Home » » मुक्तक मधुरिमा-2069-10-18 Listen & Download

मुक्तक मधुरिमा-2069-10-18 Listen & Download

Written By https://mohanbihani.blogspot.com/ on Thursday, January 31, 2013 | 8:34 PM


Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
  
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :(2069-10-12/25-01-2013
 

आज मिति 2069 माघ 18 गते तदनुसार 31-Jan-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।   
         
Listen and Download 

Download : Click Here to Download
Listen All Previous Episodes


२०६९-१०-१८ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-Jaya Bhabuk
ितमी संगै न्यानो मायॉ साट्ने भन्या छु!
ितमी संगै पीरतीको डोरी बाट्ने भन्या छु!
ितमीलाई सोध्नु पर्छ िवचार ितम्रो के छ,
ितमी संगै यो िजन्दगी काट्ने भन्या छु !
-जयराम िव.क. जयॉ भॉवुक
धधवार 7 बर्िदयॉ ,हाल मलेिसया

02-Mohan Bihani
नयाँ काम गरौ भनि न आँटेको धेरै भो।
मधुशाला गई प्याला न चाटेको धेरै भो।
चिसो मौसममा पिउने बहाना त अनेक छ,
सम साँझमै जमघटमा न मातेको धेरै भो।


03-Khadga G Magar
दुईचार पैशा कमाउदैमा, मांछे ठूलो हुन्न साथी
डलर संग रमाउदैमा, मांछे ठूलो हुन्न साथी //
तस्करि र कालो धंदा, जाल साजि किर्ते गरि,
हरिया नोट समाउदैमा, मांछे ठूलो हुन्न साथी //
खड्ग जी.एम.
उरहरि ,दांग


04-मोहन रावल अनमोल 'अस्तु' ______मुक्तक
फूलहरु फुल्छन् किन म सोचि रहेछु...!!
माहुरी डुल्छन् किन म सोचि रहेछु...!!
बनावटि प्यार दिएर धोकेबाज...!
चटक्कै भुल्छन् किन म सोचि रहेछु...!
मोहन रावल अनमोल 'अस्तु' बान्नातोली पाचँ अछाम
हाल_क्षितिज पारिबाट


05-श्रीकान्त बराल कहेराज़
खोज्न कता जाने होला इ-मान हरायछ
नेपालीको आज कठै संबि-धान हरायछ
नेत्रित्वो वर्ग नै लाचार अधर्मी बने पछि
नेपालि हु भन्दै गर्ब गर्ने शान हरायछ
कृष्ण मन्दिर चोक

06-Nabaraj Dhakal Nabodit
ब्यर्थै आशु किन झार्छस ? भन्यो आफ़्नै परेलीले ।
जीवनदेखि किन हार्छस ? भन्यो आफ़्नै परेलीले ।
छोडिजाने निस्ठुरी त्यो मरि भनी चित्त बुझा !
आफ़ैलाई किन मार्छस ? भन्यो आफ़्नै परेलीले ।
Morang ,nepal


07-Prem Dhami ~~~~मुक्तक~~~~
अलमलमा छु,मेरो काँनेर भूल भयो।
नियतमै खोट,तिम्रो जानेर भूल भयो।।
साँचो माया गरि,मन मुटु दिदापनि,
मलाई तिम्ले पराई, ठानेर भूल भयो।।।।
Prem dhami
Dahabagar 6 Bajhang
haal:kapan Kathmandu


08-सनम गोले
संग्लो पानी धलमलाउन नखोज।
यता उत्ति गर्दै अलमलाउन नखोज।
हत्केलाले सुर्यको उज्यालो छोपेर
अध्यारो सम्झी सलबलाउन नखोज।
-सनम गोले
दामन मकावनपुर
हाल मलेशिया


09-साहित्यप्रेमी कपिल लामिछाने
देख्या छैन आज भोली दामी भै छो रे!!
शुन्दरता फुल सरि नामी भै छौ रे!!
नशालु ति आखा तिम्रा गुलाबी ओठ सँगै,
दुनियाको नजरमा हरामी भै छौ रे!!
कपिल लामिछाने
दाङ्, तुल्सीपुर
हाल दोहा,कतार बाट...


10-Bibek Dulal मुक्तक
बिरुवा रोप्यौ यो कुनै गुन होइन
नयन छोप्यौ यो कुनै जून होइन
अब भन तिम्रो हर्कतलाई के भनौ
प्रेमले घोप्यौ यो कुनै चानचुन होइन .
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी ,यु ए इ .


11-Rai Kumar
धरती ओछ्याई आकाश ओढ्नु छ यहाँ।
भुमरीसंग उष्णतालाई छेल्नु छ यहाँ।
मूल देशलाई के थाहा परदेशको गाथा
पल पल मरेर सधै बाच्नु छ यहाँ।
-सौ कुमार राई"कुमार"
जुभिंग २ सोलिखुम्बु
हाल रियाध साउदी


12-Rai Munkmen Ramesh मुक्तक
अञ्जान बाटोमा कहिलै म टेक्ने गर्दिन
हत्केलाले सूर्य लाइ म छेक्ने गर्दिन
देखेको जति सपना कुनै अपुरो छैनन
कारण जून झार्ने सपना म देख्ने गर्दिन
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...


13-Rohit Rana "मुक्तक"
तिमीलाई मेरो आफ्नै भन्ने मन थियो
म पनि त तिम्रै मान्छे बन्ने मन थियो
अन्तमा आइ अर्कै चुन्यौ जीवन साथि
तिमीलाई आफ्नै भनि गन्ने मन थियो
-रोहित राना
बुटवल-१३रुपन्देही
हाल- काबुल,अफगानिस्थान


14-Raju Poudel
मेरो दिलको राजा भनेपछि तिम्ले मलाइ
तिम्रै याद भएको छ दिल जलाउने सलाइ
सम्झनामा आउछयौ तिमि चित्र बनाउनै जानदिन
त्यसैले त मुक्तक लेख्छु निर्जिब यो कलम चलाइ
-Raju poudel
Rudrapur Rupandehi
Doha Qatar


15-Shanti Adhikari "मुक्तक"
जे पनि हुन्छ यहाँ जोसमा नै हुन्छ ।
गल्तिहरु सबै बेहोसमा नै हुन्छ ।।
जब आँखा खुल्छ ईज्जत सोच्छ मान्छे ।
हुनै नपर्ने कुरा रोसमा नै हुन्छ ।।
-शान्ति अधिकारी
बाँके कोहलपुर


16-Bishnu K Gautam
सास उड्यो र मुढा भयो बिर थियो हिजो सम्म
के खाने के लाउने त्यहि पिर थियो हिजो सम्म
धन कमाउने आसै आसले खाडिमा ज्यान गुमाएछन
खालि भयो उनको सिउँदो अबिर थियो हिजो सम्म
बिष्णु गौतम
मल्म-४,बाग्लुङ
>गीत >
तिम्लाई खुसि देख्न पाय चाहिदैन अरु केहि पनि
तिम्रै नामको एउटा ज्यान छ धितो राख्छु बरु त्यहि पनि .......दुर्गा परियारको आवाजमा .....


17-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
अब बिहे गर्ने बेला भयो,कस्तो केटी छान्ने होला
जथाभावी ल्याइयो भने, टुपी समाई तान्ने होला
सोझी घरगरी खाला जस्ती,भेट्नै गारो नेपालमा
पाइन्ट लाउने पर्यो भने,घर कसरी धान्ने होला ?
-चुरियामाइ -९ शिखरपानी हेटौडा मकवानपुर
हाल - दोहा कतार

18-एस पि माथवर पुर्णबिराम मुक्तक
मेरा लागि चोखो माया सँगालेको भए ।
हुन्नथे पागल तिम्ले अँगालेको भए ॥
मैले सुने नौनि मनको धनि छेउ रे।
के हुन्थ्यौ प्रिय त्यो मन पगालेको भए ॥
नाम~तपाई कै भाई छोरो साथी एस पि माथवर
ठेगाना ~ दाङ देउखुरि गंगाप्रस्पुर हाल दोहा कतार


19-निस्चल प्रेमी कान्छा
धोका दिई बिचबाटोमा बाँचेर खै के भो ?
चोखो मायाँ मनभरी साँचेर खै के भो ?
तन मन दिएकै हो कमी महसुस भएछ
तिम्रो लागी पुष्प बोट भाँचेर खै के भो ?
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत


20-Baral Suryamani
कसलाई सुनाउँ यो जगतको कुरा ।
यो जिन्दगी खै उफ्!! फगतको कुरा।।
आशा टरेको अनि चट्टयाङ परेको बेला।
आँखा बाट झर्ने आँशु या रगतको कुरा ।।


21-अजान श्रेष्ठ (अभागी) मुक्तक~~~~~~
जुनि जनि म हुनेछु तिम्रो स्पर्शीमा ।।
तिम्रै यादमा म रुनेछु तिम्रो स्पर्शीमा ।।
जति टाढा किन हुन्छ माया गाढा
आशुले मुहार धुनेछु तिम्रो स्पर्शीमा ।।
अजान श्रेष्ठ (अभागी)
कुवाकोट कान्छीबजार स्याङजा
हाल (pune) India


22-Arpan Chhetri
आकाश बाट उत्रीएकी परी जस्तै तिमी
सावनैकॊ नरॊकिने झरी जस्तै तिमी
भाग्य मेरॊ उस्तै रैछ लेख्यॊ अनि मेट्यॊ
डस्टर ले नै मेटाई दिने खरी जस्तै तिमी
-अर्पण छेत्री
दमक-5 झापा
हाल- जॊहॊर,मलेसीया


23-तिलक निस्कर्ष
खुलेयाम हिडे बेइमान , सज्जन लुकिरहेछन
नेता र कुकुर उस्तै ,समान भै भुकिरहेछन
यस्तो हुदापनि, कति कुर्ची मोह, गर्नुहुन्छ हजुर ,
सारा जन जनले, यो सासन, लाइ थुकिरहेछन..
रत्ननगर ७

24-Surya Chemjong सूर्य चेम्जोङ
मलाई यो सधैँ सधैँ भन्थ्यो जिन्दगी
तिमी साथ भए के के बन्थ्यो जिन्दगी
यसैले त साथ भयौँ दुई घाम जून
बेग्लै भए सधैँ रात रन्थ्यो जिन्दगी


25-Amrit Shrestha
यी हातले बालेको दिप बलेन उस्कोलागि
मेरो मायाले कसैगरी छ्लेन उस्कोलागि
यो कस्तो बिडम्बना सहदै छु आमा म?
मैले छोएको पानी पनि चलेन उस्कोलागि
(Amrit shrestha pokhara kaski)


26-Artimus Siru
बिहानै तस्बिर हेरेर टोलाई रहें !
वरिपरि छौ कि भनी बोलाई रहें !!
छेउमा बस्छौ कि मेरै नजिक सरी !
मन्द मुस्कान हेरी मुटु जलाई रहें !!
सुमित्रा अधिकारी
गोरखा


27-Causal Ciran
जब डाँडामाथी घाम डुब्छ मेरो उज्यालो सुरु हुन्छ।।
तिम्रो याद सँगै नसामा बहकिने पालो सुरु हुन्छ।।
तिमी थियौ र पो सहेको थिएँ ति हरेक दुखहरु
तिनै दुखहरु बोकी यात्रा गर्ने उकालो सुरु हुन्छ।।
#कौशल किरण

28-Ashish Danai
सहिदको सालिक बनाएर के काम
सालिकलाई माला लगाएर के काम
सहिदको सपना पुरा हुदैन भने
केबल आश्वासन देखाएर के काम ।।
-आशिष दनाई
बेसिशहर लमजुङ
२०६९-१०-१७
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger