Home » » कसैले अनाडी देखे मलाई

कसैले अनाडी देखे मलाई

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, June 11, 2013 | 11:34 PM



गजल
 
कसैले अनाडी देखे मलाई ,
कसैले गफाडी देखे मलाई ।

चौडा छाती कसिलो शरिर
कसैले खेलाडी देखे मलाई ।

मधेशमा जन्मे हुर्के तापनि
कसैले पहाडी देखे मलाई।

जुवाको खालमा नबस्ता नि
कसैले जुवाडी देखे मलाई ।

बेरोजगारी भएर हो कि,
कसैले कवाडी देखे मलाई ।

मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger