Home » » अजय पारषका 2 गजल

अजय पारषका 2 गजल

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, August 13, 2013 | 12:12 AM



~~~~~~गजल~~~~~~
हाम्रा नेता निकम्माछन् संविधान दिन सकेनन् ।
वीर योद्धा शहिदलाई सम्मान दिन सकेनन् ।।

 

बाँडि दियौ सारा आफ्ना नागरिकता  विदेशीलाई ।
यहाँ आफ्नै टुहुरालाई पहिचान दिन सकेनन् ।।

 

जे जे गर्यौ सारा आफ्नै स्वार्थ निम्ती थोरै पनि ।
शहिदका परिवारलाई मुस्कान दिन सकेनन् ।।

 

लाखौं युवा वेरोजगार भै विदेश तिरै जान्छन् ।
देश भित्रै यी युवालाई लगान दिन सकेनन् ।।

 

लोक तन्त्र गण तन्त्र सबै तन्त्र आऐ यहाँ ।
कसैले नि निमुखालाई उत्थान दिन सकेनन् ।।

~~~~~~गजल~~~~~~
 डाकुहरू लुट्छन असली हतियार देखाएर ।
निष्ठुरीहरू लुट्छन नक्कली प्यार देखाएर ।।


व्यापारी छाति फुलाई ईमानका कुरा गर्छन् ।
तर सँधै गला रेट्छन् कालो बजार देखाएर ।।


गाउँमा युवा मर्दैछन् देशमा बेरोजगार् भएर् ।
दलालले लुट्छन विदेशी रोजगार देखाएर ।।


कमिसनमा बिकेकाछन् हाम्रा देशका नेताहरू ।
देश कंगाल पार्दै छन झन् भ्रष्टाचार देखाएर ।।


स्वार्थी छ यो जमाना मान्छे अनि देउता पनि ।
अजयलाई लुट्छन देउताको अवतार देखाएर ।।



 अजय पारष
जनकपुर नगर पालिका -४ हाल
जिल्ला स्वास्थ्य कार्यालय अछाम
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger