Home » » मुक्तक मधुरिमा-(2069-12-08/21-03-2013) Download

मुक्तक मधुरिमा-(2069-12-08/21-03-2013) Download

Written By https://mohanbihani.blogspot.com/ on Thursday, March 21, 2013 | 11:36 PM



Muktak Madhurima  
Radio : Radio Chitwan 94.6mhz          
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-12-08/21-03-2013)

आज मिति 2069 चैत्र 8 गते तदनुसार 21-March-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
 Listen Here

 Download :Download from click Here
२०६९-१२ -०८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ....................
01-Raju Poudel 
तिर्खा मात्रै मेटाउने पानि हौकि तिमि
यो दिल भित्र राज गर्ने रानि हौकि तिमि
कुनै बेला ढकमक्क म फुल्न नसक्दा
भुर्र उडि अनत कतै जानि हौकि तिमि
-राजु पौडेल,
रूद्रपुर रुपनदेहि,
दोहा कतार


02-Prem Dhami Chhetri
हराएको माया खोज्दैछु म यो सहरमा।
भेटिन्छ कि दाया बाया खोज्दैछु म यो सहरमा।।
दिन पनि औँसीको त्यो कालो रात झै भएपछि
अचेल आफ्नै छाया खोज्दैछु म यो सहरमा।।
प्रेम धामी क्षेत्री
दहबगर छ बझाङ
हालः कपन, काठमाण्डौ


03-Ram Sharan Shrestha
जनताको पालो आउँदै आएन ।।
देशमा उज्यालो आउँदै आएन ।।
जिन्दगीको बाटो उकालै उकालो
कहिल्यै ओरालो आउँदै आएन ।।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

04-नरेश बि.क 'अनुरागि' मुक्तक
रुदाँ रुदै जिन्दगिमा हास्नै पर्ने रैछ।
दुखिले नि यो सँसारमा बाच्नै पर्ने रैछ॥
मुटु भरी पिडा कस्ले देख्छ यहाँ।
तर पनि हाँसो खुसि साच्नै पर्ने रैछ॥
-नरेश बि.क'अनुरागि'
बिनायक-2 अछाम
हाल-मुम्बई


05-Amrit Jaishi
शिर्ष नेताहरु भन्छन चुनाबको मावल बन्दैछ।
निर्वाचन आयोग भने 90 दिन बाकि गन्दैछ।
चार दलिय सिन्डिकेटको अन्य गर्न -माओवादी।
बन्दुक बोकी फेरी जंगल अब हिन्छु भन्दैछ।
अमृत जैशी
Bajura Kuldevmandu 3 Thuma
Now-Dhangadhi


06-Anuragi Binod Gaire
चाहेर टाढा को हुन्छर यहाँ?
खुसिमा पनि को रुन्छर यहाँ?
चल्नै पर्ने बाध्यताले पो हिडिन्छ नत्र,
अप्ठेरो बाटो को चुन्छर यहाँ?
-अनुरागि बिनोद
हाल क्षितिजको देशबाट
(अन्जानमा गल्ति भए प्रतिक्रियाको अपेक्षा गर्दछु)


07-Khadga G Magar
ड्याड भंछ छोरो बिग्र्यो, तरुनी को भेट्ले गर्दा/
मामु भंछ छोरो बिग्र्यो, मोबाईल को सेट्ले गर्दा //
गांठि कुरा कस्लाइ थाहा, के ले बिग्र्यो छोरो यहाँ /
म त भंछु बिग्र्यो छोरो, फ़ेसबुक र नेट्ले गर्दा // D.D.D.
-खड्ग जी मगर
उरहरी 2 दांग


08-अर्जेल मायाको शागर अर्जेल
दुख:अनी पिडाहरु शँगालेर रुन्छु
याद आउँदा तिम्रो तस्बिर अँगालेर रुन्छु !
भित्रै देखी भक्कानो फुटेर आँउदा यो मनलाई
सम्माल्न नसकी भिरबाट फँगालेर रुन्छु


09-Dipendra Chapagain
नकराउनु यहाँ कसैको यादमा हराएको छ उ
प्रेमिकालाई सुनाउन केहि शब्द कराएको छ उ
नगर्नु थियो चोखो माया, जब फेला परेपछि
न बाँच्ने न त मर्ने कस्तो हाला गराएको छ उ ।
दिपेन्द्र चापागाँई, कपिलवस्तु, लुम्बिनी ।
हाल–मुम्बई


10-साहित्यप्रेमी कपिल लामिछाने
जति रोज्छु फुलहरु ओलिएर झर्छन् किन ??
पलाएका मनका ईच्छा मनभित्रै मर्छन् किन ??
चाहानालाई पुरा गर्न सन्तुष्टिको साधन बनाई,,,
दुई दिनलाई मेरो हजुर भनि माया गर्छन् किन ??
<< साहित्यप्रेमी कपिल लामिछाने दाङ्, तुल्सीपुर>>>
हाल दोहा, कतार बाट..!!!


11-Bikalpa Babu 
जबसम्म बिकल्प जिउँदो हुनेछ
त्यहि भट्टीमा सराब पिउँदो हुनेछ
उसैलाइ म मरेको खबर पठाउछु
तिम्रो शिरमा जस्को सिउदो हुनेछ
-बिकल्प बाबु
गितानगर 1,चितवन 


12-Madan Muskan Khatri *
हिजो एक्सिडेन्ट भो birek भाचिएको थियो /
रगत धेरै बग्यो हात काटिएको थियो//
साचिएका सपनाहरु, चक्नाचुर हुने रहेछन |
धन्न प्रभु बाच्न पाए, काल लिन आतिएको थियो //
मदन मुस्कान खत्री
उरहरि दाङ हाल .study in india


13-Bishnu K Gautam
बिध्द्रोहको आगो दन्काएर आउँदैछौं
नारा अनि जुलुस घन्काएर आउँदैछौँ
तिम्रो दुसित राजनिति,खेल अन्त्य गर्न
प्रतिगामी स्वर रन्काएर आउँदैछौं
-बिष्णु गौतम
मल्म-४,बाग्लुङ
हाल:बुटवल


14-Bibash Basant Kunwar -------मुक्तक-------
माया गर्छु भनि मलाई नाता अन्तै जोडे पनि।
सहयात्री बनाई मलाई पाईला अन्तै मोडे पनि॥
भो भो अब चाहिदैन स्वार्थी अनि जाली माया।
दुख छैन तिम्रो मलाई बिच बाटो मै छोडे पनि॥
-बसन्त कुवँर विवश
सुर्यपूरा ५ शान्तिबजार
रूपन्देही
हाल
क्षितिज पारीको बस्ति देखी
<<<<<गीत >
माया मार्यौ तिमीले एक्लै पार्यौ तिमीले मर्छु अब त सायद मर्छु अब त .......
मदन खनालको शब्द मा भोगाइ एल्बम वाट स्वरुप राज आचार्य को आवाजमा ........


15-Saroj Dhital
आशा गर नेपाली हो संविधान बन्छ रे..
सारा नेपाल समेट्ने गान बन्छ रे..
सगरमाथा, लुम्बिनी, यार्सागुम्बा काँडे भ्याकुर..
तीन करोड नेपाली को सान बन्छ रे..
-Danchhi 3 ktm.


16-Rai Munkmen Ramesh मुक्तक
बिनासिति साथिहरु बम्किन्छन फेसबूकमा
थाहा नदिइ सुस्त लम्किन्छन फेसबूकमा
कुरा गर्‍यो कुरा कै दु:ख भने झै गाँठे यहाँ
बुढीमाऊ,बुडाबाऊ चम्किन्छन फेसबूकमा
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...


17-Jaya Bhabuk
सुन्नुस ल बानि पर्देशी को /
सघै भीज्छ िस-रानी पर्देशी को/
सपनाको संसारमा हराई हराई,
अनि हुन्छ िव-हानी पर्देशी को
/जयराम िव.क.(जयॉ भॉवुक)
धधवार ७ बर्िदयाहाल मलेिसया जोहोर,,,


18-Bhola Dhital
बालूवाटार छाडी आज गयौ बाबुराम
तिमीपनी हातमा शुन्य भयौ बाबुराम
आशै आशमा जनताले बिताएथे तिम्रो काल
न बज्यो बंशि न रह्यौ बाबुराम
-डाँछी-3,काठमाँडौ


19-Mohan Bihani मुक्तक
*******************
लठ्ठिएको छु तिम्रो नशालु नजरमा,
लोभिएको छु तिम्रो गुलाबी अधरमा।
मधहोशी छु तिम्रो रुप र यौवनमा,
सहभागी हुन तयार तिम्रो हर सफरमा।।
copyright @ मोहन बिहानी
भक्तिपुर सात सर्लाही
2069-12-02


20-अन्जान श्रेष्ठ अभागी कान्छीबजार स्याङजा
~~~~~~मुक्तक~~~~~~
गुलाफी ओठ मन्द मुस्कान तिम्रो स्पर्शीमा ।।
गाजलु आँखा नसालु स्वभाब तिम्रो स्पर्शीमा ।।
संसारकी राम्री मान्छे कस्लाइ मन पर्दैन र ।।
त्यही राम्री मान्छेको चुम्ने चाल तिम्रो स्पर्शीमा ।।
अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा


21-निस्चल प्रेमी कान्छा
बसेकोछु नोकरिलाई जमाएर प्रदेशमा
केहि गर्न सकेन खै कमाएर प्रदेशमा
घरको सबै जिम्वेवारि मै माथी थपिएसी
घर बिर्सि बस्ने छैन रमाएर प्रदेशमा
-निस्चल प्रेमी कान्छा
गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत


22-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
तिम्रो याद्ले मुटु जल्छ रात काट्न गारो हुन्छ /
जसो तसो दिन ढल्छ रात काट्न गारो हुन्छ //
छिन छिनमा कोल्टे फेर्दै निदाउन खोज्छु म /
यो मुटुमा छुरा चल्छ रात काट्न गारो हुन्छ //
hetauda,,, hal- doha qatar


23-श्रीकान्त कहेराज़
नेपालि लाइ एकतामा बेर्न बाकि छ
देशको मुहार एकपटक हेर्न बाकि छ
कुर्ची फेरिदैमा देश काहा फेरिन्छ र
देश कता जाने हो खै हेर्न बाकि छ
कृष्ण मन्दिर चोक


24-Shanti Adhikari मुक्तक
जुन हेरे तारा हेरे अनि हेरे तिम्रो मुहार ।
माया हुदा हुदै एक्लो बनि हेरे तिम्रो मुहार ।।
भन्नै पर्छ भन्यौ माया मेरो साथ बिना तिम्लाई ।
हसाई राख्ने को नै होला भनि हेरे तिम्रो मुहार ।।
-शान्ति अधिकारी
कोहलपुर बाके


25-सनम गोले मुक्तक
जुन छुने लक्ष्य थियो छुन सकिन।
जीन्दगीमा असल मान्छे हुन सकिन।
छातीभीत्र निको नहुने चोटहरू छन
तर पनि हाँस्नु पर्दो रहेछ रून सकिन।
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

26-तिलक निस्कर्ष
लंकामा सुन भय पनि बुच्चै कान हुन सक्छ
त्यता मान भय पनि यता अप-मान हुन सक्छ
त्यसैले त जहा छौ त्यहि बस सानु तिमि ,
यता आय नज़रको हाना-हान हुन सक्छ ........
रत्ननगर-७,चितवन

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger