Home » » मुक्तक मुधुरीमा, (2069-06-4/20-09-2012)Download

मुक्तक मुधुरीमा, (2069-06-4/20-09-2012)Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, September 21, 2012 | 6:12 AM

( मुक्तक मधुरिमा ) 
Program : Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz 
Time : Turusday 9.15pm 
Host : Ramu Acharya 
Date : (2069-06-4/20-09-2012)

आज मिति 2069 असोज 4गते तदनुसार 20  Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।



Download:Down load From Click HERE size9.6MB

२०६९-०६-०४ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Gobinda Acharya Maya 
तिमी आयौ जिन्दगीमा लाग्यो वहार आए जस्तो
जिउँने रहर वढ्दै थियो सहयात्री पाए जस्तो
कोपिलामै झर्नु रैछ विश्वासका यि थुंगाहरु
पाइला मोड्यौ निष्ठूरी भाछ मुटू खाए जस्तो
-गोबिन्द आचार्य माया
बिरेन्द्रनगर -७,चितवन
हाल: साउदी अरब, अल खोबर

02-न्यौपाने माइला
यती राम्री छौ कि जुन सँग दाज्न सक्दिन !
संगीत का सबै धुन्,सँग दाज्न सक्दिन !!
जुगौ जुग बचाउने छ मलाई त्यो माया ले अनि,
अमृत को त्यो गुण्,सँग दाज्न सक्दिन !!
-न्यौपाने माइला
डुमरवाना, बारा हाल UAE
अब बाट मुक्तक मधुरिमा यो पेज बाट पनि download गरेर सुन्न सक्नु हुनेछ....
https://www.facebook.com/piratikodori

03-Mohan Bihani 'छेस्का'
नजरको बाण हानेकै हो,
स्वरुपले तिम्रो तानेकै हो,
हजारौको भिड बिचमा पनि,
तिमीलाई मैले छानेकै हो।
Copyright@--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --
http://mohanbihani.blogspot.com/

04-Rai Munkmen Ramesh मुक्तक
कोहि आउने र कोहि जानेले जिन्दगी छेकिन्न
मन परेको कुनै पनि चिज को मूल्य लेखिन्न
स्वर्ग जान ईच्छा हुने मर्नु भन्दा पछि हट्ने
मरण भन्दा पहिलै नै त पक्कै स्वर्ग देखिन्न
-राई"मुक्मेन"रमेश
हाल-साउदी:

05-Khadga G Magar प्रदेशि चेलिको पिडा (मुक्तक)
यसपालिको तिजमा पनि, आउन पाईन आमा
रातो सारि चुरा पोते, लाउन पाईन आमा //
प्रदेशका दुःख पिडा, मनै भरि सांची
बेदनाक स्वरहरु, गाउन पाईन आमा //
खद्ग जी.एम.
कतार बाट

06-Arjun Chaudhary
धुजा धुजा भएको मुटु सिलाई देलन प्रिर्या,
धन छाडि मन सँगै मिलाई देउन प्रिर्या,
तिमी उता म एता तडपिएर बस्नु भन्दा,
स्वीकार्य छ बिष घोली पिलाई देउन प्रिर्या....
ARJUN CHAUDHARY,PADAMPUR 6@

07-श्रीकान्त बराल कहेराज
आऊ नेपालि देश लाइ बचाउनु पर्ने भाछ
देश सारै बिमार भो जचाउनु पर्ने भाछ
परदेशको पसिनाको ट्याक्स पनि खान्छन नेता ,
आऊ इ नेता लाइ जमिनमा पचाउनु पर्ने भाछ ....
कृष्ण मन्दिर चोक

08-मोहन रावल अनमोल 'अस्तु' ______"मुक्तक"_______
ऊन्ले सोधे तिम्रो अस्तु मरिसक्यो भनिदिनु ।।
फक्रिएर पुस्पक ओईलि झरिसक्यो भनिदिनु ।।
सानो अस्तु झुपरे बष्ति बाढि आई बगाई लिदा ।
बाध्यताले अन्तै बासाई सरिसक्यो भनिदिनु ।।
-मोहन रावल अनमोल "अस्तु" बान्नातोलि-5{अछाम}
हाल-बिरानो शहर मुम्बई
+918291079880

09-Nirdoshi Pokhrel
तिजमा दिदि खुसियाली छाउन पाईन।
साथमै बसी गित मैले गाउन पाईन॥
भेट भएन भनी दु:खी नहुनु होला।
बाबालाई भन्छु म लिन आउन पाईन॥
lokbahadurpokhrel(nirdoshi)
benimadipur~7 devi nagar tadi nawalpresi.... Hall~mumbai..india

10-अभागी कान्छा गाउले >>>>>
माया गर्छु भनेर, तन सारेर जानेलाई !
चोट हजार दिई, मन मारेर जानेलाई !!
ठेस नलागोस, हरेक पाइला पाइलामा
देखावटी मलाई, आशु झारेर जानेलाई !!
-अभागी कान्छा गाउँले
तोपगाछी, झापा <<<<<

11-Bus Anta
राती राती सुटुक्क आउन प्यारी मलाई भेट्न,
धेरै दिन भाईसक्यो आउन प्यारी प्यस मेट्न।
घरी घरी नतडपाउन बाँच्न मलाई गाह्रो भयो.
चोखो माया गरिसके, नखोज प्यारी मुटु रेट्न।
-from basanta bhattarai....
chabahil ktm

12-Baral Suryamani
खुशि तिम्रो घटेको देख्नु नपरोस् जिन्दगीमा।
दुःखको कुनै कहानी तिम्रो लेख्नु नपरोस् जिन्दगीमा।
सँधैभरी हाँसि राख्नु माया प्रेम गाँसि राख्नु,
फूलै फूल होस्बाटोभरी काँडा टेक्नु नपरोस् जिन्दगीमा।।
-घट्टेकुलो काठमाण्डौ

13-अर्जेल मायाको शागर अर्जेल
"हाँसी हाँसी बिताईरहेछु दुख का पलहरु!
मनमै लुकाएर राखेको छु आँशु का भलहरु
अझै पनी संघर्ष म गरिरहे को छु
मिल्छकी भन्दै यहाँ परीश्रम का फलहरु

14-Saroj Dhital
बिष रैछ जिवन यहा जिउँदा जिउँदै मरे..
मात रैछ जिवन यहाँ पिउँदा पिउँदै मरे..
उद्रिएछन् लक्षहरु च्यातिदै छ जिवन पनि..
च्यातिएको मेरो जिवन सिँउदा सिँउदै मरे..
-डाँछी 3 काठमाडौ

15-Nabaraj Kharel
खडेरीमा एक थोपा, पानि खोज्दै आँए म त ।
अब पानि पिलाउने, नानी खोज्दै आँए म त ।।
सुख दुःख हास्दा रुदा जिन्दगीमा साथ दिने,
माया गर्ने मायालुको, खानी खोज्दै आँए म त
Nabaraj kharel danchhi 9,ktm
Mero fan banna chahane haruko lagi mero mobile no.9841232064

16-Ram Sharan Shrestha
उस्ले चाहेकै पार्टी सरकारमा छ ।।
त्यसैलेत जागिर पनि भन्सारमा छ ।।
मौका यहि हो केहि गर्नेपर्छ भन्दै
बेर्फुसदी उ अति हतारमा छ ।।
राम शरण श्रेष्ठ
चिसापानी ६ , रामेछाप ।
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु सुन्न र डाउनलोड गर्नको लागि चिसापानी नेपाल
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima लगइन गर्नुहोला ।

17-Raag Gazmer Raz
तिर्दैछु दस्तुर जिन्दगीको
के थियो कसुर जिन्दगीको
के थाहा यो चोला यति महँगो होला
आँशु भो जरुर जिन्दगीको

18-Amrit Shrestha
दिल भित्र उस्को तस्वीर थमाउनु बेकार थियो
उसै सँग केही बेर रमाउनु बेकार थियो
छाडी जाने धोकेवाजलाई भन्नु के छ र ?
जुनि सगै काट्छु भनि हात समाउनु बेकार थियो
(Amrit shrestha pokhara 12 kaski)

19-Gyan Tramu Magar <मुक्तक>
एकअर्का विना पनि जिऊनु सक्नुपर्छ।
प्रलय आए जहर पिऊनु सक्नुपर्छ॥
भन्ने गर्ने शब्दहरु भर्खर जस्तो लाग्छ।
तिम्रो पालो अब मुटु सिऊनु सक्नुपर्छ॥
-ज्ञान तरामु <सेतु>
ठुलोलुम्पेक चार
कसिंन्थला गुल्मी
हाल (दृष्टि-वाटिका साहित्य समाज) मुम्बई भारत

20-Ashish Danai मुक्तक
गरिबलाई झुपडीकै बास नेपालमा
कसको गर्ने गरिबले आश नेपालमा
राजतन्त्र मेटिएर गणतन्त्र आयो तर
गरिबलाई कहिल्यै हुन्न खास नेपालमा
-आशीष दनाई
बेसिशहर, लमजुङ
Click to Listen And Download Muktak Madhurima---
www.ashishdanai.com.np

21-Krishna Prasad Simkhada
पहिलो पटक मन पराय तिम्रो रुप हेरे
दोस्रो पटक माया लाग्यो तिमीलाई खुब हेरे
तेस्रो पटक परिचय भयो नाम थाहा पाय तिम्रो
चौथो पटक लुकी लुकी तिम्रो फेसबूक हेरे
-कृष्ण प्रसाद सिम्खडा
-गितनगर्-४

22-Jyoti Khatiwada Anischit
यो मुटु अहिले चस्कँदो छ बेसरी
सम्झनामा तिमी नआईदेउन घरिघरी
याद तिम्रो भुलाउन जहर नै पिउँ कि
तिमीलाई भुल्न सकिन मैले कसैगरी ।
-ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा
हाल त्रि चन्द्र वहुमुखी क्याम्पस ।

23-निस्चल प्रेमी कान्छा
मन तिम्रो खाली भए आऊन पृत लाईदिन्छु
भन्छौ भने तिम्रो निम्ती चितवन तिर धाईदिन्छु
संगीनीको खोजी गर्दै निस्चल मन समालेर
जुनीभरी हासी खुसी जिन्दगीम सजाईदिन्छु ।।
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि - वाटिका साहित्य समाज मुम्बई भारत

24-Mahesh Jung Thapa
भन्दै हिड्छे रे उ, उसले मलाइ छाडि रे।
मेरो छायाँ पर्दा सामु, उसले आँखा माडि रे।।
पुणिमाको रात पनि औँसि लाग्न थाल्यो अचेल,
मलाइ भन्थि उसको माया, अर्कै संग बाडि रे।।
-महेश जंग थापा
कुशादेवी-4, काभ्रे
हाल ;बसुन्धारा, काठमाण्डौ

25-Lalu Gm
सकिन नी तिम्रो दिलमा, डेरा जमाई बस्न सानु।
चोखो पिरतीको नाता, जुनी भरीलाई कस्न सानु।।
झुटो मायामा लठ्याएर, अर्कैसंग रमायौ तिमी।
बाध्यछु आज तिम्रो दिलको गहिराइमा फस्न सानु।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया

26-Thapa Kale Magar
कोइली भन्छ नरौं तिमी मेरोनी उस्तै कथा छ।
जिन्दगीले थगेपछि बिरक्तीएको ब्यथा छ।।
न्याउली भन्छ जाऊ कही एकान्तको बस्ती तिर।
गरिब मारी ढुकुटी भर्ने देश्को यस्तो प्रथा छ।।।।
-मनु थापा ठूलो लुम्पेक एक गुल्मी हाल प्रदेशी भूमी मुम्बई भारत।।।

27-Surya Chemjong
तिमी नै भन त के म त्यो संग रिसाऊँ?
तिमीलाई चाहने जो-जो संग रिसाऊँ !
सताउँछौ तिमी छौ र पो त आफ्नो भन्ने
तिमी संग नरिसाए,को संग रिसाऊँ ??

28-Dipak Karakheti मुक्तक
दियो जतै बल्दैछ, यो बिरनो मुलुकमा
साझामा सधैं जल्दैछ, यो बिरनो मुलुकमा //
जता हेर्यो उस्तैछ , यो पैसाको माहुलो
असल साथी भुल्दैछ, यो बिरनो मुलुकमा //
-दीपक काराखेती
हाल:- अबुधाबी(UAE)

29-Bikalpa Babu 
बगेर आशु आँखाको मुलमा सँजाए तिमीलाइ
मन्द बास फैलाउने फुलमा सँजाए तिमीलाइ
दोधार मन सोच्छ हजार आज किनकिन
मार्ने दिल तिखो शुलमा सँजाए तिमीलाइ
-बिकल्प बाबु
गितानगर चितवन

30-Dipendra Chapagain
आइदिन्छ सम्झना घात दिने निष्ठुरीको
तड्पाई तड्पाई रात दिने निष्ठुरीको
माया गाँसिनु र छुटिनु त रित भएछ
घातक एक नजरले मात दिने निष्ठुरीको ।।
दिपेन्द्र चापागाँई, कपिलवस्तु ।
हाल मुम्बई

31-स्याङ्जाली रमेश मुक्तक
छुट्टै अनौठो कहानी छ उस्को
क्या मस्त मस्त जवानी छ उस्को
दुनियाँ सारा लोभिंएकै देख्छु
त्यो हेर्ने नजरै बैमानी छ उस्को
©
स्याङ्जाली रमेश
मरुभूमिको छातीबाट
स्थाई घर अर्जुनचौपारी

32-Umesh Shrestha
बादलहरु जिस्काऊँछन् तिम्रै ईशारा मा
घरि घरि मुस्कुराऊँछन् तिम्रै ईशारा मा
सम्झी तिमीलाई मुस्कुराऊँछु फेरी मन उस्तै
हावा पनि सुम्सुम्याऊँछन् तिम्रै ईशारा मा
(उमेश श्रेष्ठ "गुम्सिएका मन को बहार" )
चिसापानी-४ रामेछाप

33-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
को छ म संगै बाँच्ने अनी म संगै मर्ने ?
मेरो हातको चुरापोते अनी सिन्दुर भर्ने
कोही छ भने आऊ तीजको मेलामा भेट्न
हामी त्यहि तीजको मौकामा भागेर बे'गर्ने
hetauda makawanpur hal doha qatar

34-तिलक निस्कर्ष
तिमि थियौ माया गर्ने, पिडा पनि दियौ तिम्ले
मेरा सपनाको केन्द्र हरु नछोडेर लियौ तिम्ले
म पनि त तिमि बाट धेरै टाढा पुगी सके ,
गुनासो केहि छैन बाकि, पराइ संग जियौ तिम्ले
रत्ननगर ७

35-अविरल भण्डारी
कसैले नदेख्ने अदृश्य साश हैन अविरल
शोसक र सामन्तीको दाश हैन अविरल
यो धर्तीमा जन्मे पछी केहि गरेर छाड्छ छाड्छ
देश को निम्ति जिउदै मर्या लाश हैन अविरल
कुमरोज ३ गबई

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger