Home » » मुक्तक मधुरिमा, 2070-02-23/06-06-2013 Listen & Download

मुक्तक मधुरिमा, 2070-02-23/06-06-2013 Listen & Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, June 10, 2013 | 2:38 AM

Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date-2070-02-23/06-06-2013

 आज मिति 2070-02-09 गते तदनुसार 23-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । 
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
 Listen HERE
Download From click HERE
207-02-23 गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................
01-Kabi Limbu 
आफु जलि अरूलाई जलाउछन यहाँ
आफु हाँसी अरूलाई सताउछन यहाँ
पराईको त के कुरा भो र कुरै नगरौ ?
आफ्नाले नै आफै मोल मलाउछन यहाँ
कवि लिम्वू ( साहित्य अनुरागी )
थर्पू -५ ,पाँचथर
हाल : जापान

02-Sujan Pyakurel
]डाडा काटीजानेलाई के नै गर्न सकिन्छर
माया साटिजानेलाई के नै गर्न सकिन्छर
आउछु भन्यौ जिन्दगीमा आशा बोकी पर्खिरहे
तर ढाटिजानेलाई के नै गर्न सकिन्छर


03-Raju Poudel
आज फेरि नेपालमा चक्का जाम र बनद भयो ।
कठै बरा गरिबको श्वाश प्रश्वाश नै मनद भयो ।
गरिबि लाइ जरै बाट उन्मुलन गर्छु भन्ने हरु ।
खै त आज गरिब लाइ कहा कस्तो प्रवनध भयो ।
राजु पौडेल,
रूद्रपुर हरैया,
रूपनदेहि

04-Aindra Bikram Nisthuri
खुसी सारा हराएर खोजिरहेछु म
पिडा ब्याथा आँसु संग सोधिरहेछु म
बिबस्थाका दासी बने हर मेरा कदमहरु
दुख संग अटुट नाता जोडिरहेछु म
-आइन्द्र बिक्रम निष्ठुरी
अ मर पुर [दुई]
पांचथर हाल दोहा कतार

05-Lb Sagar
हिजो आज मात्र तस्बीर सँग बोल्छु ।
र्गदै बाहीर भित्र मनको भाब खोल्छु
न त बोल्छ ,न हॉस्छ सुने जस्तो र्गछ र पो ,
छोडी काम अलपत्र मनको माया घोल्छु ।।
एल .बी.सागर
phulwari kailali
(परिमार्जित गरियको- मुक्तक मधुरिमा)


06-Prakash Syangbo मुक्तक
सुन्दैछु तिनीहरू लेख्दैछन् रे ,,
इतिहास बदल्छाै भन्दैछन रे ।
मलाई त बिस्वास छैन कति पनि
यसैपालि नयाँ संबिधान बन्दैछन रे ,,
प्रकाश स्याङ्बाे
सलकपुर ३ इ‌लाम
हाल मित्रता चाहना ग्रुप
बहराइन


07-Surya Chemjong
पैसाले को आफ्नो अर्को गन्दो रहेन छ
सबै भन्दा ठूलो मायाँ भन्दो रहेन छ
आफ्नै छायाँ आफुबाट भाग्दा चाल पाएँ
त्यत्तिकै त गीत गजल बन्दो रहेन छ



08-Anuragi Binod Gaire
मसगैँ जुनी काट्नेले रुवायो॥
प्रेमको डोरी बाट्नेले रुवायो॥
अबिरल माया भुलेर चटक्कै,,
पैसामा प्यार साट्नेले रुवायो॥
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा


09-Bishnu K Gautam
मेट्दा पनि नमेटिने,चित्र जिन्दगिको
को पस्न सक्याछ र,भित्र जिन्दगिको
पिडा चोट कसलाइ पो,पर्दैन र हजुर
गुमाउनु पर्दा आफ्नै,मित्र जिन्दगिको
बिष्णु गौतम
मल्म-4,बाग्लुङ


10-Rai Munkmen Ramesh मुक्तक
ढोगी ढुंगालाइ चढाएको भेटी मन परेन
अनि आफू भन्दा जेठी केटी मन परेन
मिल्यो एक शहर तिरको रुप+वति तर
सारी माथि लगाएको पेटी मन परेन
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद...


11-Nepali Thito Mohan
म'र मन्जुमा लौ फरक देखाउत।
सिता र सन्जुमा लौ फरक देखाउत।।
तल्लो जातको ल्यायो'रे उपाध्यले।
उ र अन्जुमा लौ फरक देखाउत।।
मोहन नेपाली
बुटळल
(परिमार्जित गरियको- मुक्तक मधुरिमा)

12-Bibek Dulal एक मुक्तक -
ढुंगा त्यो दाता कहिल्यै हुन सक्तैन
पातले छाता कहिल्यै हुन सक्तैन
मुन्टो नमोड्नु म तिम्रो सामु परे प्रिये ..!
घिर्णाले नाता कहिल्यै हुन सक्तैन.
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी , यू ए इ .
(परिमार्जित गरियको- मुक्तक मधुरिमा)


13-G.m. Ðïpü Dependra
जनतालाई काटमार, बनाऊछु भनेर..//
खुराफाती सरकार, बनाऊछु भनेर..//
हिड्दै थियो एऊटा नेता, सिंहदरबार पछिपछी ¥
त्यो मंसिरलाई अर्क्रो असार, बनाऊछु भनेर..//
G.M. दिपु देपेन्द्र, रुकुम
हाल :- डोटी-दिपायल


14-Mohan Bihani मुक्तक
***************
स्वार्थी छ दुनियाँ भर कस्को पर्नु,
जङ्घार छ गहिरो को सङ्ग तर्नु।
गरेको मायामा धोका पाए पछी,
तिमीलाई चै बिश्वास कसरी गर्नु।
copyright@मोहन बिहानी
भक्तिपुर सात
सर्लाही


15-Puran Shahi
सधै मायालु संग मनका कुरा बोल्न मन लाग्छ॥
माया अनि प्रितिका कुराहरु खोल्न मन लाग्छ॥
सधै तिमि म संग नजिक हुने भए ॥
हाम्रो माया एक बनाइ घोल्न मन लाग्छ ॥
पुरन साहि टिटिहिरिया आठ
लुन्द्वि मिलन चोक
हाल गुजरात राजकोट बाट
(परिमार्जित गरियको- मुक्तक मधुरिमा)


16-Sanam Duwadi
भोकमरिले मान्छे मोर्दा दुधै-दुधले नुवाउँछ भगवान:
कठपुतलि बनाएर मान्छेलाई पालै पिछे रुवाउँछ भगवान :
ढुङ्गा बस्ने घर बनाएर पैसा प्रसाद धेरै चढायौँ:
पुग्यो अब नमाग् तिमिले गरिब अनाथलाई दिन सुवाउँछ भगवानः
(sanam duwadi Ratnanagar-13 jayamangala)


17-Arpan Bikram Mgr
मनमा सम्झना हरपल उही भएर बाँच्न सकूँ
छोड्यौ,एक्लै एकान्तमा त्यहि भएर बाँच्न सकूँ
मेरो सधैँ एउटै प्रार्थना रहनेछ,भगवान,
मेटाई देऊ,उस्को याद म सहि भएर बाँच्न सकूँ
@बिक्रम अर्पण
पांचथर हाल.मलेशिया


18-Bk Khagendra Nepali
आज फेरी किन किन घरको याद आयो
चुहिने छानो थियो त्यो खरको याद आयो
उकालीमा हिड्दा हिड्दै थाके पछि
थकाइ मार्ने पिपलु र बरको याद आयो
खगेन्द्र बिक
लेखफर्सा ७ सुर्खेत
हाल
भावनगर गुजरात भारत


19-साहित्यप्रेमी कपिल लामिछाने
तस्करी र चोर डाका भेट्टीदैछन् जताततै !!
उनै बाट कति निर्दोष रेट्टीदैछन् जताततै !!_________________
हरियो बन नेपालको धन भन्ने गर्थ्यौ पहिला,,
आजभोलि उजाड पारी मेट्टीदैछन् जताततै !!
@साहित्यप्रेमी कपिल लामिछाने
नेपाल संस्कृत बिश्वबिद्यालय
बेलझुण्डी दाङ् @ हाल दोहा, कतार बाट..!!!


20-A Jeevan Shrestha
किटाणु बनी दिलमै सांक्रमण गरेको छ
नजरले नजरमा आक्रमण गरेको छ
आत्मसमर्पण मेरो आँखाले कैले गरेन
अन्तिम घडी सम्म प्रत्याक्रमण गरेको छ
जिवन श्रेष्ठ
गोरखा ।


21-Rai Kumar
खुशी रहनु तिमी सधै रोएरै बाचौला म
भित्री जस्तो भय पनि बाहिर हासौला म
वर्तमानले कोट्याई अतितका खाटा बल्झाउदा
कुनै दिनको भुल भनि छिपाई राखौला म
सौ कुमार राई "कुमार"
साउदी रियाध


22-तिलक निस्कर्ष
महल रैछ सपनाको आँखै अघि चर्कियो के गरु
हरायो बेदना केहि पल आज फेरी फर्कियो के गरु
हुन्न भन्छन अतित सम्झी पिरमा डुबिरहन,
बिना गर्जन साउने झरी आँखा बाट दर्कियो के गरु
रत्ननगर ७ चितवन


23-कान्छीबजार स्याङजा
मेरो याद आयो भने मिसकल गर्नु है ।।
मेरो याद आउदाँ आशुँको सागर तर्नु है ।।
घाँस काट्न आउँदा एकान्तमा नटोलाउनु ।।
कुरा काट्लान यो समाज संग पनि डर्नु है ।।
अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा


24-आरके थापा
उसको आफ्नै बेथा मेरो आफ्नै बेथा ।
कस्तो छ भित्री रुप कस्लाई यहाँ केथा ?
घरी घरी टाढैबाट जिस्क्याउने मात्र ,
आफ्नो मन भत्भती पोलिराछ यता ।
आरके थापा बोच , दोलखा
हाल साउदी ,अरब


25-Jaya Bhabuk
हुनुपर्छ गुलामी र दास विदेश मा।
राख्याछन खै के आश विदेश मा।
प्रदेशिने को अोईरोनै किन अचेल,
केहि पनि छैन हो खास विदेश मा।
जयराम वि. क. {जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेशिया जोहोर

26-Basant Bhattarai
स्वार्थि रै'छ संसार यो,मैले चिन्नै सकिन॥
माया गर्दा धोका पाय यादहरुलाई पिन्नै सकिन ॥॥
भन्न त भन्ने गर्थि,स्वार्थि त म छदै छैन भनेर।
तर आज माया बिक्ने भयो,मैले किन्नै सकिन॥॥॥
{बसन्त अभागि}
lamahi dang deukhury
(परिमार्जित गरियको- मुक्तक मधुरिमा)



27-बराल सूर्यमणी
किन माया लाउन खोज्नु माया गर्न नजान्नेले ।
पछिपछी लाग्नु किन भन्या कुरा नमान्नेले ।।
माया खेल नसम्झिनु साट्नु पर्छ जिन्दगी सँग ।
गाह्रै पर्छ बुझ्न जीबन कौडी पनि नठान्नेले ।।

28-श्रीकान्त कहेराज़
हरायको सारा अतित एक एक गर्दै खनेर खोजे
पल पल सम्झी भेटियोस भनि प्यासी बनेर खोजे
तिमि भन्छौ यो माटोले मलाइ केहि दियन ,
तर मैले यो माटो लाइ के दिय यस्तै भनेर खोजे .....
रत्ननगर कृष्णमन्दिर चोक टिकौली

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://newschisapani.blogspot.com/
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger