Home » » मुक्तक

मुक्तक

Written By https://mohanbihani.blogspot.com/ on Friday, March 15, 2013 | 12:36 AM


मुक्तक 
*************
Mohan Bihani Kafle's pictureदुई दिन टाढा हुदैमा नबस रोएर,
नभिजाउ परेलि आँसुले धोएर,
सम्झनाले सारै सतायो भने मेरो,
बस्दै गर प्रीय पुराना तस्बिर छोएर।

*****************************
मुक्तक

बसन्त नै आए पनि फुल्ने छैन अब
भवराँ झै फुल खोज्दै डुल्ने छैन अब

पिडा दुख कति छन् यो छाति भित्र हेर,
हाँसी हाँसी पराई भाको भुल्ने छैन अब।
मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
***************************

मुक्तक

आफ्नो मान्छे पराई भएको पहिलो बर्ष हुदैछ,
सम्झदै त्यो बिछोडको दिन आँसुले परेली धुदैछ
 
बिश्वास गर्यो जसलाई उसैले बिस्वासघात गर्दा
अतितमा बिताएका पलहरुको यादमा यो हृदय रुदैछ।।
 ******************************************
मुक्तक


आजकल सबजना रक्सि पिएको कुरा गर्छन यहाँ ,
 मायाजालबाट रक्सिले मुक्ति दिएको कुरा गर्छन यहाँ ।
सुखमा नि दु:खमा नि साथ दिने गतिलो साथी,
जीवनकै मज्जा रक्सिबाट लिएको कुरा गर्छन यहाँ ।
copyright@ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-08-05
**************************


   झापड

कुरुम कुरुम  गर्ने त्यो पापड मा छ मज्जा
तिर्नु नपर्ने भए त्यो सापट मा छ मज्जा।

तिन लोक चौध भुबन नदेखे नि केहि छैन ,
तोरिको फुल देखाउने भए नि झापडमा छ मज्जा ।।

# मोहन बिहानी
भक्तिपुर -७ सर्लाही
२०६९-०८-०३#
***************************************
मुक्तक


दिदी तिम्रो आँगनीमा यसपाली नि  आउन पाईन,
सप्त रङ्गी टिका माला तिम्रो हातले लाउन पाईन।।
परदेशि हुनुको पिडाले चाड आउदा सताउँदो रहेछ,
तिहारको  सेल खाँदै  देउसी भैलो गाउन पाईन।।
_____मोहन बिहानी
        --------भक्तिपुर-सात सर्लाही
**************************************
मुक्तक


तिहार आए जस्तो लाग्छ सयपत्री फुलेपछि,
किसानी मन खुशि हुन्छ धानको बाला झुलेपछि।
चटारो छ काम धन्दाको तिहार छ आँगनीमा,
मनमा खुशि छाउँदो रैछ देउसी भैलो डुलेपछि।।








Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger