Home » » मुक्तक मधुरिमा 2070-04-03 Listen and Download

मुक्तक मधुरिमा 2070-04-03 Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Thursday, July 25, 2013 | 10:10 AM

Muktak Madhurima
 मुक्तक मधुरिमा
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : 2070-04-03

 

आज 2070-04-03 विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen here
Download: click here

 २०७०-श्रावन ०३ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-Samir Poudel
मानवीय लोकतन्त्रमा राष्टियता हुनुपर्छ
द्वन्द र युद्धका घटना यथार्थता हुनुपर्छ
यिनै योद्धा ठुलै सग्राम जीति सके अब
नेपाली वीरतामा पनि मानवता हुनुपर्छ
समीर पौडेल 'विलासी' पाल्पा रामपुर केलादी
11 July at 13:44

02-Binod Adhikary
सोची हौली अन्त कतै साथ खोज्यो होला
बिर्सी मलाई अन्त कतै नाता जोड्यो होला
भेट्दा कतै दोबाटोमा नजर अन्तै पर्दा मैले
सोची हौली जिन्दगीको यात्रा कतै मोड्यो होला
11 July at 13:52

03-बराल सूर्यमणी
निर्माणाधिन छ जिन्दगी यो कस्ले पुरा गरिदिन्छ ?
आधा भएकाछन् सपनाहरु खै कस्ले पो भरिदिन्छ ?
म त गन्तब्यहीन बटुवा कहाँ पुग्ने हुँ थाहा छैन।
म सँग सँगै जिन्दगीको कस्ले खोला तरिदिन्छ?
11 July at 14:21

04-श्रीकान्त कहेराज़
नेपालि हो आफ्नो भूमिको माटो खोज्ने बेला भयो
हरायौ कि हामि आफै भित्र बाटो खोज्ने बेला भयो
नहिड चेली आफ्नै अस्तित्व नै संकट मा पर्ने गरि
पोखियला इज्जत अब लुगा फाटो खोज्ने बेला भयो
कृष्ण मन्दिर चोक
11 July at 14:22


05-सनम गोले
हुँदा आफ्नो ठान्ने गर्छ मान्छे किन ?
धनलाई नै मान्ने गर्छ मान्छे किन ?
जे कुरामा नि भेदभाव हुन्छ याहाँ
ईमानभन्दा पैसा छान्ने गर्छ मान्छे किन?
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया
11 July at 14:32


06-Rai Munkmen Ramesh मुक्तक
वचन फोस्रो हैन कञ्-चन हुनुपर्छ
आफ्नो खटनमा चल्ने जी-वन हुनुपर्छ
अरे पवित्र शरीर खोज्ने व्वासो हरु हो
बुझ्ने गर पवित्र शरीर हैन मन हुनुपर्छ
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद..
11 July at 16:43



07-Eak Bahadur Pulami मुक्तक,,,
तिम्ले गर्दा यस्तो भए कदापी भन्दिन म ।
जिउन सक्छु आसु पिइ चोटहरु गन्दिन म ।
क्षितिज पारी बिलिन भाछु तिम्रै कारण,
खुशीले बाच्नु अब कवाबमा हड्डी बन्दिन म ।
एक बहादुर पुलमी मगर,
मैदी-२, धादिङ्
हाल- बिरानो मुलुक,,,,
11 July at 16:57


08-Bishnu K Gautam
साधु थुनिन्छ खोरभित्र,निसाब कसरी भयो?
बलि पनि कहिँ धर्म कहिँ,पाप कसरि भयो?
कि त गलत नियत नै,हुनु पर्छ उसमा
हिजोको भिकारी आज,फलिफाप कसरी भयो?
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
11 July at 17:15

09-Mohan Bihani मुक्तक
****************
तिमी उता मस्किए पछी ढले
ब्यथा झन् चस्किए पछी ढले
शेयर बजार झै तिम्रो माया
अझ बढि खस्किए पछी ढले ।
copyright@मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-०३-२४ सोमबार
11 July at 17:50

10-Govinda Bhusal
जमाना अनुसार को फेसन गर्छु ट्यापे नभन !!
दु:खी मन भुलाउन मदिरा पिउछु झ्यापे नभन !!
जस्तो चल्ती चलायो,उस्तै चल्ने यो दुनियाँमा
मत सत्य बोल्छु हेर झुटो कुरा फ्यांके नभन !!
_________govindabhusal________
11 July at 19:58

11-Surya Chemjong ..........
न कहिले जाती हुन्छ माडीको ब्यथा यो
खलंगाको छातीमा छ बाढीको ब्यथा यो
सधैं पैसा पैसा भन्छौ कमाएकै देख्छौ !
तिमीलाई के थाहा र?खाडीको ब्यथा यो
11 July at 21:33

12-तिलक निष्कर्ष
कुन दोधारमा थियौ कुन्नि बोलिनौ रिसायर गयौ
पोल्छु भन्थियौ याद हरु , पोलिनौ रिसायर गयौ
तमासे झैँ हेरिरहे नगिचैमा बसी तिम्रो ,
आफ्नै नामको बंदी खाम खोलिनौ रिसायर गयौ
रत्ननगर ७
11 July at 21:34


13-Saroj Chaulagai मुक्तक
हाम्रो मायामा आँगो, दनदन बल्दा खेरी ।
अस्तित्व खरानी होला?, मायासवै जल्दा खेरी ।
मेरो मनमुटु भनथ्यौ, तिमीले सधैं मलाई,
तर किनआज चुपचाप, मुटुमै छुरा चल्दा खेरी ।
सरोज चौलागाई
ईश्वरपुर–३, बयलवास, सर्लाही
12 July at 00:36

14-बाल कृष्ण भट्टराई
बधाई दिन्छु तिम्लाई मैले,रोजे जस्तै बर मिलोस्।
तिम्रो हरेक खुशी मिल्ने,सुन्दर एुउटा घर मिलोस्।।
पाउनु मात्रा माया होइन,गुमाउनु नि माया भन्छन्,
झुपडीमै खुशि छु म,तिम्लाई सुन्दर शहर मिलोस्।।
बाल कृष्ण भट्टराई,
स्याङ्जा,
12 July at 01:00

गीत>बोलन केहि आजको दिन त, हुदैछौ भोलि बाट पराइको, फेरी भेट हाम्रो होला नहोला
पाउदैछौ अब साथ् पराइको ......जानकी पन्थको शब्द/संगीतमा जीत एल्बम बाट सत्यराज
आचार्यको आवाजमा .......

15-G.m. Ðïpü Dependra }{मुक्तक}{
चोर र साधु, उस्तै उस्तै हुन्छन..!!
वास्तविकता र जादु, उस्तै उस्तै हुन्छन..!!
कसरी भन्न सक्छौ, ऊ मेरो यार थियो भनी &
भिनाजु र दाजु, उस्तै उस्तै हुन्छन..!!
G.M. दिपु देपेन्द्र
खोलागाँऊ-5 सर्केना, रुकुम
हाल; डोटी-दिपायल
13 July at 07:34


16-Ashish Danai मुक्तक
---------------------------------
दारी फालेपछी राम्रो देखिन्छु रे,
कपाल काटेपछी राम्रो देखिन्छु रे
मेरि प्रिया सधै यस्तै भन्ने गर्छिन
म नुहाएपछी राम्रो देखिन्छु रे ।।।
-आशिष दनाई
२०७०-०३-२८
13 July at 14:02

17-Jaya Bhabuk ***मुक्तक***
सॉच्चै धेरैलाई हसाउँछ मायॉले!
नसोचेकालाई फसाउँछ मायॉले!
यसमा शक्ति कस्तो अचम्मको छ,
मन मुटु मिलाई कसाउँछ मायॉले!
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,
13 July at 14:17

18-Jyoti Khatiwada Anischit
देव्रे आँखा आज किन फर्फराइरहेछ?
आज किन घरतिरको याद आइरहेछ?
गाउँघरतिर कतै केही अप्रिय भयो कि?
घरको यादले साह्रै नै सताइरहेछ ।
ज्योति अनिश्चित
झापा , सुरुङ्गा पुल ।
14 July at 17:06

19-कौशल किरण
जुन दिन मेरो चोखो माया तिम्रो, काबिल हुनेछ।।
तिम्रो आँखामा त्यती बेला आँशु, टिलपिल हुनेछ।।
तिमी जस्तै म पनी सार्है स्वार्थी, बनिदिउँला प्रीय
आँखा चिम्ली "कौशल" चिर निन्द्रामा, सामिल हुनेछ।।
14 July at 18:23


20-Dev Birahi
अरु को दु:ख मा हास्ने तीमी!
खुशी सबै लुटेर नाच्ने तीमी!!
पराई मान्छे लाई अंगालेर''
मेरै बारेमा कुरा काट्ने तीमी!!
देेब:बीरही दाङ तुलसीपुर !
हाल: मलेसीया जोहोर..
15 July at 06:55

21-A Jeevan Shrestha मुक्तक..
पत्रपत्रिकाको हेड्लाइन केर्न मन लाग्छ
खबरभन्दा विज्ञापन हेर्न मन लाग्छ
राजनैतिक बैठकको समाचार आए
जति सक्दो छिटो च्यानल फेर्न मन लाग्छ
जिवन श्रेष्ठ
गोरखा ।
15 July at 06:19



22-Tulsiram Samarpan <<मुक्तक>>-
रङगिन थिए सपनाहरु खरानि बनायो /
शहर पस्यो र एउटा राहदानि बनायो/
न खान पुग्यो न लागाऊन पुग्यो/
नियतिले बालकमै मुग्लानी बनायो//
तुल्सीराम ओलि समर्पण'सिम्ली 7 आमडाडाँ रुकुम हाल प्रदेशबाट
16 july at 21:57

23-Hastabir Biyogi <<<<मुक्तक>>>>
भुमरिमा कतै म,हराईरहेछु/
आफु संग आफै म,डराईरहेछु/
रुदाँ रुदाँ आँशु यसै,रित्तिन्छ रे भन्छन/
आँखा भरि आँशु अझै,भराईरहेछु//
हस्तबिर बिसी बियोगी' 'सिम्ली 7 आमडाँडा रुकुम' हाल प्रदेशवाट
17 july at 06:55

24-Kamal Tag Dhakal
साउनको झरि जस्तै छौ !
साँच्चै तिमि परि जस्तै छौ!
मजाक नसम्झ बास्तविकता नै हो!
सानी सानी नानि चरि जस्तै छौ।
Kamal Dhakal Kathmandu
17 july at 13:00

25-Kamala Paudel Kamala paudel
chitwan bakulahar
गूराँस जस्तै कालि तिमि फक्रिएकि छौ।
मेरो दिलको झ्याल खानामा पक्रिएकि छौ।
जन्म कैद भइसक्यो फूस्किन त गारो छ नि।।
त्यसैले त बिहे गर्न टक्रिएकि छौ ।
17 july at 13:00


26-Bibek Dulal मुक्तक
मेरो माया तिमीलाई बिरुवा झैँ सारी दिउला
सुख्खा भए नि तिम्रो दिल मलिलो पारी दिउला
तर म मान्छे नै हु ,भगवान किमार्थ होइन ..!
मान्छेकै साझा रहर तिमीसितै नारि दिउला .
अस्तु :
@विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल : अबुधाबी ,यु ए इ .
17 july at 19:00

27-Prabal Thami
जुन राम्रो अनि तारा राम्रो।
भुलाउने सँसार उनको ईसारा राम्रो।
आफ्नो भन्ने उनिबाटै धोका खाएपछि,
कसरी भनुँ,जुनलाई ताराको साहारा राम्रो।
प्रबल थामि दोलखा.3राम्पा
17 july at 21:00
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger