Home » » BULBUL 179 : (30-01-2013/2069-10-17) - Download

BULBUL 179 : (30-01-2013/2069-10-17) - Download

Written By NepaliTalim on Wednesday, January 30, 2013 | 7:57 PM

ADIO UJYALO 90Mhz PRESENTS 
BULBUL EPISODE - 179  
Host : Achyut Ghimire   
Date :(30-01-2013/2069-10-17) 
FB : Facebook Page
 
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति २०६९ माघ 17 गते तदनुसार 30 जनवरी 2013 मंगजबार का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 179) लिएर उपस्थित हुनुभएको छ ।  


बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।  बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद ।   बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला । 

Listen and Download

  Download : Click Here to Download Episode 179
बुलबुलको यो अङ्कमा बाचनभएको मेरो गजल   


गजल
------------------------------------------------
नजुधाई आखाँ तरेको पो राम्रो
लुकिछिपी माया गरेको पो राम्रो।
  
दु:खमा त भिजेकै हो नि परेली
खुशीमा हर्षासु झरेको पो राम्रो।
  
 बसौ ए हजुर आउनुस भन्दा,
नाई भन्दै वर सरेको पो राम्रो।

रिसाउँदा राम्रो लाग्छ मलाई त
हाँस्दा  डिम्पल परेको पो राम्रो।

मायामा बदनाम  हुनै परेसी,
बिहानी कै साथ मरेको पो राम्रो।

copyright @मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०६९-०८-२४ आईतवार


Listen All Previous Episodes:
Thank you
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger