Home » » मुक्तक मधुरिमा, (2070-02-09/23-05-2013 ) Download

मुक्तक मधुरिमा, (2070-02-09/23-05-2013 ) Download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, June 2, 2013 | 4:22 AM

Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya

(2070-02-09/23-05-2013 )

 आज मिति 2070-02-09 गते तदनुसार 23-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । 
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।   
    
Listen and Download

                       Download : Click Here to Download

२०७०-०२-०९ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने .........
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-साहित्यप्रेमी कपिल लामिछाने 
खुशि मागी बदलामा चोट दिएर गयौ !!
मन भुलाउने तस्बिर थ्यो त्यो नि लिएर गयौ !!_________________
मर्दैछु म घिटिघिटि अन्तिम सास चल्दैछ,,
चिता माथि मलाई ढाल्यौ तिमि जिएर गयौ !!
@साहित्यप्रेमी कपिल लामिछाने
नेपाल संस्कृत बिश्वबिद्यालय बेलझुण्डी दाङ्@ हाल दोहा, कतार बाट..!!


02-बराल सूर्यमणी
किन एक्लो भएकोछु शहरको भीडमा पनि।
हाँसेरै सहनु पर्ने जस्तो सुकै पीरमा पनि।।
किन यस्तो जिन्दगी गाह्रो होला काट्न लाई?
अचानोको जस्तै पीडा खुकुरीको बीणमा पनि।
हाँसेरै सहनु पर्ने जस्तो सुकै पीरमा पनि।।


03-Anuragi Binod Gaire
च्यातिएको मन टाल्न खोजेँ तर सकिएन॥
रोएर पिडा पखाल्न खोजेँ तर सकिएन॥
यो स्वार्थि दुनियामा मैले धेरै कोशिस गरेँ,
बिश्वासको दियो बाल्न खोजेँ तर सकिएन॥
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट


04-Surya Chemjong
बेतुक हावाको बोलीको पछि छौं
अझ प्रचण्ड र ओलीको पछि छौं
भोगेर नजान्ने कत्ति ! मुर्ख हामी
कै'ले नआउने भोलीको पछि छौं


05-कान्छीबजार स्याङजा मुक्तक
भन्दिन म तिम्रो सिउँदो सजाउछु भनेर ।।
भन्दिन म तिमीलाई मन पराउछु भनेर ।।
तिमीले जति एकोरो माया गरेता पनी ।।
भन्दिन म तिम्रै यादमा हराउछु भनेर ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा


06-श्रीकान्त कहेराज़
बिगत बिर्सी चुनाबको माहोल मिलाउनु छ
चर्कियको देशको भूभाग मिलेर सिलाउनु छ
हिमाली पहाडी तराइका नेपालि एकजुट बन्दै,
प्यासयुक्त नेपाल आमा लाइ पानि पिलाउनु छ
कृष्णमन्दिर चोक


07-Bishnu K Gautam
मेरा हाँसो खुसी सब लिएर गयौ
बदलामा मलाइ चोट दिएर गयौ
बैसको उन्मातले मेरो मायाँ लत्ताएर
तिम्रो अघि पछि सब थिए र गयौ
बिष्णु गौतम
मल्म-4,बाग्लुङ्
हाल:बुटवल बहुमुखी क्याम्पस स्नातक तेस्रो बर्ष अध्यनरत।



08-Binod Adhikary
भगवान ले नै भक्तलाई छलगरे पछि
के लाग्छ र उसैसँग कल गरेपछि
सधै भक्ति उसैको राखी पूजा गर्दा
त्यहि भक्तलाई बिष को मल गरेपछि
Binod Adhikary
Bachhauli 6 Suraha



09-Raju Poudel
हासो लगयौ खुसि लगयौ आशु मात्रै मलाइ दियौ
के भयो र आफ्नो घर आफै तिम्ले ढलाइ दियौ
हिजो सम्म तरकनथ्यौ बोल्न खोज्दा झरकनथ्यौ
आज एक्कासि सलाइ कोरि मुटु नै मेरो जलाइ दियौ
-राजु पौडेल,
रूद्रपुर रूपनदेहि,
दोहा कतार


10-Sanam Duwadi
दोबाटोमा एक्लै पारी छोडि जानेलाई सलामः
धनको निम्ति मनको माया तोडि जानेलाई सलामः
सँग सगै जाँउला भनि बोलाएर मलाईः
बिचमै यात्रा टुङ्गाएर पाईला अन्तै मोडि जानेलाई सलामः
सनम दुवाडी,रत्ननगर -13 जयमङ्गला


11-Rai Munkmen Ramesh मुक्तक
नभएको कुरा बताउने हरु लाई
बिना नशा नै मताउने हरु लाई
अटुट सम्झना छ रे भन्दिनु होला
कृपया मलाइ सताउने हरु लाई
-राई"मुक्मेन"रमेश
हाल-साउदी
धन्यवाद



12-Amrit Shrestha
मैले रोएर रात कटाउदै छु प्रिय
मनै भरी याद अटाउदै छु प्रिय
बाच्न पनि रहर लाग्न छाड्दै छ्
दिन प्रतिदिन दिन घटाउदै छु प्रिय
(Amrit shrestha pokhara 12 kaski)

<गीत> मनमा समायौ तनमा समाउ ...गुरु भटराई को संगीतमा अनुराग एल्बम बाट
जगदीश समालको आवाजमा ...........



13-Jaya Bhabuk
कोहि यहॉ कुडिएर मर्छन /
कोहि यहॉ झुडिएर मर्छन /
प्रकृति संगै जुझ्ने हरू सॉच्चै,
मलाई लाग्छ बुढिएर मर्छन /
जयराम वि. क. {जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेशिया जोहोर,,,



14-Rai Kumar
वारि म तिमी पारि त्यसैले बोलाउन सकिन//
म नर तिमी नारी त्यसैले बोलाउन सकिन //
सधै हामी भेट्ने,मन्दिर एउटै भए पनि
तिमी भक्त म भिखारी त्यसैले बोलाउन सकिन//
-saukumar "rai" kumar
saudi riyadh


15-Puran Shahi
तिमिलाई सधै माया गर्छु बरु ॥
मात्र तिम्रै भर पर्छु बरु ॥
सानु तिमिले जे-जे भने पनि मान्छु ॥
अन्तयमा तिमिलाई पाईन भने मर्छु बरु ॥
पुरन ~ साहि ( टिटिहिरिया आठ )
लुन्द्रि मिलन चोक हाल गुजरात राजकोट बाट



16-सनम गोले
देसमा फेरी चुनाव आँउदै छ रे
फटाह नेता गाँउ शहर धाँउदै छ रे
फेरी एकपटक भोट दिनु पर्यो भन्दै
झुट आस्वासनका नारा लाँउदै छ रे
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया



17-Rakshe Deep Milan
बिछोडको खास्तो ओढेर जानुको पीडा को बुझ्छ?
गाँउमा धड्कन छोडेर जानुको पीडा को बुझ्छ??
भाग्यको लेखान्त नसक्ने बुझ्न भएसि के गर्नु,
जोडेको साईनो तोडेर जानुको पीडा को बुझ्छ??
दीप मिलन
रुद्रपुर-०२ रुपन्देही
हाल दोहा कतार


18-G.m. Dipu Dependra
शब बहान झिकाऊ, म मर्दैछु अब..//
कात्रो ओढ्न सिकाऊ, म मर्दैछु अब..//
जसरी नि मेरो अन्त्य हुने'भो ¥
माया अन्तै बिकाऊ, म मर्दैछु अब..//
G.M. दिपु देपेन्द्र रूकुम, हाल:- डोटी-दिपायल


19-Ashish Danai
राजनितीको फोहोरी गनंध छ जताततै
हत्या हिंसा आतंक र बनंद छ जताततै
तपाइ सहमतीमा चलाउ भन्नुहुनंछ
हेर्नुस पार्टी पार्टी बिच द्वोनंद छ जताततै
-आशिष दनाई
gaunshahar-2, danaigaun, lamjung
Like · Reply · Yesterday at 17:20


20-Mohan Bihani मुक्तक
***************
अंगालोमा बाँधिएर बस्न पाए हुन्थ्यो ,
कहिलेकाही तिम्रो काखमा खस्न पाए हुन्थ्यो ।
तडपिएर कति बस्नु संम्झि तिमीलाई ,
सधै भरी तिम्रो दिलमा पस्न पाए हुन्थ्यो ।
मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
http://mohanbihani.blogspot.com/2013/05/2070-05-162070-02-02-download.html
मोहन बिहानीको ब्लग: मुक्तक मधुरिमा (2070-05-16/2070-02-02) Download
mohanbihani.blogspot.com



21-Bibek Dulal मुक्तक : मेरो देश
ढकमक्क लाली गुरास हिमाल, पहाड मेरो देश
चिसो चिसो न्यानो सुवास, हिमाल पहाड मेरो देश
अब रतिभर बस्ने मन छैन, मलाई यों खाडीमा
सधै होस् आफ्नै माटोको बास, हिमाल, पहाड मेरो देश .
अस्तु :
दमक ,झापा
हाल : अबुधाबी ,यू ए इ


21-Saroj Chaulagai ***मुक्तक***
चटकै मलाई विर्सी कसरी उ जिएकोहोला ।
सोच्छु कहिले उ म जस्तै नै खिएकोहोला ।
मलाई भुलाउनकै लागि भएपनि उसले,
हुनसक्छ धेरै-धेरै रक्सीनै पिएकोहोला ।
सरोज चौलागाई
ईश्वरपूर-३, बयलबाँस, सर्लाही



22-Kabi Limbu
आगोलाई छोएँ जलाउछ मन
पानीले नि धोएँ गलाउछ मन !
संधै रीसाउने बाँनी छोड प्रिये
साँचो माँया रहे पलाउछ मन !!
----!----!----!----!----!----
कवि लिम्वू ( साहित्य अनुरागी )
थर्पू -५,पाँचथर
हाल : जापान

23-तिलक निस्कर्ष
मनले मन रोज्नु भुल होइन
साँचो माया खोज्नु भुल होइन
मनमा लहर उठे पछि आज,
मात्र तिम्लाई सोच्नु भुल होइन
रत्ननगर ७

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://newschisapani.blogspot.com/
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger