Home » » गजलका शेरहरु

गजलका शेरहरु

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, June 12, 2012 | 4:57 AM


गजलका शेर हरु २०६९-२-२९ गते रेडियो एकता
को सोमबारे बसाई-------------
आज मिति २०६९ जेष्ठ २९ गते   सोमबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी ईतिहास  रेडियोका प्राबिधिक रविन कार्की तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनुभैसक्नुभएको छ । यो अङ्क प्राबिधिक रविन कार्की ले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद ।यस कार्यक्रमलाई अपलोड गर्न उक्साउने साथि राम शरण श्रेष्ठ प्रति आभारी छु।आउनुस् हामी पनि सुनौ गजलका शेरहरु----------------
Listen

Download

यो अङ्क मा मेरा साथि हरु
 रामशरण श्रेष्ठ,
 रतन बि क
 गौरबश्रेष्ठ  र
उज्वल पाठक जी को
 निम्न गजल बाचन भयेको छ।
*******************************
गजल

साँचै रोयो सगरमाथा,कठै!मेची काली रोयो।
आकाश् खस्दा नरोएको पाताल् यसै पाली रोयो।।

रोयो मेरो जन्म भुमी,जुम्ला कालीकोटै रोयो,
त्यहीँ माथीको हुम्ला पनि मनमा राँको बाली रोयो।।

आफै कहाँ रोएको छ फूलबारी मास्ने मान्छे,
संहारको घडी देखी बिचरो त्यो माली रोयो।।

मुखैले पो राम गायो बगलीमा छुरा राख्यो,
बन्दै थियो संबिधानऽ फेरी भाँजो हाली रोयो
Ratan Brd. B.K.
12:22am, Mon 28-05-2012

@@@@@@@@@@@@@@@@@@@@@@@@

गजल
तिम्रो जीवनको फुलबारीमा सुबास छर्छु म तिम्रो कसम,
नराख सिउँदो सधै खाली सिन्दुर भर्छु म तिम्रो कसम ।

बयली खेल्दै झुलेको त्यो तिम्रो यौवनले लठ्यायो मलाई,
विश्वास गर तिमिले चोखो माया गर्छु म तिम्रो कसम ।

गर्दा जीवनमा संघर्ष एक्ला एक्लै,आएन खुसि कहिले नि,
साथ दिन तयार छु तिम्रो सधै दु:ख हर्छु म तिम्रो कसम।

मेला पात गर्दै गर्दा भेटघाट् हुन छाड्यो भने एक्कासी,
तिमिलाई  भेट्न भनेरै बेशीं तिर झर्छु म तिम्रो कसम ।

माया प्रेमको दुनियाँ विश्वासमा चल्छ भन्छन् सबले यहाँ,
साथ पाउने आशले यो जुनीमा तिम्रै भर पर्छु म तिम्रो कसम।
Copyright@मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
#२०६९ -२-८ सोमबार #
********************************

मानबता जब, चिच्यायो आज ।
झार फेरी ..., मौलायो आज ।।

सुस्तरि आई , हावाले पनि
नहुने कुरा , बतायो आज ।।

गरेर विश्वास, राजनीतिलाई
जनताले के , पायो आज ।।

अप्ठेरो कतै, पर्‍योकि उस्लाई
विहानै काग, करायो आज ।।

कसरि शिक्षा, दिइन्छ भन्दै 
शिश्यले उल्टै, पढायो आज ।।

जहरमा जे छ, प्रेममा छैन
प्रेमीले किन, सम्झायो आज ।।

गर्दैमा कोसिस, रामले पनि
जीन्दगी सबै , गुमायो आज ।।

राम शरण श्रेष्ठ
चिसापानी गा।वि।स बडा नं।६,
रामेछाप ।
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger