, सर्लाही, नेपाल
25 July at 19:28

14-Dev Birahi
नेता हरु पनी बालुवाटार भाग्दै छन अचेल!
पत्रकार पनी झुटो खबर छाप्दै छन अचेल!!
खाली संवीधान का कुरा मात्रै गर्छन नेता''
जन्ता संवीधान को कुरा सुन्दा थाक्दै छन अचेल!!
देब:बीरही दाङ तुल्सीपुर
हाल मलेसीया जोहोर,,,
25 July at 19:47

15-Rai Munkmen Ramesh मुत्तक
हो कसैलाइ बे-हाल बनायो परदेशले
कसैलाइ माला-माल बनायो परदेशले
भने बमोजिन काम तलव नमिल्दा
कसैलाइ फाला-फाल बनायो परदेशले
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद
25 July at 21:27

16-आरके थापा ***मुक्तक ***
मानिस सबै एउटै हुन , धर्म फरक छ यहाँ ।
दुःख शुख आउछ जान्छ , मर्म फरक छ यहाँ ।
बाच्नकै निम्ति त होनी संघर्ष गर्नु पर्ने ,
सब्ले गर्ने हरेक त्यो , कर्म फरक छ यहाँ ।
आरके थापा , बोच दोलखा
हाल साउदी अरब
25 July at 23:28

17-तिलक निष्कर्ष
दुखीको पनि छुट्टै संसार छ सानु
हो बरु भाग्यमा संधै हार छ सानु
एक्लो दुखि भनि आफुलाई नठान तिमि,
मलाइ पनि त हेर अत्याचार छ सानु
रत्ननगर ७ चितवन
25 July at 23:30


गीत > आफुलाई एक्लो नासंझिनु कोहि छ तिम्रो पनि ,
संसारको कुनै कुनामा दिन रात सम्झिनी .....
......रमेश क्षितिजको शब्द मा शिशिर योगीको संगीत, छहराको धुन एल्बम बाट अनिलमानको आवाजमा..............




18-Surya Chemjong ..........
बम्बैको के कुरा यहि टोलमा बिक्छन् मान्छेहरू
जनावर भन्दा सस्तो मोलमा बिक्छन् मान्छेहरू
अब चुनाव आउँदैछ !! हेर्नु होला तपाई पनि
कसो गरी गुन्द्रुकको झोलमा बिक्छन् मान्छेहरू
26 July at 03:40

19-Jyoti Khatiwada Anischit
दिल यो फगत दुखेपछी म निदाउँछु
रक्तनशामा रगत सुकेपछि म निदाउँछु
म अलिक प्रिथक छु अपवादमै रमेको छु
सुनसान यो जगत उठेपछी म निदाउँछु ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा ।
26 July at 06:10


20-Urmila Koirala
पसिनाले यहि माटोलाई भिजाँउ जस्तो लाग्छ
सिमा मििचदैछ अचेल देश बचाँउ जस्तो लाग्छ
धन कमाउने बहानामा विदेशतिर धाउनुभन्दा
भोक्भोकै दिन काट्ने हेर्दै चित्त बुझाँउ जस्तो लाग्छ ।
उर्मिला कोईराला 'आँशु'
26 July at 07:50


21-Nabin Chirag
मलाई कहिल्यै झुट्टो कसम ,खान मन लाग्दैन ।
छिनमै सुकी जाने गुलाफ , लान मन लाग्दैन ।
माया प्रेमको आतङ्क छ , बाहिर सडकमा ,
त्यसैले पो दैलो बाहिर , जान मन लाग्दैन ।
26 July at 10:37

22-नवराज भट्ट * मुक्तक *
आमा को गुनासो छोरा सँग
बुहारी ले आज काल हेर्न छोडी बाबु
मैले भन्या पटक्कै टेर्न छोडी बाबु
अर्ती उपदेस दिदा आँखा तेर्छे मलाइ
गुन्यू चोली चौबन्दी बेर्न छोडी बाबु ।।
नबराज भट्ट
26 July at 11:04

23-बाल कृष्ण भट्टराई
बुहारीले बुढा सँग आामालाई दोश यसरी दिन्छन,
तिम्री आमा त्यस्तै छिन कुरा लाउन बुढा,
बुहारी लाई बचनको छुरा लाउन बुढा।।
कसो गरी सम्हालौ तिम्रो घर मैले,
सुको पैसो चुहुँदैन चुरा लाउन बुढा।।
26 July at 11:04

24-Amrit Shrestha
आकासको जुन तारा पनि झार्छ मायाले
दुई मुटु एक गाठो पक्कै पार्छ मायाले
माया त्यही हो जुन असफल भएपछी हेर
चितामा लास आकासमा सास सार्छ मायाले
(Amrit shrestha pokhara 12 kaski)
26 July at 12:10

25-Rakshe Deep Milan
मनग्गे धन पायौ रे, हाँसो बेचेपछी!
सम्हालेर राख्न देको नासो बेचेपछी!!
आज धेरै चोट दियौ, तिम्ले बेईमानि,
झुण्डी मर्छु भनेको थे पासो बेचेपछी!!
दीप मिलन
रुद्रपुर-०२ रुपन्देही
हाल दोहा कतार
26 July at 22:49

26-Hem Sarowar Saud
परदेशी आयो रे नभेटेरै गयो
छिया छिया पारी मुटु रेटेरै गयो
बर्षौसम्म विरानो सहरमा
तिर्खाएको थियो रे प्यास नमेटेरै गयो
हेम सरोवर साउँद
खातिवडा ३ डोटी
हाल चेन्नाई भारत
26 July at 22:58

27-श्रीकान्त कहेराज़
सुन्नु भन्दा पहिले बरु कान थुन्छु म त
फेरी पनि चितवन बन्द हल्ला सुन्छु म त
बन्दले गरिब लाइ मात्र हो नि मार पर्ने,
सम्झन्छु देशको अबस्था बेहोस हुन्छु म त
कृष्णमन्दिर चोक
26 July at 22:59

28-A Jeevan Shrestha मुक्तक..
आगनीमा छिमेकीले साँध हालेको छ
मेची देखि काली सम्म बाँध हालेको छ
राष्ट्रका नायकहरू साह्रै आत्मिय छन्
तिनीहरूकै काँधमा काँध हालेको छ
जिवन श्रेष्ठ
गोरखा ।
27 July at 05:44

29-Niraj Sapkota
अरुलाई पिडा दिइ हास्नेकै जमाना छ
रुवाइ कसैलाई बाच्नेकै जमाना छ
बिबश बनाइ कसैलाई कसैले
बियोगका गितहरुमा नाच्नेकै जमाना छ
निरज सापकोटा
लालबन्दी 6, बस्तिपुर,
सर्लाही
28 July at 06:40

30-घायल दिपक कार्की सम्पूर्ण मुक्तक मन हरु मा मेरो नमस्कार
धेरै दिन पछी फेरी हजुरहरु संगै मन को
भारी बिसाऊन आए~
जिन्दगी हिजो आज कालो बादल भएछ/
भन्छन् कतिले ताल बिनाको मांदल भएछ/
हिड्दैछु मा हिजो आज समाल्दै आफुलाई/
साँच्चै जिन्दगी बाटो हरुको खाडल भएछ/
घायल दिपक कार्की
बनकटवा ९ सम्झना लालपुर बाँके हाल गुजरात भारत बाट
29 July at 16:29

31-कौशल किरण
सपना बेची कमायौ कती।।
धनको बिटो जमायौ कती।।
अरुलाई धर् धरी रुवाई,
खुसीले हाँस्दै रमायौ कती।।
‪#‎कौशल‬ किरण
31 July at 16:40
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger