Home » » मुक्तक मुधुरीमा

मुक्तक मुधुरीमा

Written By https://mohanbihani.blogspot.com/ on Thursday, June 28, 2012 | 11:35 PM


            मुक्तक मुधुरीमा                                         आज मिती २०६९-असार १४ गते

चितवनको पहिलो सामुदायिक रेडियो  पौरखीको बोली रेडियो चितवन ९४.६ मेगाहर्ज बाट हरेक साताको विहिबार बेलुका बि.बि.सि. कार्यक्रम पछि 9:15 मा प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रम मुक्तक मधुरिमा मा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै तपाईंले माया गरी पठाउनुभएको मुक्तकहरु बाचान गर्न  दर्पण पारीका मित्र समिर पोखरेल र लक्ष्मण सापकोटा अनी हर्स अनी बिस्मात को मित्र रामु आचार्य उपस्थित हुनुभएको छ।

आउनुस् हामी पनि सुनौ मुक्तक मधुरिमा........................................
Download
२०६९-०३-१४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Rohit Rana 
मुक्तक
छिटो आऊ है काले,मझेंरीमै भेटौं भन्छे
मिलाई समय राति,अँधेरीमै भेटौं भन्छे
अलि व्यस्त छु, मिल्दैन समय भन्दा नि
आउनु भोलि बिहानै, पधेंरीमै भेटौं भन्छे
बुटवल-रुपन्देही
हाल-काबूल, अफगानिस्थान

02-Ram Sharan Shrestha मुक्तक
कमिलाका हुलहरु मलाई अति मन पर्छ
फूलेका ति फूलहरु मलाई अति मन पर्छ
पूल हेर्छु फूल हेर्छु, दुबै सुन्दर लाग्छ मलाई
किनार जोड्ने पूलहरु मलाई अति मन पर्छ
चिसापानी ६ रामेछाप
मुक्तक मधुरिमाका सम्पूर्ण पहिलाका श्रीङ्खलाहरु चिसापानी नेपाल ब्लग
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima बाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com

03-Saroj Dhital स्रिङ्गारिक मुत्तक
हाम्लाई पनि,अङ्गालोमा,बेरे के जान्थ्यो??
एक नजर,हामि तिर, हेरे के जान्थ्यो??
बाईक त,चढ्याछु नि' पलसर पो छैन त...
पलसर चढ्ने,ब्वाईफ्रेन्डलाई, फेरे के जान्थ्यो??
एक नजर,हामि तिर, हेरे के जान्थ्यो??
-डाँछी 3 काठमाडौ

04-Moharaj Sharma Mohan
बल्झाउन िबछोड तस्बीर छुनुको अर्थ छैन
स्वदेशमा ितमी बिदेशमा म रुनुको अर्थ छैन
हररात तड़पिएर केवल यादमा बाच्नु पर्ने
यो जवानीमा एक्ला एक्लै हुनुको अर्थ छैन
~मोहराज शर्मा मोहन
धुल्लु बास्कोट २ बाग्लुङ
हाल UAE अबुधबी

05-गोबिन्द पाण्डे
म सक्दिन ल्याउन जुन ताराको कुरानगर
तिमी भए पुग्छ दुनियाँ साराको कुरानगर ।
उज्यालोमा नै कोर्नु छ सुनौलो भबिस्य..
त्यो रात अनी आध्याराको कुरानगर
साच्चै म सक्दिन ल्याउन जुन ताराको कुरानगर ।
-गोविन्द पाण्डे
सेमलार-४ रुपन्देही ।


06-Kapil Lamichhane
गरिबको शिर को, डोको कसले देख्यो.
रुदै छन् उनको पेट, भोको कसले देख्यो..
सामन्ती दाशता गरिबको माथ माथि ..
पल पल मरी उनि, रोको कसले देख्यो.
कपिल लामिछाने from दांग तुलीसपुर! हाल दोहा कतार .

07-मोहन बिहानी मुक्तक
***********************
मेरो दिलको पाना बाट तिम्रो नाम केरिसके,
मैले आजै देखि आफ्नो पहिचान फेरिसके,
तिम्ले धोखा दिएर माया खोज्दै गययौ त के भो
सानुलाई जीवनसाथी बनाउदै अङगालोमा बेरिसके।
***************************************
मोहन बिहानी
भक्तिपुर-७ सर्लाही http://mohanbihani.blogspot.com/2012/06/blog-post_15.html
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

08-Sunil Neupane Marling
पिउदै नशा लुट्न क्या मज्जा।
धम्कीले जन कुट्न क्या मज्जा॥
पैसाको भरमा पाइन्छ कुर्ची
पर्दै जेलमा छुट्न क्या मज्जा
-सुनिल न्यौपाने मार्लिङ
जुनिया दुई गुल्मी नेपाल
snmarling.blogspot.com

09-Ganesh Paudel
मन मा भाको मायाको प्यास मेटी देउन सानु
ससुराकी कान्छी छोरी भेटि देउन सानु
दुख,कस्ट,संका हरुलाई पर भगायर
हामी बिचको भिन्नता लाई रेटी देउन सानु
-गणेश पौडेल'समिप'
r.n.t.3 belsi

10-Bishnu Prasad Adhikari
सपनामा सँधै देख्छु हुने चैँ केही हैन
सम्झी सम्झी गजल लेख्छु हुने चैँ केही हैन
न त तिम्लाई भन्न सक्छु न त तिम्ले बुझ्न सक्छौ
मन्दिर गई माथा टेक्छु हुने चैँ केही हैन ।
-बिष्णु प्रसाद अधिकारी
पदमपोखरी-4 , मकवानपूर
हाल काठमाण्डौ ।

11-अविरल भण्डारी
माया प्रेम कस्तो हुन्छ, छुट्दा पो थाहा पांय,
आफ्नो मान्छे पराइले, लुट्दा पो थाहा पांय,
पिरतीमा हुने पिडा, सानोतिनो होइन रैछ,
टेन्सनले आफ्नै टाउको, फुट्दा पो थाहा पांय.........
शहीद स्मृति बहुमुखी क्याम्पस, टांडी


12-Ram Chandra Basyal
रिसाउ अझै धेरै सँधै तिमि,समस्या सुल झाउछ भने
सोच मै सर्वे सर्व गन्यमान्य हुँ,घमण्ड ले लक्ष्य पाउछ भने
जलेरै मर तिमि अंगार सरि,इर्श्याले सफलता छाउछ भने
कुम्भकर्ण कै उपाधि जित तिमि,आलस्य ले बहर लाउछ भने
-रामचन्द्र बस्याल बिखर्ची
बघौडा,८,ब्रहमपुरी,माडी
चितवन,नारायणी,नेपाल
हाल,संयुत्त अरब इमिरेट्स

13-ß-kash Neupane ●ß-kash Neupane●
जिन्दगीको यो पारा देख्दा अनायासै रुन्छु आजभोलि !
खसेका थोपा अश्रु धारा देख्दा अनायासै रुन्छु आजभोलि !!
जव निस्कन्छु बाहिर रात मा टोलाउछु हेर्दै गगन मा
आकाशका ति जुन तारा देख्दा अनायासै रुन्छु आजभोलि !!
-बिकाश न्यौपाने
बारा,हाल uae


14-Abhagi Mukesh
अर्कै सँग लगन गाँठो, जोड्यौ किन प्रिया॥
घात गरी अन्तिम चिनो, छोड्यौ किन प्रिया॥
केनै दोष थियो र मेरो, निर्दयी बनेर॥
सदियौको अमर नाता, तोड्यौ किन प्रिया॥
-"अभागी"मुकेश रेउले
बलिया 8 लम्कि कैलाली,हालः मुम्बई

15-Anita Rijal
सारा खुसि दिन्छु भन्ने कान्छुले रुवायो . . .
जुन र तारा किन्छु भन्ने कान्छुले रुवायो . . .
कस्तो गल्ति गरिराछौ ए निस्ठुरी मन . . .
नाना थरि पिन्छु, भन्ने कान्छुले रुवायो . . .

16-Bikalpa Babu
हिल्लामे भाछ शरीर, असार आएर होला
गुन्जेछ गाँउ घर, खेताला गाएर होला
रोपिदैछन बिउहरु, फलाउन सुन यहाँ
पानीका थोपाले दिलमा, मितेरी लाएर होला


17-Ashish Danai __________मुक्तक _____________
तिमीले मलाई धोका दियौ, मेरो मुक्तक तयार भयो
तिमीले जित्यौ झेली गरी, ___अनी मेरो हार भयो
पहिले त तिमीले नै, ____ प्रेम प्रस्ताब राखेकीथ्यौ
तर आजकल मलाई छोडि_ तिम्रो अन्तै सवार भयो
अशिष दनाई
गाउँशहर-२, दनाईगाउँ,लमजुङ
Download and Listen all Episode of Muktak Madhurima ( मुक्तक मधुरिमा ) Nepali Literature Collection | साहित्य सन्जाल | AshishDanai.com.np
www.ashishdanai.com.np
Nepali Literature Collection | Sahityasanjal | LIVE FM Radios | By Ashish Danai
www.ashishdanai.com.np
A full Collection of Nepali Literature, Sahityasanjal

18-Bus Anta
चुडिएको मालालाइ गास्दा मज्जा अर्कै हुन्छ
आखा जुधाइ हल्का हाल्का हास्दा मज्जा अर्कै हुन्छ ।
अप्सरा झै तिम्रो तस्बिर सम्झिएर साझ पख
सदै भरी हृद्यमा टास्दा मज्जा अर्कै हुन्छ । ।
आखा जुधाइ हल्का हाल्का हास्दा मज्जा अर्कै हुन्छ । chabahil 7 basanta bhattarai..

19-Nabodit Nabaraj
मैले रुँदा दुनियाको हाँसो बन्दो रै'छ |
तिम्ले रुँदा जताततै चासो बन्दो रै'छ |
धनीहरु धनकै पछि दगुर्ने त रैछन
चोखो माया गरीबको पासो बन्दो रैछ |
Leguwa,Dhankuta
now from - Doha,Qatar

20-Sa-mixchya Adh
रुन्थेन मन जाली रुमाल छोडी गाको भय...!
फर्की आउछु भनि जहाज चडी गाको भय......!!
यहि गोरेटो कुरे कान्छी मेरै बाटो हेरी...,
भन्दै पाइला २/४ बर्ष मोडी गाको भय.....!!
~ {Samiksha Adhikari}

21-Tilak Niskarsha
जुनलाई सोध मेरो खबर थाहा पाउनेछौ
थाहा पाई मलाइ तिमि खोज्न आउनेछौ
तर तिमि त्यतिबेला ढिला हुन सक्छौ
व्यर्थै दुख पाउन तिमि धाउनु धाउनेछौ
तिलक निस्कर्ष , रत्ननगर ७ ,चितवन

22-श्रीकान्त बराल कहेराज़
आऊ सबै मिलि राष्टियगान का कुरा गरौ
नेपाल अनि नेपालीको सम्मान का कुरा गरौ
भ्रस्ठ नेता हरुको भरमा पो किन पर्नु छ र ,
अब नेपालीको हितकारी संबिधान का कुरा गरौ
कृष्णमन्दिरचोक

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
धन्यबाद
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger