Home » » मुक्तक मुधुरीमा, (2069-05-28/13-09-2012)Download

मुक्तक मुधुरीमा, (2069-05-28/13-09-2012)Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, September 14, 2012 | 4:13 AM

( मुक्तक मधुरिमा )
Program : Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-05-28/13-09-2012)

आज मिति 2069 भाद्र 28 गते तदनुसार 13th  Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।


DownloadDownload from here size9.3MB

०६९-०५-२८ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ............

01-Mohan Bihani ** मुक्तक **
रुप र यौवनका कुरा दिन हुन्जेल,
साउँ र ब्याजका कुरा रिन हुन्जेल।
फेरिएन मुहार देशको कहिले नि,
नेताहरु भ्रस्टाचारमा लीन हुन्जेल।
--मोहन बिहानी,भक्तिपुर-७ सर्लाही --


02-Krishna Paudyal
रुदै समिप आएर के भो।
झुठो कसम खाएर के भो॥
हुनु आखिर बिछोड रैछ।
अनेकौ गल्ली धाएर के भो॥
-कृष्ण पौड्याल
बम्घा एक गुल्मी


03-Nabodit Nabaraj
मैले भुल्छु सबको नाम तिम्लाई देखेपछि ।
फत्ते हुन्छन सारा काम तिम्लाई देखेपछि ।
आखिर तिम्रो नजरभित्र जादु के छ त्यस्तो ?
सर्माउँछ त्यो जुन घाम तिम्लाई देखेपछि ।
-नबराज नबोदित
हाल: दोहा, कतार।


04-Baral Suryamani
एउटा शून्यतामा हराएको मान्छे,
जिन्दगी जीउन देखि डराएको मान्छे ।
जिन्दगीको मर्माहत प्रहारले गर्दा,
हाँस्न भन्दा रुन मनपराएको मान्छे।।


05-Arjun Chaudhary
जब सम्म सास रहन्छ तिम्रो आस छ हेर,
मेरो खाली हृदयमा तिम्रो बास छ हेर,
तिमी म देखि टाढा गएनी के भोर,
तिम्रो तस्बिर मुटुको मेरो पास छ हेर..
arjun chaudhary padampur 6


06-Ashish Danai --------मुक्तक--------
पहीचान बेच्नेहरु छन् यहाँ
ईमान बेच्नेहरु छन् यहाँ
अरू त के कुरा गर्नु हजुर
ज्यान बेच्नेहरु छन् यहाँ
-आशीष दनाई
बेसिशहर, लमजुङ
Listen Muktak madhurima @ www.ashishdanai.com.np


07-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
आउ हामी सधै सुनौ मुक्तक मधुरिमा
जीवनको साथी चुनौ मुक्तक मधुरिमा
कती गाउछौ गज़ल अनी गीतहरु मात्रै
आजै देखी गुन-गुनौ मुक्तक मधुरिमा !
--गज़ल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा
--चुरियामाई -९ शिखरपानी हेटौडा ,हाल-दोहा कतार
www.facebook.com/gazalakapanaharu



08-अर्जेल मायाको शागर अर्जेल
(नमश्कार मुक्तक मधुरीमा सँचालक दाजुहरुलाई )
मुक्तक "
मलाई माया गर्ने एउटा काली छ !
काली भो त के भो दिल वाली छ"
जिन्दगीभर शाथ दिन्छु भन्ने गर्थी उशले !
आज भोली त अर्कै शँग शाईनो गाँस्न थाली छ !


09-श्रीकान्त बराल कहेराज
आज भोलि हाम्रो देश महन्गाइमा घुमेको छ
एक पटक फेरी गरिबको हास्ने दिन गुमेको छ
धनि लाइ त के हुन्छ र दुख दुखिलाई छ
महंगीले गरिब मार्दै सगरमाथा चुमेको छ .
कृष्ण मन्दिर चोक


10-Ishak Khan
आशु सकिन्छ-सकिदैन रोएर हेर!
दाग मेटिन्छ-मेटिदैन धोएर हेर!!
भनि हालेउ तिम्रो लागि चन्द्रमामा छुन्छु!
साच्चै हो भने एकपटक छोएर हेर!!
{इशाक खान} चन्द्रौटा कपिलवस्तु


11-Lalu Gm
फुल जस्तो चोखो माया छुटाएर गयौ।
मुटु माझ राख्न खोजे फुकाएर गयौ।।
ढुंगा बरु पग्लिन्थ्यो, फलाम पनि गल्थ्यो होला।
निष्ठुरी रहिछौ कोमल दिल दुःखाएर गयौ।।
-लालु जि.एम
स्वर्गद्वारी प्यूठान
हाल मलेसिया


12-तिलक निस्कर्ष
पहिले अहिले पीडाहरुको खात उस्तै देख्छु म त,
बंगैचामा फुल अनि पात उस्तै देख्छु म त
तिमि भन्छौ म बिना त तेरो पल खराब भाछ
तर किन हो सधै जसो , रात उस्तै देख्छु म त
रत्ननगर ७

13-Saroj Dhital
(विदेशी चिहान बाट आमालाई पुकार)
दशैँ आयो, भन्छन् आमा, आउन सकिन..
तिम्ले आँशु, झार्दा मुक्ति,पाउन सकिन..
तिस तल्ला, घरबाट, खसेँ अरे आमा..
चिहान बाट,देउसी भैलो,गाउन सकिन..
-डाँछी 3 काठमाडौ


14-अविरल भण्डारी
अर्कै संग माया मोह लाय पछी देखा पर्यौ
आधा जिबन पिडा र चोट पाय पछि देखा पर्यौ
खोजि गर्दा कहिँ कतै भेटियनौ कहिले तिमि
बिश्वास मा परि धोका खाय पछी देखा पर्यौ
कुमरोज चितवन


15-Gobinda Acharya Maya
आफ्नै लाश चिता माथि,पोल्दै छु म आज
गुम्सिएको मनको गाठो,खोल्दै छु म आज
धेरै भयो बाध्यतामा ओखल बनि बसीराको
मुसल भई पिडा सारा बोल्दै छु म आज
-गोबिन्द आचार्य माया
बिरेन्द्रनगर -७,चितवन
हाल: साउदी अरब, अल खोबर

Nepali Gazal Last Episode listen and Downloadhttp://chisapaninepal.blogspot.com/2012/09/muktak-madhurima-2069-05-2106-09-2012.html


16-निस्चल प्रेमी कान्छा
दशैमा घरतिर आऊन्न आमा
यो सालत छुट्टि पाऊन्न आमा
पठाउछु पैसा दशै खर्चलाई
यसपाली टिका लाउन्न आमा
-निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टिवाटिका साहित्य समाज मुम्बई भारत


17-Rai Munkmen Ramesh मुक्तक
पाए जति फूल लाई गाँस्न काहा सकियो र
माला उनि गलामा टाँस्न काहा सकियो र
रहर त मेरो पनि नभए को काहा हो र तर
फूलको साथ रहि सदा हाँस्न काहा सकियो र
-राई"मुक्मेन"रमेश
हाल
खजुरटार साउदी


18-Raag Gazmer Raz
भोक किनेन पैसाले
सोंच किनेन पैसाले
आफ्ना किन्यो पराई किन्यो
कोख किनेन पैसाले
राग गजमेर राज
धरान १५


19-Anupa Wasti
आफ्नो खुसी आफैंबाट लुटाउँदैछु आज..
मायागर्ने दुईमुटुलाई छुटाउँदैछु आज..
धेरै माया गर्छौ भन्ने थाहा हुँदाहुँदै पनि,
जिन्दगीको बागडोर मैले टुटाउँदैछु आज..


20-Artimus Siru
बल्ल आज थाहा पाए कति माया गर्छौ भन्ने ।
भमरा झैँ डाली डाली डुली मनमा चर्छौ भन्ने ॥
हृदयको गहिराई भित्र तिम्रो नाम कोरिसके ।
अनायासै भोक निन्द्रा तिमीले नै हर्छौ भन्ने ॥
सुमित्रा अधिकारी (धिताल)
गोरखा


21-Aindra Bikram Nisthuri
निस्ठुरी भएछौ तिमी, बैगुनी बन्छौ किन ?
बगलीमा छुरा बोकि, माया गर्छु भन्छौ किन ?
आकशको जुना तिमी, मेरो संसार सुहएन्
अन्तै मुटु साट्या भए, झुटो कसम खन्छौ किन ?


22-Amrit Shrestha
मैले आसु पिएको तिम्ले देखिनौ
म एक्लैइ जिएको तिम्ले देखिनौ
टुक्र्यै टुक्र्य मुटु पारी गयौ तिमी सजिएर
त्यही टुक्र्य सिएको तिम्ले देखिनौ
( Amrit shrestha pokhara 12 kaski)


23-Ram Sharan Shrestha
काँडाले गोप्नै खोजिरहन्छ ।।
छुराले रोप्नै खोजिरहन्छ ।।
बाँच्ने शक्तिसालिहरुनै हुन्
कालले छोप्नै खोजिरहन्छ ।।
राम शरण श्रेष्ठ
चिसापानी रामेछाप
23-June-2012
मुक्तक मधुरिमाका पुराना श्रीङ्खलाहरु सुन्न र डाउनलोड गर्न चिसापानी नेपाल ब्लमा लगइन गर्नुहोला ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima

24-Bikalpa Babu 
आज भोली शहरमा चर्चा नजरको
जता सुकै छाइसक्यो पर्चा नजरको
लठ्ठ हुन्छ दुनियाँ सबै मोहक रुपमा
त्यसैले त नम्बर एक दर्जा नजरको
-बिकल्प बाबु
गितानगर चितवन


25-स्याङ्जाली रमेश मुक्तक
गाउघरमा बाझै बाझा खेतबारी देख्छु अचेल
शहरमा बेरोजगार नरनारी देख्छु अचेल
कैले हुन्छ सबैको खै अधिकार सुरक्षित ?
जता हेरु उतै तिर अत्याचारी देख्छु अचेल
-अर्जुनचौपारी स्याङ्गजा
हाल मरुभूमिको छातीबाट


26-Dipak Karakheti ०८ मुक्तक
भुल्दैछु म तिम्रो, शहर देखी टाढा
झुम्दैछु म तिम्रो, बहर देखी टाढा
गर्दैछु जे यहाँ, खुशीले आफ्नै रातमा
रङगिदै म तिम्रो, लहर देखी टाढा
-दीपक काराखेती
हाल:- अबुधाबी(UAE)

27-Bus Anta
के गर्छौ तिमी अब हिन्ने बाटो हिलो भयो
अर्कै साथी पाय मैले तिमी आउन ढिलो भयो।
कुरेकै हो तिम्लाई मैले, आयनौ त के गरु,
तिम्रो मेरो सम्बन्ध अज फेरी गिलो भयो
-from basanta bhattarai
chabahil, kathmandu


28-Gyan Tramu Magar <मुक्तक>
दुई ध्रुव हुनुमा दोष बराबर छ।
अन्धो प्रेमको मतहोस बराबर छ॥
बिछोडिनुको मजा अलग रछ हेर।
कारण हामीमा सन्तोष बराबर छ॥
ज्ञान तरामु <सेतु> मगर
ठुलोलुम्पेक चार कसिंन्थला
गुल्मी पश्चिम नेपाल
हाल मुम्बई भारत
दुरभाषा-9987181075


29-Ram Bdr Karki
दोबाटोमा बस्दै कुर्दै, रोज्ने छैन तिमीलाई,
जो सँग हिडे पनी, सोध्ने छैन तिमीलाई।
अब मलाई आशा छैन पाउँछु भनि तिमीलाई,
जतासुकै जाऊ तिमी खोज्ने छैन तिमीलाई।
हजरिया-7,सर्लाही.
राम कार्की

30-Surya Chemjong
सुन-चाँदी,हीरा बरू चाँहिदैन
मलाई त्यो ताराहरू चाँहिदैन
चाहे चाँदनी नै,झरोस सामुन्ने
तिमी साथ भए अरू चाँहिदैन

31-मनु थापा ठूलो लुम्पेक हाल प्रडेशी भुमी भारत
हर पल मुटु रेट्डै छु म आज।
बियोगको पिदा झेल्दै छु म आज।।
कत्ति निस्ठूरी स्वार्थी सँसार हुदा यहा।
बोटलको नसा सँगै खेल्दै छु म आज।।

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger