Home » » मुक्तक मधुरिमा 2070-05-06/2013-08-22 ==Listen and Download

मुक्तक मधुरिमा 2070-05-06/2013-08-22 ==Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Saturday, August 24, 2013 | 4:08 AM

Muktak Madhurima

Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm   
Host:Ramu Acharya 
Date : 2070-05-06/2013-08-22


 

  आज मिति 2070-05-06 गते तदनुसार 2013-08-22 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।    
Listen and Download

Download: click HERE
 Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् !
 २०७०-भाद्र ०६ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-Jaya Bhabuk *****मुक्तक *****
सरकारमा सॉच्चै छलफल कहिले सम्म?
हुन्छहजुर भन्दै अलमल कहिले सम्म?
सुरूहुन्छन वार्ताका कुरा सधै अपूरा ,
सॉच्चैयसरी झुटको पसल कहिले सम्म?
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,
15 August at 13:10

02-तपाईकैभाई छोरोसाथी एसपि माथवर मुक्तक
घरदैलौमा राखे तिमिलाइ गमला सम्झेर॥
माया नि गर्नु गरे तिमिलाइ अबला सम्झेर।
पापि रैछ दुष्ट रैछ हुनेवाला ससुरो बाउ॥
ऐया बा कुट्नु कुट्यो मलाइ तबला सम्झेर॥
दाङ देउखुरि हाल दोहा कतार
15 August at 13:18

03-जि.एम. दिपु दिपेन देपेन्द्र
सम्पुर्ण मुक्तकीला मनहरूलाई, गाईजात्राको अबसरमा
हार्दिक हार्दिक शुभकामना दिदै एऊटा शिक्षात्मक ब्यङ्ग मुक्तक >>
गाई पाल्दैमा कोही, गोपाल हुदैन..!!
राँगो पाल्दैमा कोही, हरिलाल हुदैन..!!
जसलाई जे आऊछ त्यहि गरेर खानु...,
भाषण वाक्दैमा कोही, दहाल हुदैन..!!
[][] @- G.M. दिपु देपेन्द्र
खोलागाँऊ-5 सर्केना, रुकुम
हाल;- डोटी- दिपायल
15 August at 13:23

04-Ajay Parash मुक्तक
उन्को माया यो मन भित्र लाउँ म कसरी ?
त्यो आँगनी जून बनि छाउँ म कसरी ?
हेर्छु चारै तिर काँडाहरू उभिएकाछन् ।
ति काँडाहरू छिचोल्दै भेट्न जाउँ म कसरी ?
अजय पारष हाल अछम
15 August at 13:25

05-कमान्सिंह मुक्सु
भुक्ने कुकुरले नटोकापछि देश त्यसै डुब्ने भो/
जड्याहाले जाँड नधोकेपछि भट्टि त्यसै सुक्ने भो//
आशातित् काम नभईदिदा द्विधामा परे जन्ताहरु,
भरियाले भारी नबोकेछि त्यसै पेट लुक्ने भो//
Kaman singh muksu
Korea.
15 August at 13:42

06-Raag Gazmer Raz
हरियो चुरा मेरो लागि लगाएको भन्छिन्
नखाई केहि मेरो लागि रमाएको भन्छिन्
तिमी भोकै बस्दा मेरो राम्रो हुन्न प्रिय
विश्वास श्रद्धा मेरो लागि अँगालेको भन्छिन्
15 August at 13:45

07-Bishnu K Gautam
गाइजात्राको सम्पुर्णलाइ सुभ कामना सहित एउटा गाइजात्रे मुक्तक
कहिल्यै नफर्किने गोलिको पछि हिडिराछौ
आउँदै नआउने भोलिको पछि हिडिराछौ
बिचरा अब तिम्रो,भबीष्य के होला खै?
अझै प्रचन्ड ओलिको पछि हिडिराछौ!
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
15 August at 14:23

08-Kaji Gaunle ** मुक्तक **
खै! के भनु संम्धि पहिले उन्को यार भए म।
था-थाहै भएन दुइ मुटु जोडी चार भए म।
भित्री मन हेर्न नमिल्ने घाटि बाट रस्दैथे,
सर्किएछ हा.हा.हाछ्युँङ को खकार भए म॥
काजि 'गाउँले'
ताप्लेजुङ,
it engg.at !dea cellular
mumbai,
15 August at 19:24

09-Surya Chemjong ..........
प्रयास गर्दै जाँदा हो झ्याउ लाग्न सक्छ
कुनै बेला तिम्रो पनि दाउ लाग्न सक्छ
छिमेकी हौं मिली बसौं कुन ठुलो कुरो
एकै ठाँउ सुते पछि पाउ लाग्न सक्छ
15 August at 21:37

10-Govinda Bhusal
आँसु झर्दा आँसु संगै रुझेको छु मैले पनि
खुशी माग्दै कयौ मुर्ति पुजेको छु मैले पनि
हासो खुसि नचाहेर नदियको हैन
दिल खुस नभई ओठ हास्दैन बुझेको छु मैले पनि
15 August at 22:05

11-तिलक निष्कर्ष
अन्धेरिमा रुमल्लिय निभेको दीप हुँदा जिबन
पहिलो मायाले डुबायो बित्यो रुँदा रुँदा जिबन
हिजो हेंरे अनि आज हेंरे भोलि पनि हेर्छु ,
जाला कहिले सम्म परेली डिल धुँदा धुँदा जिबन
रत्ननगर ७ चितवन
15 August at 22:23
<गीत>
पहिलो मायाले धोका दियो ,
संगै जिउने बाचा थियो .
बाचा थियो , पहिलो मायाले धोका दियो .......प्रेम सागर पौडेलको शब्द/संगीतमा "रक्षा" एल्बम बाट
रजिना रिमालको आवाजमा .......

12-Saroj Chaulagai ___________________________
मुक्तक
साह्रै साह्रै नै रमाईलो, लागेथ्यो त्यतिबेला ।
नाँचु नाँचु गरि जोस, जागेथ्यो त्यतिबेला ।
तिमी तिजको गितमा, कम्मर मर्काउदै थ्यौनि,
हो मेरोपनि मनकोपिडा, भागेथ्यो त्यतिबेला ।
सरोज चौलागाई
ईश्वरपुर–३, बयलवास, सर्लाही
15 August at 23:08

13-Rai Munkmen Ramesh मुक्तक
आफ्नै शरिरमा आगो ल-गाइ देखाउ
सक्छौं भने धड्कन पन्-छाइ देखाउ
अनि मान्ने छु तिमि सत्य लेखक हौं
कालो इतिहाँस लाइ पल्-टाइ देखाउ
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद..
16 August at 01:39

14-श्रीकान्त कहेराज़
आज म आफु भित्र आफै लाइ खोजिरहेछु
जान्न परदेश स्वदेशको माटो रोजिरहेछु
हिमाली पहाडी अनि तराइका मिलि,
युबा ताते नै देश बन्छ यहि सोचिरहेछु
कृष्णमन्दिर चोक
16 August at 01:42

15-Dev Birahi
तिमी लाई डोलीमा सजाएको देखे सपनीमा!
सोह्र शृङहार गरी लजाएको देखे सपनीमा!!
हिड्दा पनी कस्तो राम्रो देखिन्थिन उनी त!
छम छम ति पाउजु बजाएको देखे सपनीमा!!
देब बिरहि दाङ तुल्सिपुर
हाल:मलेिसया जोहोर..
16 August at 16:55

16-Dipak Karakheti मुक्तक
चुनावमै जितेर ति नेता बिदेश ढुक्ने होलान
आफ्नै भुँडी भर्नको लागि कुन देशमा पुग्ने होलान
भ्रस्टचारी सबै ती नेता न त बिकास गर्न सके
सरकारम बसेर पुरानो ब्यथा पैसामै चुक्ने होलान
मिती:-16/०8/2013
दीपक काराखेती (गोर्खा)
हाल:- UAE
16 August at 18:32

17-Niraj Sapkota ********मुक्तक्********
जाँउ पराइ सँग म तिम्रै गाउँकी ल्याउँछु
आहिले नै सुनिराख तिम्रै नाउँकी ल्याउँछु
संसारमा सुन्दरी छ्न तिमी जस्ती अरुपनि
दुनियालाई देखाएर तिम्रै ठाउँकी ल्याउँछु
निरज सापकोट
सर्लाही,लालबन्दी
18 August at 05:08

18-Ram Sharan Shrestha
पाक्दै पाकेन, सहमतिको खिचडी ।
देशद्रोही हाँस्दैछन्, बजाएर थपडी ।
जनताको सत्ता, जनताको संविधान
कहिल्यै आएन, भैरहन्छ गडबडी ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप ।
Download Upto Date Muktak Madhurima
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima

Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.se
Your Blog Description here!
18 August at 17:23

19-चूडा निर्भीक गाईजात्रे मुक्तक
स्वर्गसरी देश आज खस्तै तल गिरीराछ
विखण्डन गर्न संघियता माटो चिरीराछ
चाउरी पर्या गाला लिई संसद छिर्ने नेता
घ्याम्पोसरी पेट उसको गाला फिरीराछ ।
चूडा निर्भीक ( आँपपिपल ७, गोरखा )
हाल काठमाण्डौ
19 August at 13:12


20-बराल सूर्यमणी
उस्ले हेरी आँखा झिम्क्याइ मख्ख परे बानी रैछ
माया गर्छु भन्थी तर धोकेबाजकी खानि रैछ
आहा कती राम्री भनी पछी पछी लागे म त
बिडम्बना घरमा उस्को श्रीमान अनि नानी रैछ
21 August at 13:56

21-Mohan Bihani मुक्तक
~~~~~~~~~~~~~~~~~~~~~
डोरी चुडिएको झोलुङ्गे पुल जस्तो भयो जीवन,
सुवास बिहिन कागजी फूल जस्तो भयो जीवन।
सपनाको संसारमा हराउँदा हराउँदै आखिरीमा,
जानी जानी गरीएको भूल जस्तै भयो जीवन।
सर्बाधिकार सुरक्षित© मोहन बिहानी
भक्तिपुर, सात
सर्लाही
22 August at 12:02

22-Nabaraj Dhakal Nabodit
उस्ले आई ख्वाक्क ख्वाक्क खोकी फ़ेसबुकमा ।
हेर्दा हेर्दै आफ़्नो मूल्य तोकी फ़ेसबुकमा ।
एकै छिनमा लाईक कमेन्ट कति आए कति
सबैलाई थ्यान्क यू डियर ठोकी फ़ेसबुकमा ।
जय ! फ़ेसबुक ,जय ! गाईजात्रा ।
from-Abudhabi
22 August at 12:06

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger