Home » » मुक्तक मधुरिमा, 2070-04-24 Listen and Download

मुक्तक मधुरिमा, 2070-04-24 Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, August 11, 2013 | 2:25 AM

Muktak Madhurima
 मुक्तक मधुरिमा 
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :
2070-04-24

आज 2070-04-24  विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नु हुनेछ। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen Here

Download: Click Here To Download
२०७०-श्रावन २४ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-Jaya Bhabuk ***मुक्तक***
हुन्छन यहॉ झॉलेमाले तारेका कुरा!
मायॉ जालमा कसैलाई पारेका कुरा!
लोग्ने प्रदेशमा धन कमाउदैछ हजुर,
सुनिन्छ स्वास्नीले दिल सारेका कुरा!
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,
1 August at 17:07

02-लक्ष्मण अभिनास
रावल हुदैन साच्चै त्यो कुरा हुदैन ।।
आकाश छुने सपना पुरा हुदैन ।।
हुन्छ त आफ्नो भाग्यको खेलले ।।
जन्मदै बालक टुहुरा हुदैन ।।
लक्ष्मण अभिनास रावल
खिमाडा जुपू नौ अछाम
हाल , आशुको सागरमा ।।
1 August at 17:15

03-बराल सूर्यमणी ,
धेरै पछि आज फेरी आमाको सेवा गर्दैछु ।
बिहान अनि साँझ फेरी आमाको सेवा गर्दैछु ।
हरपल हरेक छिन ,उनैमा समर्पित भएर ।
बुझ्नु पर्यो राज फेरी आमाको सेवा गर्दैछ
1 August at 18:10


04-Devid Yuvaraj
कती सम्म कठोर हुन्छ कसैको मन।
हर पल तड्पीदै रुन्छ कसैको मन।
बाँच्न त बाँचेकै हुन्छन जसरी पनी।
तर नीदाउँदा सास थुन्छ कसैको मन।
युवराज थापा,नेपालगंज बाँके ,, हाल; मलेसीया
1 August at 18:46

05-Saroj Chaulagai मुक्तक
जिन्दगि याँहा, एक्लै रोइरहेछ हजुर ।
अनुहार पनि, आँशुले धोइरहेछ हजुर ।
उसलाई त कुकुर मोज नै होला त्याहा,
याँहा यसलाई, प्रेमरोगले छोइरहेछ हजुर।
सरोज चौलागाई
ईश्वरपुर–३, बयलवास, सर्लाही,
1 August at 19:41

06-श्रवण कुमार
कोही जनताकै निम्ति चुनब मान्दिन भन्छ।
कोही मै मात्रै छु अरुलाई जान्दिन भन्छ॥
अवश्य साँढेको जुदाईमा बाछो मिचिन्छ नै।
तर देशले यी उपीयाँहरुलाई धान्दिन भन्छ॥
©श्रवण कुमार नेत्रगन्ज-०५,सर्लाही
1 August at 20:12

07-Surya Chemjong .........
ऊ मखमली चोलीमा आउँछे रे भन्छे
सजिई रातो डोलीमा आउँछे रे भन्छे
म ठिक्क परेर बस्नु सिन्दुर लिएर रे !
फागु पूर्णेको होलीमा आउँछे रे भन्छे
1 August at 20:20

08-Kaji Gaunle
** मुक्तक **
यो मनले रोजे जस्तै साथि बन तिमी।
संसारको सबै भन्दा जाति बन तिमी।
आफ्नो त्यागी तिमी सगै नाता जोडेको छु,
सधै मैले सोचे भन्दा माथी बन तिमी॥
काजी 'गाउँले'
ताप्लेजुङ
1 August at 21:07

09-Dev Birahi
सत्तुर लाई हसाएर गईन उनी/
अन्यासै माया बसाएर गईन उनी//
जुनीजुनी तीम्रै हँु भन्ने ले हीजो /
आज अर्कैलाई समाएर गईन उनी//
देब बीरही दाङ तुल्सीपुर
हाल:मलेसीया जोहोर,,
1 August at 21:23

10-Arjun Shah Thakuri
ओठमा लाली लाएकी ती नानी मनपर्यो
दन्ते लहर खोली मुस्काउने उनको त्यो बानी मनपर्यो !
साच्चै भन्दा १६ पुगी १७ मा लाग्दाको
कलकलाउदो उनको त्यो जवानी मनपर्यो !!
। अर्जुन कैलाली
।र्गामिण आदर्श बहुमुखी क्याम्पस नेपालटार, काठमाण्डौं
1 August at 21:26

11-Rai Munkmen Ramesh मुक्तक
बधाइ छ मेरो निष्ठुरी बनेर जानेलाई
ढाटेर छिटै आउछु भनेर जानेलाई
मिलोस सदा खुशी यहि छ कामना
लुटेर खुशी धनिमनि गनेर जानेलाई
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद...
1 August at 21:47

12-YB GM
सम्झीएर मलाई रुनेछ्यौ कुनै दीन
आशु आशुले मुख धुनेछ्यौ कुनै दीन
याद आउदा, आशु चुहाउदै चुहाउदै
मेरो पुरानो तस्बीर छुनेछ्यौ कुनै दीन
- वाई बी जीएम 'बियोगी'
कालागाउ 6 सल्यान हाल घोराही दाङ
1 August at 21:52

13-Puran Shahi
जस्तो सुकै भए पनि बिताऊछू जिबन ॥
हानमार गरेर भएपनि जिताऊछू जिबन ॥
जिबनमा हुन्छ माया अनि बिछोड दुख अनि सुखहरु ॥
अन्तिम पल्ट भएपनि राम्रो चिताउछु जिबन॥
पुरनसाहि= टिटिहिरिया 8 मिलन चोक हाल = नेपालगन्ज बाँके बाट
2 August at 10:14

14-जि.एम. दिपु दिपेन देपेन्द्र }{A Muktak by Dipu}{
म आजकाल यसरी मोज, गर्दैछु..!!
आफ्नै घर बेचेर बनभोज, गर्दैछु..!!
जो जो थिए मसँग, सबै टाढा भए ¥
एक्लै परेर कसैको खोज, गर्दैछु..!!
[][] @- G.M. दिपु देपेन्द्र
खोलागाँऊ-5 सर्केना, रुकुम
हाल;- डोटी- दिपायल
2 August at 21:04

15-A Jeevan Shrestha
हृदय र अचानोमा फरक भेटिएन
विश्वासघातका छुरा कम्ति रेटिएन
म तड्पी तड्पी बाँचेको हेर्ने चाहा रैछ
त्यसैले मार भन्दा नि बिष फेटिएन
जिवन श्रेष्ठ
गोरखा
3 August at 06:15

गीत>कुन हुरीले कता उढाइ काहा काहा छुंटे म
गन्नै नसकिने घाउ हरु काहा काहा दुखे म .........बाचुन्जेलिलाई एल्बम बाट रामकृष्ण ढकालको आवाजमा .........

16-Eak Bahadur Pulami ,,,,,,,,मुक्तक,,,,,,
सपनिमा देख्दा आज,रुदै थियौ आमा ।
आशुले मुहार पुरै,धुदै थियौ आमा ।
परदेसिले दुख पा,था पाए झै गरि,,
घरी घरी मेरै फोटो,छुदै थियौ आमा ।
एक बहादुर पुलामी मगर
मैदी-२ अमराई धादिङ्
हाल- बिरानो मुलुकबाट,,
3 August at 11:49

17-Rabin Karki ‪#‎मुक्तक‬ #
मेरो सबै खुशिहरु पोलीएर गयो l
केहि रहस्य कुरा थिए खोलिएर गयो ll
गोप्य थिए सबै कुरा उन्को र मेरो
कता कता कोसँग बोलिएर गयो ll
रबिन कार्की 'रहस्य'
कालिन्जोर ७ सर्लाहि
3 August at 22:43

18-Artimus Siru
तिम्रो यादमा तड्पिएर रोगी भएँ म
प्रेमको भिख मागी हिड्ने जोगी भएँ म
झुटो कुरा गर्दै हिड्दा मन दुख्दो रैछ
भन्न थाले पागल प्रेमी वियोगी भएँ म
सुमित्रा अधिकारी
गोरखा
4 August at 06:47 via mobile

19-Sudeep Kafle
चूरा फुट्यो चूरामा चूरा जुधेर !
नाता टुट्योकुरामा कुरा जुधेर ।
नसोध म कसरी घाईते भए !
यस्तै भयो छुरामा छूरा जुधेर ।
Sudip Kafle
dolakha
4 August at 06:55 via mobile

20-Prabal Thami
मनभरि पिडा बोकि किन बाच्छ मान्छे।
अतितका ति पलहरु किन साँच्छ मान्छे।
सम्झनाले उ पागल भइदिदाँ,
आफै हिड्ने पुलहरु किन भाँच्छ मान्छे।
प्रबल थामि,राम्पा3दोलखा
4 August at 10:57 via mobile

21-घायल दिपक कार्की
नछोड्नु चलेको रित हजुरलेनी चलाउनु/
ऊ बिना जिन्दगी जसरी नि फलाउनु/
रुप संगै धनको घमन्ड गरेनी उसले /
जमाएर सुन्दर संसार उसकोमन जलाउनु/
घायल दिपक कार्की
बनकटवा९लालपुर बाँके
हाल गुजरात भारत बाट
5 August at 01:31

22-तपाईकैभाई छोरोसाथी एसपि माथवर मुक्तक
तपाई कै भाई छोरो साथी एस पि माथवर
दाङ देउखुरि हाल दोहा कतार
भुण्टे भुण्टिलाइ मोबाइल भाँडोले बिगार्यो ।
तेइ भित्र चल्ने फेसबुक खाँडोले बिगार्यो ॥
देउरालिमा भेट्न आउ भनि स्टाटस राखेछ ।
पहाडको ठाउँ भेट्नु अघि डाँडोले बिगार्यो ॥
5 August at 10:04

23-Mohan Bihani मुक्तक
तिम्रो बरियात देख्दा मेरो शरिर ढल्छ होला /
तिमी जग्गे घुम्दा मेरो मुटु जल्छ होला //
सजिएर पराईसँगै घुम्टो ओढि जाँदा तिमी ,
चिता माथी मेरो लासमा आगो बल्छ होला //
copyright @ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०४-१८ गते शुक्रबार
http://mohanbihani.blogspot.com/2013/08/2070-04-17-download.html
Mohan Bihani's Blog: मुक्तक मधुरिमा --2070-04-17 Download
mohanbihani.blogspot.com
5 August at 13:12 ·

24-आरके थापा ***मुक्तक***
बुढेसकालमा सेतै भाको केश बदलेर ।
विश्वसामु परीचित भेश बदलेर ।
परीवर्तन गर्छौँ भन्छन् खै ? कस्तो बनाउने हुन् ,
गाउँ घर छरछिमेक देश बदलेर ।
आरके थापा बोच दोलखा
हाल साउदी अरब
जे होस सबैको जय होस् ।
5 August at 20:26

25-श्रीकान्त कहेराज़
शान्ति छाउछ कि भन्ने आशा मात्र रहयो
बन्द हड्ताल सधै भरि निराशा मात्र रहयो
सोच्नु पर्छ कतै हामि देशको भार पो भयौ कि ?
देखाइमा नेपालीको परिभाषा मात्र रहयो ....
कृष्णमन्दिर चोक
5 August at 20:26

26-तिलक निष्कर्ष
कोपिलामै निमोठियको फुलको कथा हो यो
आइ बाढी बगाइ लगेको पुलको कथा हो यो
प्यास हुदा हुदै पनि तिर्खा मेट्न खोजिनौ तिमि
ढिस्को ले पुर्नै लाग्या मुलको कथा हो यो
रत्ननगर ७ चितवन
5 August at 20:27

27-Bishnu K Gautam
कि उस्का याद आँउदै,नआउनु पर्छ
कि यादहरु आँसुमा,बगाउनु पर्छ
हाम्रो बिच कोहि,पर्खाल भयो भने
जसरी पनि पर्खाल,भत्काउनु पर्छ
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
7 August at 05:17 via mobile · Edited

28-Niraj Sapkota मुक्तक
तिम्लाई छोडी अरुलाई हेर्या भए मरिजौ
धरोधर्म अर्किलाई पत्र केर्या भए मरिजौ
छातिमाथि हात राखी कसम खान्छु मोटि
मैले माया लाको मन फेर्या भए मरिजौ
निरज सापकोटा
लालबन्दि,सर्लाही
२०७०-०४-२३
मंगलबार
7 August at 07:39


29-Bibek Dulal मुक्तक -
थाहा भएर पनि कर्तव्यबाट अन्तै भागेको मात्र हो
बस्ने मन हुदा नि बाहिर बाहिर अन्तै लागेको मात्र हो
बर्षनु पर्छ सुखानुभूतिको सधैभरी हर नेपालीहरूमा बर्षा
रुझ्दिन रुझ्दिन भन्नेहरुले त बेग्लै देखिन जागेको मात्र हो .
अस्तु :
@विवेक दुलाल क्षेत्री "दमक "
अबुधाबी ,यू ए इ .
7 August at 13:14
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger