Home » » मुक्तक मधुरिमा.

मुक्तक मधुरिमा.

Written By https://mohanbihani.blogspot.com/ on Friday, June 22, 2012 | 3:06 AM

मुक्तक मधुरिमा..........
..
मिति  २०६९ असार ७  गते विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने मुक्तक मधुरिमा लिएर संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।आउनुस् हामी पनि सुनौ मुक्तक मधुरिमा.......................................
 
 Download

२०६९-०३-०७ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Abhagi Mukesh
हिमाल पहाड तराई समान, जोडेको सँविधान॥
छत्तिस जातले फुलेको बगैचा, गोडेको सँविधान॥
जातिय बिभेद निर्मुल गरेर, निमुखा बचाउने॥
कहिले आउँछ देशले मुहार, मोडेको सँविधान॥
"अभागी" मुकेश रेउले
बलिया 8 लम्कि कैलाली
हालः मुम्बई

02-Sunil Neupane Marling
कोपिला तोड्ने माली रहेछिन ।
पुर्ण जस्तै देख्थो खाली रहेछिन ।।
साथ दिन्छु भनी गोरेटो सम्म
बिचैमा छोड्ने जाली रहेछिन ।।।
सुनिल न्यौपाने मार्लिङ
जुनियाँ दुई गुल्मी
sunilneupane.blogspot.com
snmarling.blogspot.com

03-ßìkrâm Ãrpäñ
जता-ततै त्रासदी छ, भय महंगीले
भोको पेट गडगडायो जय महंगीले
शान्त संग जीवन कहाँ साट्न पाइन्छ?
विफल भो,स्वप्न सारा, तय महंगीले ......!!!
®बिक्रम अर्पण
प्रान्ग्बुंग , पांचथर
Now: मलेशिया

04-Nirdoshi Pokhrel
अतितलाई सम्झिदा उन्को पत्र लियकै छु।
छाडी गएनी पापिनिले उही यादमा जिएकै छु॥
मुटु मेरो तिम्रै हो भन्थ्यौ पहिले पहिले नी।
छिया छिया पारी जादाँ सियोले आज सिएकै छु॥
लोक बहादुर पोख्रेल बेनिमणिपुर सात
सर्दी नवलपरासी

05-मोहन बिहानी ***मुक्तक ***
********************************
फक्रीएछ तिम्रो बैश टप्प टिपि खाउ जस्तो,
परिपक्व भैसकिछौ माया प्रीती लाउ जस्तो।
हाँस्दा खेल्दा बात मार्दा लोकले संङ्का गर्छन ,
भगाएर छिट्टै कतै टाढा लैजाउ लैजाउ जस्तो।।
***********************************
# copyright @मोहन बिहानी
भक्तिपुर-७ सर्लाही # @ Listen and Download all episode http://mohanbihani.blogspot.com/2012/06/blog-post.html
मोहन बिहानीको ब्लग: मुक्तक मधुरिमा
mohanbihani.blogspot.com

06-ß-kash Neupane
संसार का सारा खुसि तिम्रो भाग मा परोस !
हर दुःख अनि पिडा हरु मै मा सरोस !!
फल्दै फुल्दै अघि बढ्दै जानु तिमि सधै
मेरा खुसि अनि सपना नफर्क्रदै झरोस !!
● बिकाश न्यौपाने●
बारा ,हाल uae

07-Ganesh Paudel
मन मा चोट लुकायर हास्नु कसरि
निस्ठुरीको फोटो दिलमा टास्नु कसरि
मलाई छोडी अर्कैको हात समाई गय पछी
तड्पी तड्पी एक्लो जीवन बाच्नु कसरि
ganesh paudel'SAMIP'
r.n.t.3 belsi

08-कपिल भण्डारी 'अबिरल' एक 'मुक्तक'
जानि-जानि गल्ती गर्छ किन मान्छे?
आफन्तकै खुट्टा तान्न सर्छ किन मान्छे?
आफ्नो ज्ञान इमान स्वाभिमान लाई लुकाएर,
अर्कैको लोभ लालचमा पर्छ किन मान्छे?
कपिल भण्डारी 'अबिरल'
ढकारी 6 अछाम
हाल-माहाराष्ट्र पुना

09-Ram Sharan Shrestha मुक्तक
कालो गए गोरो आउँछ, बेकारको चिन्ता किन ।।
खुट्टा भए जुक्ता पाउँछ, बेकारको चिन्ता किन ।।
मायाँ मात्र जीवन हैन, मात्र ठान्नु एउटा पाटो
दुख जान्छ खुसि छाउँछ, बेकारको चिन्ता किन ।।
चिसापानी ६ रामेछाप
Listen and Download All Previous Episode of Muktak Madhurima from Chisapani Nepal Blog : http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima

·

10-Bikalpa Babu 
भेट हुँदा गल्ली चोकमा, नबोलेकै जाती हुन्छ
हजार सँग मन मुटु, नखोलेकै जाती हुन्छ
माया रुपि तिरहरु, प्रहार गर्दै थिए म
च्वास्स दिलमा बिझ्ने भए, नटोलेकै जाती हुन्छ
by bikalpa babu
gitanagar 1 chitwan

11-Aaseasaw Danai ............मुक्तक.............
***********************
आफु त खप्पर फुटेको मान्छे
दुनियाँ सबैले लुटेको मान्छे
सबै जनाले धोका दिन्छन किन
मकै भट्टा झै भुटेको मान्छे
************************
अशिष दनाई
गाउँशहर-२, दनाईगाउँ
लमजुङ
Download and Listen all Episode of Muktak Madhurima ( मुक्तक मधुरिमा ) Nepali Literature Collection | साहित्य सन्जाल | AshishDanai.com.np
www.ashishdanai.com.np

12-Saroj Dhital
सिनो सरी,तिम्रो शरिर,गल्न सक्छ नेता..
छाती माथि,मेसिनगन,चल्न सक्छ नेता..
मिचिदैछन्,सुस्था अनि,पेलिदैछन्,किल्लाहरु..
बिदेशीले,कालो मसो,दल्न सक्छ नेता..
डाँछी 3 काठमाडौँ

13-रामचन्द्र बस्याल
आज जोबन ढल्केछ रे, गर्नु गरिस अरब
पल्लाघरे सल्केछ रे!गर्नु गरिस अरब
नसक्दा त्यो थाम्न बैंस उनले,प्यासी बन्दै
यौटा झिल्के पल्केछ रे! गर्नु गरिस अरब
(परिमार्जन गरियको)
रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल,संयुत्त अरब इमिरेट्स

14-Preety Sharma
सक्छौ भने जुनिभरको,नत्र क्षेणिक हासो नदेउ ..!
एउटा दिलमा बसेपछि अन्त कतै चासो नदेउ..!
फुल रोज्छ मन मुटु यो, काडा बिझे दुख्छ अति ..!
चोखो माया गर्नेलाई , आशुको नासो नदेउ ..!!
(परिमार्जन गरियको)
Sujita paudel''preety'' chainpur jyamire chtwn stdy at ssmc

15-Dasuram Paudel
मलाइ देख्दा परैबाट, डराएर गइ!
सधै हास्ने मान्छे आज, कराएर गइ!!
अर्कैसँग देखेकोथे, हीज मैले साथी!
आखीरीमा उसैलाइ मन, पराएर गइ!!
मलाइ देख्दा परैबाट, डराएर गइ!!!
डाँसुराम पौडेल,धातीबाङ अर्घाखाची
hal
chandigardh india

16-Sa-mixchya Adh
यो मुटुको थियौ धड्कन "छुटाईहाल्यौ " सानु ...!
क्यारी चल्ला ढुकढुकी यो "टुटाईहाल्यौ " सानु ...!!
गारो हुन्छ माछी बगर तडपियर बाच्न...,
ठुलो सागर पिरतीको "सुकाईहाल्यौ " सानु...!!
~ Samiksha Adhikari {Sauraha}

17-अविरल भण्डारी
धोका हुन्छ भन्ने डरले कहीं पिरती लाको छैन
जिबन बित्न लागिसक्यो अझै बिहे भाको छैन
आँखा दोषी हो कि मेरो हेर्ने नज़र फरक पर्यो
नराम्री त धेरै भेटे, सुन्दरी चाहि पाको छैन
शहीद स्मृति क्याम्पस , टांडी

18-तिलक निस्कर्ष
सपनीमा भेट हुदा , समिपैमा आऊछिन उनि
बिपनामा थाहा छैन कसलाई माया लाउछिन उनि
मन न हो सबै कुरा ,मनले साचो माया गर्यो आज
के गरु म थाहा छैन आँखा भरि छाउछिन उनि
रत्नानानगर ७

19-श्रीकान्त बराल कहेराज़
मेरो देश अन्धेरिमा कराउदै छ आज
फोहोरी राजनीतिमा हराउदै छ आज
शहीदको बलिदान माटोमा मिल्दा हेर
सारा नेपालीको मन डराउदै छ आज
कृष्णमन्दिर चोक

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
धन्यबाद
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger