Home » » मुक्तक मधुरिमा 2070-04-10 Listen and Download

मुक्तक मधुरिमा 2070-04-10 Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Saturday, July 27, 2013 | 1:30 AM

Muktak Madhurima
 मुक्तक मधुरिमा
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : 2070-04-10 

आज 2070-04-10  विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नु हुनेछ। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen here

 Download:Click HERE to Download

 २०७०-श्रावन १० गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-Mohan Bihani मुक्तक
मलाई ह्यन्डसम देख्नेको /
लुकी लुकी प्रेमपत्र लेख्नेको //
अझै याद आउँछ अकस्मात/
देउरालीमा बाटो छेक्नेको//
copyright@मोहन बिहानी
भक्तिपुर सात सर्लाही
18 July at 17:06

02-Eak Bahadur Pulami
तिम्रै हु भन्नेले ढाट्यो र रोए ।
हेर्दा हेर्दै डाडा काट्यो र रोए ।
नसोचेको मान्छे बाट घात हुँदा,
अनायसै मुटु फाट्यो र रोए ।
एक बहादुर पुलामी मगर,
मैदी-२ धादिङ्
हाल- बिरानो मुलुक
18 July at 17:12

03-Aaseasaw Danai
ओठ काप्यो छाती काप्यो अंगअंग काप्यो
शिरदेखी पाउसम्म मन्दमन्द काप्यो ।
तिमीले छोयौ खै कता कता छोयौ कुन्नी
सकिन म बोल्न पुरै शब्दशब्द काप्यो ।।
-आशिष दनाई
बेसिशहर लमजुङ

04-Ram Sharan Shrestha
स्वच्छ जलवायु बढाउनु पर्छ अब ।।
मान्छेको आयु बढाउनु पर्छ अब ।।
जनचेतनाका कुराहरु पनि गरौन
प्रकृतिको दिर्घायु बढाउनु पर्छ अब ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
05-Raju Poudel
जिनदगिको माला भरि तिमि लाइ नै उनछु भनछे ।
तिमि मदन जस्तै बन म मुना हुनछु भनछे ।
माया मोह बढे पछि एस्तै पो हुनछ क्यारे ।
आफ्नै धडकन धडकिदा नि तिम्रै नाम सुनछु भनछे ।
राजु पौडेल ,
रूद्रपुर हरैया रूपनदेहि
18 July at 18:00

06-Ram Chandra Basyal .
घोंचेर गयौ मुटुमा भाला, नमारी पियारी!!
टेकेर गयौ पानीमा पाईला,नपारी पियारी!!
सक्दिन बस्न तड्पेर अब, दिन रात रोएर!
मुटुको गाँठो आँशुको भेल,नझारी पियारी!!
*****बिखर्चीराम*****
चितवन माडी, हाल दुबई
18 July at 18:32

07-जि.एम. दिपु दिपेन देपेन्द्र ¥¥¥¥मुक्तक¥¥¥¥
सुनाऊदिन अरुलाई, कुरो गोप्य छ..||
कुरा काट्नेहरुलाई, कुरो गोप्य छ..||
कानमै पुगी खुसुक्क, भन्ने मन छ मेरो ¥
मेरी प्रिया सरुलाई, कुरो गोप्य छ..||
G.M. दिपु देपेन्द्र
खोलागाँऊ-5 सर्केना, रुकुम
हाल:- डोटी, दिपायल
18 July at 18:37

08-Hastabir Biyogi 'सिम्ली 7 आमडाँडा रुकुम' हाल प्रदेशवाट.....
हस्तबिर बिसी बियोगी~^^मुक्तक^^~
म हारे त तिमिलाई,जिताएर हारे/
सधैं भरि तिम्रो भलो,चिताएर हारे/
सक्थे होला मैले पनि मौकामा चौका हान्न/
तिम्रै निम्ती सारा जिवन,बिताएर हारे//
18 July at 19:26

09-Prabal Thami
छातिमा उनकै तस्बिर छ।
बिर्सनै नसक्ने तक्दिर छ।
म सधैँ छेउछाउ हुन्छु,
बिचमा उनि बस्ने मन्दिर छ।
प्रबल थामी,दोलखा3राम्पा
18 July at 19:46

10-Jaya Bhabuk ***मुक्तक***
नदेखेरै मायॉ बस्यो कस्तो अचम्म!
फोनबाटै मन फस्यो कस्तो अचम्म!
निरन्तर कुरा भएर होला अचेल यहॉ,
अङ्गालोमा नै कस्यो कस्तो अचम्म!
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,
18 July at 20:42

11-Rai Munkmen Ramesh मुक्तक
इमानको बस्तिमा तिम्रो हेरा-फेर टिक्दैन
तेस्तै हात्ती भएको जंगलमा सेर टिक्दैन
टल्किन्छ केहि पल थाहा होला हजुरलाइ
तर आलो गोबरमा असिना धेरै बेर टिक्दैन
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद..
18 July at 20:53

12-रबि बिरही रावत एक मुक्तक
खुल्ला आकाशमा बाचि रहेछु
मायाको सुवासमा बाचि रहेछु
मेरी प्रिया यति माया गर्छन रत
उन्कै बाहुपासमा बाचि रहेछु
18 July at 20:54

13-Shankar Sharma Khatiwada
अबत प्रिय भुली दिय हुन्छ |
कमल झै फुल फुली दिय हुन्छ |
सकिन्छ भने माय लाई जोख्न,,
तराजु माया तौली डुली दिय हुन्छ _______________
शँकर शर्मा खतिवडा दोदोधरा 7 कैलाली
18 July at 21:00

14-वियोगी प्रेम ************ मुक्तक *************
यौटै थियो यात्रा तर , पर्खेनौ निष्ठुरी ...
दोबाटोमा एक्लै छाडी , फर्केनौ निष्ठुरी ||
मेरो आशु तिम्रो हासो , बनाएर गयौ ...
विरहमा मुटु जल्दा , सम्झेनौ निष्ठुरी ||
शिवनगर ५ चितवन नेपाल हाल सात समुन्द्र पारीको देश दोहा कतार बाट
18 July at 21:03

15-तिलक निष्कर्ष
तिम्रो याद न आय पनि साच्चै कस्तो हुन्थियो
यादले आँखा नरुझाए किन यस्तो हुन्थियो
अविरल अश्रुधारा अनि सम्झना नभय त ,
साच्चै यो जिन्दगानी आज भने जस्तो हुन्थियो
रत्ननगर ७ चितवन
18 July at 21:04

गीत>अरु यादहरु आउछन जान्छन ,तिम्रा यादहरु आउछन रुवाउछन,
आँसु संगै ति याद बगाउन खोज्छु, बाढी बनेर आउछन डुबाउछन ..........अमृत रेग्मीको शब्द ,अर्जुन पोखरेलको संगीतमा,सगुन एल्बम बाट सरोज कोइराको आवाजमा........

16-तपाईकैभाई छोरोसाथी एसपि माथवर सर्जक तपाई कै भाई छोरो साथी एस पि माथवर
दाङ देउखुरि हाल दोहा कतार
डर छ घर खेतबारि साहुले खान्छ कि !
भा को एउटा प्रियसि नि अन्तै जान्छ कि !
भौतारिय प्रदेश सुखि जीबनलाई ,
सय कडा दुई रिण पाचैँ लान्छ कि !
18 July at 21:07

17-Surya Chemjong ..........
पासपोर्ट जति सबै उता श्रममा छन्
कैयौं यूवा अरबमा जाने क्रममा छन्
घर बारी धितो राखी परदेशमा ऊता,
पैसै पैसा कमाईन्छ भन्ने भ्रममा छन्
18 July at 21:52

18-श्रीकान्त कहेराज
देश बनाउछु भन्ने हरु आफु मात्र बने
संबिधान सभा निर्बाचन बहिस्कार भने
जनता जहाको तही तर हेर नेता हरु ,
आफु महलमा बसे अनि धन दौलत गने
कृष्ण मन्दिर चोक
18 July at 21:53

19-बाल कृष्ण भट्टराई
तिम्रो बाउँ को छुन्न म मेरै बाउँको पिउँछु !
धोका दियौ निष्ठुरी तिम्रै नाउँको पिउँछु !!
तिमि परेउ शहरकी हुस्की बीएर तान्नु,
म त गाउँको गोठालो मेरै गाउँको पिउँछु !!
बालकृष्ण भट्टराई,
पिडीखोला,नौ,स्याङ्जा,
हाल,दुबै।।
18 July at 21:55

20-नबराज भुजेल मुक्तक
धेरै भयो सपनीमा तिमी किन आएनौ ।।
मनको सुन्दर फूलबारीमा तिमी छाएनौ ।।
मुटु नै झिकी समिप राखी दिदा पनि ।।
मेरो निश्ल्चल चोखो पबित्र माया पाएनौ ।
नबराज भुजेल
सासापुर ३, सर्लाही
हाल दोहा कतार
19 July at 01:12

21-Dev Birahi
ढुकढुकी मा अन्तीम सास हुनेछ!
बचॉउछन् कीभन्ने ठुलो आस हुनेछ!!
जुनदीनदेखी सझीन्छ डोली तीम्रो''
त्यो दीनमेरो घरमा मलामी कोबास हुनेछ!
देब बीरही :दाङ तुलसीपुर
हाल: मलेसीया जोहोर
19 July at 07:23

22-Tek Bibash RC मुक्तक
जव म एक्लो ठान्छु आफुलाई,
आफैमा पागल म मान्छु आफुलाई
जव एकान्त अनि सुनसान हुँदै जान्छ,
शव्दको डोरिले म वान्छु आफुलाई ।
टेक विवश आर सि
खलंगा ८ रुकुम
19 July at 14:01

23-Saroj Chaulagai मुक्तक
चाँहेपनि तिमीलाई मैले, भुलाउन सकीन ।
तिम्रोसामु कहिल्यै मुँख, खुलाउन सकीन ।
छट्पट्टी नै छट्पट्टीमा, वित्यो सारारात,
शान्तपारी आफैलाइ नै, सुलाउन सकीन ।
सरोज चौलागाई
ईश्वरपुर–३, वयलबास, सर्लाही
19 July at 19:31

24-Jyoti Khatiwada Anischit
आँखाबाट पोखिन्छन् याहाँ भावनाका भेलहरु
जीवनसँग खेलिन्छ याहाँ जवानीका खेलहरु
सोझो भई संसारमा जीउन गाह्रो रैछ
निर्दोषीलाई लाईन्छ याहाँ हत्कडी र नेलहरु ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा
त्रिचन्द्र क्याम्पस ।
20 July at 08:14

25-Govinda Bhusal
सक्छौ भने भाग्य पढेर हेर
पाउनेछौ वास्तविकता डुबेर हेर
नखोज त्यो बाचा चोखोमायामा
माया गर्ने मुटुलाई चिरेर हेर
20 July at 22:00

26-कान्छीबजार स्याङजा
तिमी आउदा मेरो बाटो कुर्नु है ।।
याद उपहार पठाउछु खाडलमा नपुर्नु है ।।
तिमी भन्दा अघी म मरे भने तिम्ले ।।
मेरो लास सगै सतीमा नदुगुर्नु है
अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा
22 July at 21:31

27-Shanti Adhikari मुक्तक
माया गर्छु किन भन्नु मनमा स्वार्थ राखी ।
पर्दैन भो दिन गन्नु मनमा स्वार्थ राखी ।।
पहिले नै भनेकी हुँ विश्वास छैन मलाई ।
किन फेरी नजिक बन्नु मनमा स्वार्थ राखी ।।
शान्ति अधिकारी
कोहलपुर बाके
23 July at 15:06

28-सनम गोले
साथ दिनु तिमी मलाई एक्लै म परेभने
जीन्दगीको पुल तर्दा कतै म झरेभने
भरोसा हुन्न जीवनको भोलि के के हुन्छ
लिनआउनु लास प्रिय कतैम मरेभने
सनम गोले
दामन मकवानपुर
हाल मलेशिया
24 July at 18:01
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger