Home » » मुक्तक मधुरिमा, (2070-06-13/2070-02-30) Download

मुक्तक मधुरिमा, (2070-06-13/2070-02-30) Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, June 14, 2013 | 10:58 AM

Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya

Date-(2070-06-13/2070-02-30)


 आज मिति 2070-02-30 ते तदनुसार 2070-06-13 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । 

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ ।
 तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
Listen HERE
Download from click HERE
___________________________________________________________
२०७०-०२-३० गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-Surya Chemjong ***************
होश गर समुन्द्रमा पानी डढ्न सक्छ
जस्ले पनि अन्यायको भाषा पढ्न सक्छ
धमिलोमा माछा मार्नेहरू बुझिराख
शिरुपाते खुकुरीको मुल्य बढ्न सक्छ


02-Mohan Bihani मुक्तक
**************************
मलिनता न आयोस त्यो अनुहारमा
देखेर मेरो फोटो आजको अखबारमा।
परिबर्तन चाहनेले खोज्नु सधै मलाई,
तात्ततो आगो ओकल्ने मेरा हतियारमा।
Copyright @ मोहन बिहानी
भक्तिपुर-सात सर्लाही



03-केशब निश्चल के.सि.
एक पटक मरेर नि जिएको मान्छे म
अस्रु धारा आफ्नै आशुँ पिएको मान्छे म।
रत्ति भर नि छैन अब बाच्ने रहर
झुत्रा-झुत्रा भएको जिवन सिएको मान्छे म।।
दाङ बिजौरि हाल, मलेसिया


04-Raag Gazmer Raz
कमल फुल्ने त्यहि हिलो मै हो
जिवन झर्ने त्यहि टिलो मै हो
सफलता त्यसै आउँदैन
ईखालु बन्ने त्यहि किलो मै हो


05-साहित्यप्रेमी कपिल लामिछाने
अब म प्रदेश छोड्ने सुर गर्दैछु !!
सोचेका सपना चकना चुर गर्दैछु !!
मायाको घण्टी बजेपछि दिलमा,
कसैको प्रेम प्रस्ताब मञ्जुर गर्दैछु !!
@साहित्यप्रेमी कपिल लामिछाने नेपाल संस्कृत बिश्वबिद्यालय बेलझुण्डी दाङ्
@ हाल दोहा कतार बाट.!!


06-Nistchal Rashna
ती लावारिस डुगांलाई छुदै बग्छ नदी पनी
जहिलेसुकै सुसाउँदै रुदै बग्छ नदी पनी
शुद्धता र सतीत्व लुटेपछि मान्छेले
जीन्दगीको डुगे बगर हुँदै बग्छ नदी पनी .........
Nistchal Rashna ,putalibazar 3 syangja


07-Dahal Nirash Vai
कुरा काट्नेले कति काट्छन काट्न देउ सानु, ,,,,,,,बालै भो
हाम्रो माया कति भाड्छन भाड्न देउ सानु,,,,,, बालै भो
काटेर काटिदैन् भाडेर भाडिदैन् नी हाम्रो माया हैनर??
हाम्रो मायाको गित बनाई नाचुन नाच्न देउ सानु,,,,,बालै भो।।।।
मरुभुमि बाट , हाल कतार
"निरास भाई" युबराज दाहाल ,
स्थाई ठेगना तोपगाछि चार झापा।।


08-Abilasi Kabir मुक्तक
************************
आखाँ भरि आशु दिई हास्न जानेकि।
मुटु भित्र छुरा रोपि बाच्न जानेकि॥
तिम्रो कशम तिमी बिना बाच्दीन भन्नेलेनै।
यो साथ छोडि पराइ संग नाता गास्न जानेकि॥
हरि प्रशाद भुसाल
गैडाकोट नवलपरासि
हाल केरला,चगनाश्वेरि


09-Bishnu K Gautam
किनेर मायाँ कहाँ किनीन्छ र हजुर?
गिनेर तारा कहाँ गिनीन्छ र हजुर?
साह्रै लामो लामो हुन्छ,यात्रा गन्तब्यको
हिनेर मात्रै कहाँ बाटो चिनिन्छ र हजुर?
Bishnu Gautam
Malma-4.Baglung


10-Anuragi Binod Gaire
आज फेरि सम्झिए पुराना ति पलहरुलाई॥
खसाल्न बाध्य भएँ बलेसिका भलहरुलाई॥
चिरियो मेरो छाति पुरानै यादले फेरि,,
सम्झेर बिश्वास घात धोका र छलहरुलाई॥
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा


11-AJnabi Sapana
आफ्नो मनलाई पढि पढि संसार हेर्नु गल्ति भयोः
पराई रहेछ थाहा थिएन मायाको पर्खाल हालि घेर्नु गल्ति भयोः
झुटो विश्वासमा बहलिएको रहेछ मन अब कुनै आधार छैनः
पुरा नहुने सपनाहरु सजाएर अंगालोमा बेर्नु गल्ति भयोः
AJnabi sapana Ratnanagar-13 jayamangala



12-Rai Kumar
ति निर्जीव ढुंगा पुजेर भगवान मिल्छ भने ।
भगवान भाकेर सबको समधान मिल्छ भने ।
हो,अजै बाट भगवानलाई पुज्ने छु म पनि
यदि देशको लागि नया रसपान मिल्छ भने।
सौकुमार राई "कुमार"
साउदी रियाध



13-Sanam Duwadi
अब म तिम्रो यादमा रुन छोडिदिन्छुः
पलायो भने आँसुको मुल तिमि तिर मोडिदिन्छुः
थाहै नपाइ मेरो मन टुक्रा -टुक्रा बनाएछौं तिमिलेः
कति सक्छौ बनाउ टुक्रा नहराइकन जोडिदिन्छुः
(sanam duwadi) Ratnanagar-13 jayamangala,chitwan


14-Rai Munkmen Ramesh मुक्तक
भो अब नखोज शहर मैले छोडि सके
फक्री फुलाउने तिम्रो भर मैले तोडि सके
चाहिन्न त्यो ठूलो महल खुशी बिनाको
खुशी राख्ने झुपडि मै रहर मैले जोडि सके
राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद...


15-Jaya Bhabuk
चल्ला कराउदैछन चिल आएपछि।।
जनता डराउदैछन खिल आएपछि।।
खै के प्रगति भन्ने हाम्रो देशमा,
सामान भन्दा दोब्बर विल आएपछि।।
जयराम वि.क.जयॉ भॉवुक धधवार ७
बर्दिया हाल मलेसिया जोहोर,,,,


16-Bk Khagendra Nepali
आफ्नै मनका अनगिन्ति रहरले रुवायो
यो दुखिलाइ यो बिरानो शहरले रुवायो
अब बाच्दिन यो स्वार्थी दुनियामा भनि
खाएपनि नढलाउने जहरले रुवायो
खगेन्द्र बिक
लेखफर्सा ७ सुर्खेत
हाल
भावनगर गुजरात भारत


17-Naramro Kata
ढुंगालाई देवता भनि किन पूजा गर्छ मान्छे
मनभरि पापबोकी धर्म गर्न अघि सर्छ मान्छे !!
दया माया बोक्ने हिर्दय लाइ धुजा पार्छ ,
आपसी लडाई र झगडामा किन मर्छ मान्छे
naramro kata ,bhairahawa,nepal


<गीत>काँहा लाग्छ माया जान्न पाय हुन्थियो ,
त्यति ठाउँ लाइ काटेर फाल्न पाय हुन्थियो ....अभ्युदय खनालको शब्द,
दिपक शर्माको संगीत मा गन्तब्य एल्बम बाट रमा अर्याल को आवाजमा ............


18-प्रकाश निष्ठुरी
ति बस्तिहरूमा फर्कने सोचमा छु म ।
आफ्नै बारी कोट्याउने खोजमा छु म ।
अलिकति ऋणले छोड्या छैन साहुको
चुक्ता गरी मुस्कुराउने झोकमा छु म ।
प्रकाश निष्ठुरी
सलकपुर ३ इलाम
हाल : बहराइन बाट


19-Unlucky Kanchha muktak
मेरी माया कस्ती होलिन् देख्न पए हुन्थ्यो
उन्का नाममा दुइ चार शब्द लेख्न पए हुन्थ्यो
आजै भेटी उनि सँग बोल्न मन छ मेरो
ह्र्दयका सबै कुरा छेक्न पए हुन्थ्यो
अमन पौडेल
राम नगर चोक
शिबमन्दिर-६ कावासोती
नवलपरासी



20-Aindra Bikram Nisthuri
पिरतीका पालुवाहरु चुटाएर गयौ
मनको नाता मुटुसंग छुटाएर गयौ
तिमीलाई खुसी दिन सारा पिडा सहेकै थे
बर्खे भेल आशुको मुल फुटाएर गयौ
आईन्द्र बिक्रम निस्ठूरी
अमरपुर चर
पाँचथर
हाल दोहा कतार


21-Saroj Chaulagai मुक्तक
__________________________
तिमी सक्छौ ? म सँग पिएर देखाऊ ।
मैले जतिनै सिलप्याक लिएर देखाऊ ।
मसँग टक्करलिन सक्दैनौ यदि भने,
असल बनी दुनियाँलाई जिएर देखाऊ ।
__________________________
सरोज चौलागाई
ईश्वरपुर–३, बयलवास, सर्लाही


22-नरेश बि.क. 'अनुरागि' मुक्तक
आँऊ तिमि यो मुटु झिक लिएर जाँऊ।
साचो माया गर्न सिक लिएर जाँऊ।
टाढैबाट गिद्दे आँखा कति हेर्नु हँ।
मन समाल माया अ-धिक लिएर जाँऊ।
नरेश अनुरागी बिनायक,अछाम हाल-मुम्बई


23-Rakshe Deep Milan
न आगोले पोल्नेछ, न घामले पोल्नेछ!!
जब मुस्कुराउने, यो तस्विर बोल्नेछ!!
नहोला बेचयनि, भाग्नेछ शँकाहरु,
मनको सामुन्नेमा, जव मन खोल्नेछ!!
दीप मिलनरुद्रपुर्-०२ रुपन्देहीहाल दोहा कतार


24-जि.एम. दिपु दिपेन देपेन्द्र
पाँच दश पन्ध्रकै, चानचुन बटुलेर..//
बोलाऊनेछु तिमीलाई, सुन बटुलेर..//
अक्रो जुनिमा गरिब, बन्दै बन्दिन ¥
काजी बन्नेछु तारा, जुन बटुलेर..//
G.M. दिपु देपेन्द्र रुकुम


25-Puran Shahi
एक दिन फुल फुल्छ अनि अर्कोदिन ओईलिएर झर्छन् सानु ॥
मानिस पनि एक दिन जन्मन्छ अनि अर्को दिन मर्छन् सानु ॥
यहि संसार मैं चलि आयको रित पनित हो ॥
त्यहि जिन्दगी मा पनि खेलवाड गर्छन् सानु ॥
-पुरन साहि टिटिहिरिया आठ लुन्द्वि मिलन चोक हाल गुजरात राजकोट भारत



26-नवराज भट्ट मुक्तक
आमा मैले दुध को भारा तिर्न सकिन
गाऊ बेसी डोको नम्लो भिर्न सकिन
बाध्यता ले पर्देश मै दासी बन्या छु
अझै पनि स्वोदेश मा फिर्न सकिन ।।
नवराज भट्ट
हाल : यू.ए.इ अबुधाबी


27-Pawan Subedi पवन सुबेदी(पृथक)
शिबमन्दिर-2,28 बिगाहा कावासोति न.प. 
आउछु भनी गर्यौ घात एक्लैभको छु,
सपनीमा छैनौ साथ एक्लैभको छु,
निदाएर निदसँग रमाउदै हौली तिमी,
सुनसान छ मेरो रात एक्लैभको छु....

28-श्रीकान्त कहेराज़ ,कृष्ण मन्दिर चोक
एउटा सुनौलो बिहानी खोज्दै छौं
बिर्सी आफु पहिला देश रोज्दै छौं
तमासा हेरेर चुप भै बसिदैन अब,
बढ्ने कसरि अगाडी यहि सोच्दै छौं

29-तिलक निस्कर्ष,रत्ननगर ७ चितवन
बिर्सियौ होला नि तिमीले, टुटेका सपना हरु,
जोड्दै छु म त अझै पनि, फुटेका सपना हरु,
खोज्दै छु भौतारियर तर प्राप्ति अनिश्चित भो ,
काहा गइ खोजौ र दैब ले नै लुटेका सपना हरु .....


.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://newschisapani.blogspot.com/
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
http://meromankosathi.blogspot.com/
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
बिक्रम अर्पण मगर ,पांचथर


Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger