Home » » मुक्तक मधुरिमा (2070-02-16/30-05-13) Download

मुक्तक मधुरिमा (2070-02-16/30-05-13) Download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, June 2, 2013 | 3:54 AM

Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2070-02-16/30-05-13)

 
आज मिति 2070 जेष्ठ 16 गते तदनुसार 30-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
  
Listen HERE


Download: Click HERE to Download

------------------------------------------------------------------------------------------------------------
२०७०-०२-१६ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................
01-Bishnu K Gautam 
मेरो कहालि लाग्दो अतित छ यो शहररमा
जसो तसो जिबन ब्यतित छ यो शहररमा
यहाँ शरिर इज्जत हरचिज किनबेच हुँदा
मान्छे मान्छेबाट नै भएबित छ यो शहररमा
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
Like · Reply · 23 May at 18:16 via mobile
Ashish Danai listen and download muktak madhurima
www.muktakmadhurima.tk


02-Devilal Khanal
यहाँ गरिबलाई हतियार बनाईयो /
सोझा साझालाई अख्तियार बनाईयो/
किसान ज्यामि किन बनाईएन हजुर,
तर सुब्बा नायब र खरिदार बनाईयो/
देबिलाल खनाल
बारला 1 अछाम
हाल मुम्बै भारत



03-Khadga G Magar
सत्य कुरा, रिन लागेर, निक्लेको मांछे म!
त्यसै माथि, दिन लागेर, निक्लेको मांछे म!!
जागिर खान, भ्रष्ट नेताको,पाऊ मल्नै पर्ने
त्यो कुसंस्कार, घिन लागेर, निक्लेको मांछे म!!
खड्ग G मगर
उरहरि 2 दांग
frm qatar



04-



05-Anil Acharya
मान्छे मान्छेमा भगवान मरिसक्यो
केहि छैन नयाँ यहाँ बिज्ञान मरिसक्यो
हेर त बिचित्र छ सँसार अनौठा छन मानव
जुर्मुराए कातरहरु बलबान मरिसक्यो
अनिल आचार्य
सम्पादक नब मोफसल साप्ताहिक बुटवल।




06-Surya Chemjong
गरि रा'छ हर दिन साँझ छिमेकीले
मेरो घर चौका भीत्र राज छिमेकीले
हिजो मैले जन्मिएर हुर्किएको पाखा
आफ्नो भनि दावा गर्छ आज छिमेकीले



07-Bhim Bahadur Phadera
एक दिन मेरो आफ्नै सरकार बनाउछु
मन परेको संबिधान लेख्ने सदाचार बनाउछु
जान्ने पद्नेछन नजान्ने मर्ने छन्
कलमको टुप्पो संगै तरबार बनाउछु
-bhim bahadur phadera (bp अपरिचित)



08-Puran Shahi
दु:खमा रुनेहरु सुखमा हासो गन्छन किन ॥
झुटो माया लाऊनेहरु पछि रुने बन्छन किन ॥
बास्तबमा सांचो माया गर्दा गर्दौ पनि सानु
म माथि बिस्वास घात गरेऊ भन्छन किन॥
पुरन साहि टिटिहिरिया आठ
मिलन चोक
हाल गुजरात राजकोट बाट




09-Bk Khagendra Nepali
गाउघर जस्तो विदेशी घर हुदैन
त्यसैले त यहा कसैको भर हुदैन
गरिबीले गर्दा नै वसेछु यस मरुभुमीमा
नत्र बिदेशिन कसैलाइ रहर हुदैन
-खगेन्द्र विक
लेखफर्सा ७ सुर्खेत
हाल भावनगर गुजरात भारत
Like · Reply · 2 · 23 May at 22:05 via mobile


10-Rai Munkmen Ramesh मुक्तक
जब त्यहा दिन ढलिरहेको हुने छ
मनमा अधिक कुरा पलिरहेको हुने छ
सोहि बखतमा मेरो याद आए घडी हेर्नु
मन रुपा"रमेश"तेहि चलिरहेको हुने छ
-राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद..




11-Jaya Bhabuk
मँ भन्छु पानी हो जिन्दगी।।
आॅखाको नानी हो जिन्दगी।।
सुकर्म गर्नु अगाडि बढ्नु...
असल बानी हो जिन्दगी।।
जयराम वि. क. {जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेशिया जोहोर,,,,



12-Red Lion
तिम्रै मुहार हेरिरहने यी आंखाका नानी
दियौ चोट त्यही नानीमा बग्यो आज पानी
चर्क्यो मुटु दुख्यो छाती बाच्न पनि गार्हो भयो
खै कसरी घाईते पार्यौ बिछोडको तिर हानी
अर्पण छेत्री
दमक, झापा
हाल- जोहोरबारू मलेसीया


13-A Jeevan Shrestha
शरणार्थी हुँ दिलमा शरण देऊ मलाई
स्वीकार छ जिवन या मरण देऊ मलाई
तिम्रो लागि मर्न सक्ने कोही भेटेको छौ भने
म बाहेक यौटै उदा-हरण देऊ मलाई
जिवन श्रेष्ठ
गोरखा ।

गीत >आउछु भन्यौ सपनीमा तिम्रै बाटो कुरिरहे .........सारथि एल्बम बाट अञ्जना गुरुङ को आवाजमा


14-Rai Kumar
लाग्छ कोही जहरले बस्छन याहा
अनी कोही रहरले बस्छन याहा
हेर्दा फरकफरक देखिए पनि आखिर
सबै जना कहरले बस्छन याहा
सौकुमार राई कुमार
साउदी रियध


15-Bikalpa Babu 
असहमति मेरो भाग्यका धर्काहरुसँग
बितिरहेछ जिबन चुरोटका सर्काहरुसँग
म आफ्नै हरु सँग आजित भएको बेला
तिमी कसरी बाची रहेछौ अर्काहरुसँग
-bikalpa babu
gitanagar-1,chitwan


16-कान्छीबजार स्याङजा
फोनमा त कालु भनी बोलाउछिन उनी ।।
मन छुने मिठा म्यासेज पठाउछिन उनी ।।
स्वरकी खानी छिन मेरी मनकी रानी ।।
हजारौँमा मलाई नै मन पराउछिन उनी ।।
अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा



17-G.m. Ðïpü Dependra ♥♥ मुत्तक ♥♥
अल्झिएर कोही, क्यानभासमा मेरो..//
दुख्छ मुटु अचेल, हरशासमा मेरो..//
रित्तो रित्तो छु म, सबै खाली छ ¥
कुनै ऊर्जा छैन, बाहुपासमा मेरो..//
G.M. दिपु देपेन्द्र, रुकुम
हाल:- डोटी-दिपायल



18-Rakshe Deep Milan
घर रोईरा'को हेर, खुशि खोज्नेहरु!
सोँच मात्र एक फेर, खुशि खोज्नेहरु!!
तिमि सँधै सिँगार्दछौ घर पराईको,
आफ्नो गर थोर धेर, खुशि खोज्नेहरु!!
दीप मिलन
रुद्रपुर-०२ रुपन्देही
हाल दोहा कतार


19-साहित्यप्रेमी कपिल लामिछाने
चर्दैछ बैश गर्छ! धेरै चुरिफुरि किन ??
आउछ कि लाग्छ! ठुलै हावाहुरि किन ??_________________
जवानिको मुना पलाए जस्तो लाग्यो,,
चञ्चल यो मन! जान्छ उडिउडि किन ??
@साहित्यप्रेमी कपिल लामिछाने नेपाल संस्कृत बिश्वबिद्यालय बेलझुण्डी दाङ
@हाल दोहा कतार बाट..!!!




20-Mohan Bihani
सिउँदो छ खाली म भर्न सक्दिन,
जीवनमा खुशि म छर्न सक्दिन ।
कसरी भन्नु तिमीलाई मैले...?
तिमीलाई माया म गर्न सक्दिन।



21-सनम गोले
बुद्धका दुई आँखाबाट आँसु झार्न नदेउ
अहिंसाको मार्गरोजी कसैलाई मार्न नदेउ
भगवानबुद्ध नेपालमा जन्मिएका हुनभने
लुम्विनीलाई कद्दापी भारतमा सार्न नदेउ
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

22-श्रीकान्त कहेराज़ ,कृष्णमन्दिर चोक
सय गोडा तर एउटा चाल हुनुपर्छ
दुखि होइन सबै खुसि ताल हुनुपर्छ
विश्वको जुन कुनै कुनामा पुगियला
तर मनमा जय जय नेपाल हुनुपर्छ

23-तिलक निष्कर्ष, रत्ननगर ७ चितवन
जहा हुनेछु तिमीलाई, रोजी रहेको हुनेछु
जिबन काट्न मात्र तिमि खोजि रहेको हुनेछु
घाम उदाउदा,घाम अस्ताउदा अनि अरु बेला,
बस म तिम्रो बारेमा नै सोची रहेको हुनेछु

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://newschisapani.blogspot.com/
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE


Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger