Home » » मुक्तक मधुरिमा (2069-12-01/14-03-2013) Download

मुक्तक मधुरिमा (2069-12-01/14-03-2013) Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, March 15, 2013 | 12:42 AM


Muktak Madhurima  
Radio : Radio Chitwan 94.6mhz          
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-12-01/14-03-2013)

आज मिति 2069 चैत्र 01 गते तदनुसार 14-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen and Download

Download : Click Here to Download

*************************************************************************
२०६९-१२ -०१ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ....................

01-Khadga G Magar 
आफ़ै हारि तिमिलाई, जिताउने चाहना छ
मुटु रित्याई सारा खुशि, दिलाउने चाहना छ//
पराईको हात समाइ, नजानू है बिंति मेरो
जुनि जुनि तिम्रै साथ, बिताउने चाहना छ//
खड्ग जी मगर
उरहरी दांग


02-Amrit Jaishi 
मैले पनि एउटा परि मन पराएको छु।
उनकै सामु भन्न मात्र डराएको छु।
खै उनलाई थाहा छ कि छैन ???
मैले त उनकै दिलमा डेरा सराएको छु।
-अमृत जैशी 
बाजुरा कुल्देवमाण्डौ
हाल धनगढी कैलाली


03-Raju Poudel 
सलाइ कोरि मुटु मेरो जलाउछ तिम्रो याद्ले 
परेलिमा टिलपिल आशु तलाउछ तिम्रो यादले 
जब तिमि जुन बनि जीवनमा उदाउछ्यौ 
तब देखि धपक्कै मन बलाउछ तिम्रो याद्ले 
-राजु पौडेल,
रूद्र्पुर रुपनदेहि,
दोहा कतार


04-Anuragi Binod Gaire 
एक्ले बरमा घाँसको भारि बिसाउँदिहौ मेरि सानि॥
मेरै यादले परेलि त्यो चिसाउँदिहौ मेरि सानि॥
माया मार्यो मुगलानिले गाँउबेशिको भन्दै,
नपाउँदा मेरो खबर रिसाउँदिहौ मेरि सानि॥
अनुरागि बिनोद
पकवादि-2स्याङ्जा
हाल क्षितिजको देशबाट


05-Navaraj Bhatta **मुक्तक**
प्रदेसमा भारी बोकी रुदै बस्याछु ।। 
बाध्यताले गर्दा एक्लो हुँदै बस्याछु ।।
याद आउछ दिन रात लाला,बाला हरूको। 
सिरानिमा तस्बिर राखी छुदै बस्याछु ।।
नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ


06-Ashish Danai 
मेरो लागी मर्ने गफै मात्र भो
मेरो सिउदो भर्ने गफै मात्र भो ।
एकदम मायाँ गर्छु भन्नुहुन्छ
मलाई मायाँ गर्ने गफै मात्र भो ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
रचना मिति - २०६९-११-१४


07-Bishnu K Gautam 
तिम्रो गाउँमा त डोका बुन्दैनन् रे आजकल
आमाको पुकार कोहि सुन्दैनन् रे आजकल
दुइ चार बर्षअघि बास माग्दै हिड्नेहरु
भुलेर पनि त्यो बाटो चुन्दैनन् रे आजकल
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
हाल:बुटवल


08-Karan Singh Sutar 'Bibasha' 
~~~~~~~~~~मुक्तक~~~~~~~~
भित्र भित्रै कता-कता मुटु चल्छ अचेल 
अनयाँसै यहाँ आफ्नै तस्वीर ढल्छ अचेल 
के भो कुन्नी जिन्दगीमा थाहै पाइन मैले 
यो तन र मन त्यसै-त्यसै जल्छ अचेल 
-रचना मिती :-२०६९-११-२० गते धनगढी,कैलाली 
गजलीयमन :- करन सिंह सुतार 'बिबश' 
रस्ती बस्ती :- बिशालपुर ६ कोटिगाउँ एकान्तटोल बैतडी, 
हाल :- धनगढी ५ हसनपुर कैलाली )


09-सनम गोले 
अबरूद्द भएकाछन मेरा भावनाहरू।
एकपछि अर्कोगर्दै टुटेकाछन चाहनाहरू।
हुरिआई उढाई लग्यो कता कता खै ....?
मेरा विपनामा बुनेका सारा सपनाहरू।
-सनम गोले
दामन मकावनपुर
हाल मलेशिया


10-सुमन श्रेष्ठ अभागी कान्छो कान्छीबजार स्याङजा
तिम्रो माया कागजको रंगिन चङगा जस्तो ।।
तिम्रो बाचा असारको भेल भन्दा सस्तो ।।
खोजी खोजी आउनेले पनी छोड्छन यहाँ ।।
जसलाई माया गरेँ उसैबाट घात यस्तो ।।

11-Bikalpa Babu 
"नयनमा उनको चित्र स-जाएर जान्छ रात
मनका अनेक कुराले नै स-ताएर जान्छ रात
त प्यारमा परीस् भन्छ आफ्नै मनले पनि
अनि त्यसमा सहमति ज-नाएर जान्छ रात


12-Nabaraj Dhakal Nabodit 
आखिर किन सँधै पराई बन्छस काठ्माण्डु ?
भन्दै गर तँ कति दोषी भन्छस काठ्माण्डु ?
माया के हो ?बिश्वास के हो ?भुलिस आफ़न्त
क़ैले सम्म यस्तै बौलाई रन्छस काठ्माण्डु ?
Morang ,nepal


13-निस्चल प्रेमी कान्छा 
तिम्रो यादमा मन मुटु जलेरै आउछ । 
जवानीको आँदि तुफान चलेरै आउछ 
बैसको भेल उर्लि आउदा समालेर खाख्छु 
मन पोल्छ डाहा हुन्छ बलेरै आउछ 
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत


14-कृष्ण अबिरल 
मलाई आज मिठो क-हानि मा फसाईन उनले।
लोभ्याएर आफ्नो ज-वानि मा फसाईन उनले॥
अनेक आस देखाएर एउटा मिठो रात मागि।
स्वार्थ पुरा भयो बि-हानि मा फसाईन उनले॥
कृष्ण अबिरल
गितानगर-४,,देबनगर
चितवन....


15-Jaya Bhabuk 
मँ तँ काली बेहाल मॉ छु अचेल /
ितम्रै मायॉ जाल मॉ छु अचेल/
सुतेको सुतेई हुन्छन यहॉ तँ,
साच्चै अिनश्छीत काल मॉ छु अचेल/
जयराम िव.क. {जयॉ भॉवुक}धधवार ७ 
बर्िदयाहाल मलेिसया जोहोर,,,,,,

16-श्रीकान्त बराल कहेराज़ 
केहि हुन्छ कि भन्ने आस गर्दा गर्दै 
मन भित्रको निरासालाई नास गर्दा गर्दै 
सकिन्छ यो धर्तिमा आफ्नो बस्ने पालो 
कहिले यता कहिले उता बास गर्दा गर्दै 
कृष्ण मन्दिर चोक 

17-Rai Munkmen Ramesh मुक्तक
हो हजुर को ढाट्ने बानि काईदा लाग्यो 
नहुने कुरो आट्ने बानि काईदा लाग्यो
मिल्यो सपनामा घ्यू हाँस्दै अझ झन
उठेर हात चाट्ने बानि काईदा लाग्यो
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद....


18-Shanti Adhikari मुक्तक
अन्जानमा साटेको मन मौका हेरी फिर्ता गर्छु ।
बन्दगिमा राखेको मन मौका हेरी फिर्ता गर्छु ।।
जाना जानी दु ख कस्ले बेसाउछ र हजुर ।
पिडा भित्र पाकेको मन मौका हेरी फिर्ता गर्छु ।।
-शान्ति अधिकारी
बाके


19-Saroj Dhital 
उदाएका तारामा तिमी छौ..
यो संसार सारामा तिमी छौ..
मनमा, तनमा, मुटु अनि धड्कनमा..
कुवा पोखरी धारामा तिमी छौ..
-डाँछी 3 काठमाडौ


20-नरेश बि.क 'अनुरागि' "गजल"
अहिले सम्म दिन रोएरै बिताए 
सिरानि आसुले धोएरै बिताए
भगबान पनि कता गए कता
डुङगाको मुर्ति छोयरै बिताए 
नरेश बि.क"अनुरागि" बिनायक-2,अछाम
हाल-मुम्मई


21-Causal Ciran 
जुन पाएको छु मैले र तारा पाएको छु।।
एक्लो रात कटाउने साहारा पाएको छु।।
टल्किन्छ्यौ हिरामोती जस्तै अँधेरिमा तिमी
साँच्चै? तिमीसँगै संसार सारा पाएको छु।।
-कौशल किरण


22-Komal Bhatta मुक्तक :-नयाँ नेपाल
******
असुरक्षा,अशान्ति र भ्रस्टाचार
आतङ्क,अपहरण र मारामार
कसरि भन्नु खोई?यो नयाँ नेपाल
सधैँभरि हत्या,लुट र बलात्कार
-कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
मार्च ११,२०१३


23-Devendra Pandeya 
साँझपख एक्लै कालीको तीरमा नजानु
सुनाखरी देखेर राम्रो भीरमा नजानु
सुखदुख बाँडेर जिउनुपर्छ जिन्दगीमा
भोलीलाइ जिउनु हिजो सम्झी पीरमा नजानु
देवेन्द्र पाण्डेय
जोमसोम


24-Bibash Basant Kunwar 
{मुक्तक}¤¤आउछु प्रिय¤¤
अजम्बरी मायालाई बोकेर आउछु प्रिय।
सारा पिडालाई रोकेर आउछु प्रिय॥
तिम्रो त्यो रसिलो अधर चुम्नलाई।
समय अनि सिमालाई तोकेर आउछु प्रिय॥
-बसन्त कुवँर विवश
सुर्यपूरा ५ शान्तिबजार
रूपन्देही
हाल
क्षितिज पारीको बिरानो बस्ति बाट 

25-तिलक निस्कर्ष 
स्वार्थ पाउन्नौ मैले लाको गुनहरु गन्दा पनि 
तन मन सुम्पियर तिम्रै मात्र बन्दा पनि 
आज मलाइ घर को न घाटको बनाउन खोज्यौ ,
तिम्रै आसपासमा हुन्छु सधै भरि भन्दा पनि
रत्ननगर ७ 

26-Mohan Bihani
उस्कै जीवनको फुल बनी फुल्देउ अब,
प्रत्येक पलहरु सङ्गै रम्दै झुल्देउ अब।
तिम्रो र मेरो सम्बन्ध अतित भैसकेछ,
बर्तमानमा खुशी हुदै मलाई भुल्देउ अब।
मोहन बिहानी
भक्तिपुर सात सर्लाही
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger