Home » » मुक्तक मधुरिमा(2013-07-04/2070-03-20) Listen and download

मुक्तक मधुरिमा(2013-07-04/2070-03-20) Listen and download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, July 7, 2013 | 12:24 AM

Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz


Time : Turusday 9.15pm
Host : Ramu Acharya


Date- (2013-07-04/2070-03-20)


 

आज मिति 2070-03-20/2013-07-04 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । 

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ। तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen Here
      
Download From Here

**********************************
२०७०-असार २० गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-Jaya Bhabuk
पानी धारा बनेपछि कुवा हराउदैछन!
मेसिनहरू बनेपछि फरूवा हराउदैछन!
किसानिहरू मा नि विकास भएपछि,
पर्चलनका हलो जुवा हराउदैछन!
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर******
27 June at 14:48

02-कौशल किरण
मायामा दुरी बढेर के भो।।
मनमा हुरी चढेर के भो।।
माया त माया नै हो आखीर
मुटु मा छुरी गडेर के भो।।
27 June at 14:49

03-Mohan Bihani मेरो जीवनको
******************************
योजना अनेकौ छ जीवनमा आयोजक को होला?
सन्तुलन मिलाएर चलाउने साम्योजक को होला?
एनकेन प्रकारेण चली'राछ अघोसित कार्यक्रम ,
सोधौ म कस्लाई सोधौ खै प्रायोजक को होला?
copy right @ मोहन बिहानी
भक्तिपुर-७ सर्लाही
27 June at 15:20 ·

04-केशब निश्चल के.सि.
प्रयास मा छु जिन्दगि एक्लै जिउन म,
आफै घोलि बिष आफै पिउन म।,,
निश्चल ,निर्मलथियो प्रेम मेरो,
झुत्रा-झुत्रा पारिदियौ सक्दिन सिउन म।।
27 June at 15:46

05-Bhim Bahadur Phadera
उसको मुटु संग टकराप रहेछ
तेसैले धड्कन खराब रहेछ
पिउदा भन्दा निदाउदा उ झन् करायो
सायद सपनामापनि कसैको अभाब रहेछ
बि पी अपरिचित
सर्किदेउ -१ रिप हुम्ला
हाल कोहलपुर बाँके
27 June at 15:59

06-Rai Munkmen Ramesh मुक्तक
चोर लाइ खजना यसरि बेरी लगाउन नसिकाउनुस
सामान झोलामा अन्धालाइ हेरि लगाउन नसिकाउनुस
हेर्नुस त यसरि बेकार समय बर्बाद गरि थाह् छ
भयो भयो जोगी लाइ फेरि लगाउन नसिकाउनुस
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद ..
27 June at 16:54

07-Lb Sagar
घाम अस्ताएर जुन उदाए पछि आउनु।
ताराहरुले आकाश सजाए पछि आउनु ।।
अझै केहीपल ति यादहरु बेकी बँस्नु ?
बिघ्नै यादहरुले सताए पछि आउनु ।।
27 June at 17:15

08-Pawan Subedi पवन सुबेदी (पृथक)
कावासोती,28 बिगाहा
न.प.
लाखौ तारा तर जुनको यादले सताउछ,
सँगै हुदा बज्ने धुनको यादले सताउछ,
छट्पटिन्छ यो मन मेरो पोल्छ छाती घरिघरि,
सुनसान यो रातमा उनको यादले सताउछ...
27 June at 17:38


09-जि.एम. दिपु दिपेन देपेन्द्र >>मुत्तक<<
तिमीलाई खाने बाघले, मलाई पनि खाला..//
तिमीलाई लाने कालले, मलाई पनि लाला..//
कतिञ्जेललाई भागी हिड्छ्यौ, मायाको यो दुनियाबाट ¥
माया गरौ एक अर्कालाई, गए ज्यानै जाला..//
G.M. दिपु देपेन्द्र, खोलागाऊ-5 रुकुम
27 June at 18:41

10-Surya Chemjong .........
मेरो सपनीमा तिमी आयौ अनि लग्यौ
उधारोमा दिल फिर्ता गर्छु भनि लग्यौ
कसो गरी अब मैले बाँच्ने होला खोई!
बँचेको एउटा थियो ! याद पनि लग्यौ
27 June at 22:34

<गीत>
जसलाई मैले चाहेको थिय उसले मलाइ नाचाहेसी ,किन लाउनु ब्यर्थ माया मनले रोज्या नपायसि .....
पबी सुबेदी र चन्द्र प्रसाद सिभाकोटी को शब्द ,सहदेव कोइरालाको संगीतमा स्मृति शाही को आवाजमा......

11-Bibek Dulal मुक्तक -
जिन्दगीका पानाहरूमा तिम्रो नाम लेख्न मन लाग्छ
बिपतिका हुरी बतासबाट तिमीलाई छेक्न मन लाग्छ
म भन्छु झुट हैन ,मैले तिमिलाई अर्थ्याएको सबै कुरा
कसम् शब्द र अक्षरमा पनि तिमीलाई देख्न मन लाग्छ .
अस्तु :
@विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी ,यू ए इ
28 June at 11:16

12-Saroj Chaulagai ^^^^^^^^^^^^^^^^^^^^^^^
-----------~*`मुक्तक~*`-----------
^^^^^^^^^^^^^^^^^^^^^^^
जन्मिए पछि हामिले केहि, गरेर जानुपर्छ ।
आफ्नोनाम सबैको दिलमा, भरेर जानुपर्छ ।
समय रहँदै आटेकोकाम, गरिहालौ साथीहरु,
नत्र सितैमा यो शंशार बाट, मरेर जानुपर्छ ।
^^^^^^^^^^^^^^^^^^^^^^^
सरोज चौलागाई
ईश्वरपुर–३, बयलवास सर्लाही
^^^^^^^^^^^^^^^^^^^^^^^
28 June at 22:42

13-Bhanu Bhakta Khatiwada
अंगालोमा हुन्न माया ओठमा हुन्न माया
न शरिर न शारिरीक बनोटमा हुन्न माया ।
धरातलमा हुन्छ माया आदर्शले हुन्न माया
मिलनमा होला बरु विछोडमा हुन्न माया ।
भानुभक्त खतिवडा सुरुङ्गा 2 झापा नेपाल ।
29 June at 05:57

14-सनम गोले धेरै पछि एउटा मुक्तक
मत भएँ धर्तिको धुलो तिमी मन्दिरको गजुरभो ।
हेलामा बाँचीरहेछु मत तिमी दुनियाको हजुरभो।
निस्ठुरीलाई आफ्नो सम्झी सारा जीवन सुम्पिएँ
समयसंग चल्न नसक्नु मेरो अत्यन्त ठुलो कसुरभो।
-सनम गोले दामन मकावनपुर हाल मलेशिया
30 June at 12:11


15-Nischal Reus Niraula
मान्छे कमाउन सकियो न पैसा कमाउन सकियो।
न यो जिन्दगी राम्ररी चलाउन सकियो।।
सँधै सँधै कति पीडा छ यो जिन्दगीमा ।
न सबै बिर्सेर कुनै दिन मुस्कुराउन सकियो ।।
01 july at 10:16

16-A Jeevan Shrestha मुक्तक..
वैँशालु आँखामा तिम्रो माग हुनुपर्छ
हर दिलमा तिम्रै लागि भाग हुनुपर्छ
मुहारमा क्रिम पाउडर व्यर्थै नलगाऊ
श्रृङ्गार गर्न पनि त दाग हुनुपर्छ
जिवन श्रेष्ठ
गोरखा ।
· 02 july at 21:08

17-श्रीकान्त कहेराज़
बोकेर हिड्न पाउँ एक मुठी, माटो नेपालको,
स्वादिस्ट छ सधै गुन्द्रुक अनि आटो नेपालको,
प्रकृतिको मनोरम छटा अबलोकन गर्दै ,
हिडेर कहिलेइ नथाक्ने यो बाटो नेपालको ......
कृष्णमन्दिर चोक ,टिकौली ,चितवन

18-तिलक निस्कर्ष
टाढा गैसके तिम्रो शहरमा नखोज प्रिया
छैन तिम्रो मनमा अब रहरमा नखोज प्रिया
जब तिम्रो छेउमा थिय महत्वहीन ठान्यौ
आज मेरो अभाबभो हावाको लहरमा नखोज प्रिया
रत्ननगर ७ चितवन

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
http://meromankosathi.blogspot.com/
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
बिक्रम अर्पण मगर ,पांचथर
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger