Home » » मुक्तक मुधुरीमा (2069-06-11/27-09-2012)Download

मुक्तक मुधुरीमा (2069-06-11/27-09-2012)Download

Written By https://mohanbihani.blogspot.com/ on Friday, September 28, 2012 | 12:07 AM

( मुक्तक मधुरिमा ) 
Program : Muktak Madhurima 
Radio : Radio Chitwan 94.6mhz 
Time : Turusday 9.15pm 
Host : Ramu Acharya 
Date : (2069-06-11/27-09-2012)

आज मिति 2069 असोज 11 गते तदनुसार27  Sep 2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।

Listen Here-
Download:Download From click Here Size-9MB

२०६९-०६-११ गते बिहिबार तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ 

01-Krishna Paudyal 
हार अनी जित कस्ले बनायो। 
गर
्नु पर्ने रित कस्ले बनायो॥
कष्ट मात्रै र पनी उतै ध्यान।
यो माया र प्रित कस्ले बनायो॥
-कृष्ण पौड्याल बम्घा एक गुल्मी


02-Ashish Danai
गरिबलाई झुपडीकै बास नेपालमा
कसको गर्ने गरिबले आश नेपालमा
राजतन्त्र मेटिएर गणतन्त्र आयो तर
गरिबलाई कहिल्यै हुन्न खास नेपालमा
-आशीष दनाई
गाउसहर-२ दनाईगाउ, लमजुङ
listen and download muktak madhurima fromwww.ashishdanai.com.np


03-Mohan Bihani
पहिले सम्बन्ध सुमधुर बनायौ
इच्छा चाहना चकनाचुर बनायौ
बदनाम गरेउ मेरो यसरी तिमी कि
शहर छोड्न मजबुर बनायौ।।
copyright @ मोहन बिहानी,
भक्तिपुर-७ सर्लाही
मुक्तक मधुरिमाका अघिल्ला श्रीङ्खलाहरु सुन्न र डाउनलोड गर्नको लागि -http://mohanbihani.blogspot.com/


04-Nirdoshi Pokhrel
के देख्यौ र मलाई फसाउन खोजेकी।
सम्पति होला भनी माया बसाउन खोजेकी॥
चार माना मकै हुने खेत बारी छ मेरो।
पिरतिमा हेर मलाई डसाउन खोजेकी॥
lok bahadur pokhrel(nirdoshi)
benimanipur sardi.07 nawalprasi. Hall.mumbai


05-Raag Gazmer Raz
बिलौना धेरै भो चोटको
भूलिदेऊ ठाँउ त्यो खोटको
चल्दैन जिवन रोएर सधैं
फैलनु शीतलु झैं बोटको


06-Bishnu K Gautam
एउटा न एउटा कलाले बाँच्छ मान्छे
कि नाचेरै होस् या गलाले बाँच्छ मान्छे
सहर त निष्ठुरी हुन्छ, स्वार्थि हुन्छ
केहि नपाए गाउँमा अमलाले बाँच्छ मान्छे
बिष्णु गौतम
बाग्लुङ्ग,गल्कोट
हाल: बुटबल,रूपन्देहि


07-Amrit Shrestha
सधैं बस्ने ठाउ पनि बास हुँदैन
आफ्नै भन्नेको पनि आस हुँदैन
परिवर्तनसिल छ यो दुनियाँ सारा
थाहा छ ? समय सधैं एकैनास हुँदैन
(Amrit Shrestha pokhara 12 kaski)


08-Ram Sharan Shrestha
हतियार समाधान हैन ।।
रगत पिउने महान हैन ।।
बुद्धको मन्त्र जपेर हेर
शान्ति केवल उखान हैन ।।
राम शरण श्रेष्ठ
चिसापानी-6, रामेछाप
पुराना श्रीङ्खलाहरु चिसापानी नेपाल ब्लग
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima बाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।


09-अर्जेल मायाको शागर अर्जेल
मनले चाहेजती वरदान पाउन शकीन !
तिम्रो मन मुटु भित्र छाउन शकीन
मेरा शबै खुसी दिन्छुभन्थे तिमीलाई नै
तर तिम्रो मनको मझेरी मा आउन शकीन


10-श्रीकान्त बराल कहेराज़
आऊ नेपाल बनाउने बेला भयो
बिकाशको मूल खनाउने बेला भयो
अब परदेशमा होइन, नेपाल मै बसेर
दशैँ तिहार मनाउने बेला भयो
कृष्ण मन्दिर चोक


11-Baral Suryamani
जान्छौ भने दिएको मुटु लिएर जाउ,
फाटेको मन यो तिमी सिएर जाउ।
आखिर जाने भयौ खुशि लाने भयौ,
मेरो आँखाको आँशुसबै पिएर जाउ।।


12-Rai Munkmen Ramesh मुक्तक
हो तेस्तै दुई चारको खाँचो छ.!
भुत्ते हैन लाग्ने धारको खाँचो छ..!!
छन बिग्नै नबुज्ने हरु त साथमा...!!!
तर मलाइ बुझ्ने समझ्दारको खाँचो छ.!!!!
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद ....


13-Muna Sigdel
खुशीले साथ छोडे जस्तो भो जिन्दगी !
अनायासै यात्रा मोडे जस्तो भो जिन्दगी !!
ढकमक्क बगैचा फुलहरुको फुलबारी यो !
जरा संगै उखेलेर गोडे जस्तो भो जिन्दगी !!


14-निस्चल प्रेमी कान्छा
कोहि छन् दुबै,कतार म छु मुम्बइ शहरमा
बाध्यता हो मेरो पनी आको हैन रहरमा
सोचेजस्तो त कहाँ हुन्छ र प्रदेशमा
गलत हुन पुग्यो आज मैले गर्ने ठहरमा

निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी
हाल दृष्टि वाटिका साहित्य समाज मुम्बई भारत


15-Dipendra Chapagain
सम्झना डाँडापारी गइदिन्छ किन
आँखा पानी पानी भइदिन्छ किन
मुटु टुक्रा टुक्रा हूँदा पनि
लाखौं चोट सहिदिन्छ किन ।।
दिपेन्द्र चापागाँई, कपिलवस्तु, लुम्बिनी ।
हाल मुम्बई

16-Gobinda Acharya Maya
झुत्रे धरो गरिबको टालो फेर्ने कस्ले ?
खाली पेट रुँदै बस्दा भोको हेर्ने कस्ले ?
सस्था आयोग बन्छन जान्छन कति
देखाउने सबका दात भन्या टेर्ने कस्ले ?

-गोबिन्द आचार्य माया
बिरेन्द्रनगर -७,चितवन
हाल: साउदी अरब, अल खोबर


17-Bhola Dhital
मुक्तक लेखु भनेपनी बत्ती छैन यहाँ,,,,
उज्यालोको किरण त झन कत्ती छैन यहाँ,,,
कती बस्नु हामी यहाँ लोड्सेडिङको मार खपि,,,
नेताहरुलाई लाज सरम रत्ती छैन यहाँ,,,,
-भोला धिताल
डाछि-३ काठमान्डु


18-Saroj Dhital
रुदाँ रुदा मेरो देशको हाल के भयो?
सगरमाथा भाको देशको चाल के भयो?
विकाशमा सय बर्ष पछि पर्यो नेपाल..
भ्रष्टचारले कोपरेर ताल के भयो?
डाँछी 3 काठमाडौ


19-Bus Anta
तैले मलाई सिकैस् हिजो, आज गजल लेख्न थाले।
गजलकारको भिडमा आफ्नै तस्बिर मैले देख्न थाले।
धन्यवाद बाहेक के भनु, अरु कुनै शब्द छैन,
तैले गर्दा आजबाट मैले पैला टेक्न थाले।
basanta
chabahil 7 ktm


20-Nabaraj Kharel
जन्ति आई तिम्रो घर , भरेपछी रोए छु म।
रातो टिका फुल अक्षता , छरेपछी रोए छु म॥
केही कुरा गरिनौ है! विहे हुन लाग्दा पनी,
विस्वासमा तिम्ले घात, गरेपछी रोए छु म॥
वेहोशीभै भक्कानोमा, परेपछी रोए छु म॥
Danchhi 9 ktm
<गीत > तिम्रो त आज खुसीको पल यता छ मेरो आशु को पल ......निशा देशारको आबाज मा
संघार एल्बम बाट ..........

21-तिलक निस्कर्ष
दिन जल्यो रात जल्यो, मन पनि जल्यो प्रिया
छैनौ तिमि चौतारीको बर पिपल ढल्यो प्रिया
अस्ति भन्दा हिजो धेरै हिजो भन्दा आज गरि
मेरो मुटु तिम्रो यादमा गल्नु सम्म गल्यो प्रिया
रत्ननगर ७


22-Surya Chemjong
एउटा दाप!!दुई तरबार मिल्दैनन्
एकै साथ दुई!जीत–हार मिल्दैनन्
जति सुकै प्रयास नै,गरौँ हामी तर
कहिल्यै नदिका दुई–धार मिल्दैनन्


23-अविरल भण्डारी
धेरै माया भाको धनि तिम्रै तिम्रै रैछ प्रिय
एक्लै जिउछु भन्थे मनि तिम्रै तिम्रै रैछ प्रिय
जिन्दगीका हरपल हर क्षण सोच्नु मैले बेर्थ भयो
यो दुखीको जिबन , पनि तिम्रै तिम्रै रैछ प्रिय
कुमरोज ३ गबई



24-Thapa Kale Magar
सबै भन्दा प्यासी नजर भो।
जिन्दगी मरूभुमी शहर भो।
जिन्दगी सोचे नपुग्दो रहेछ।
जिन्दगी बाच्नै नसक्ने जहर भो।।
मनु थापा ठूलो ल्हूम्पेक एक गुल्मी हाल बिरानो शहर मुम्बई


25-Umesh Shrestha
जुन सहि छ उही बचन गर्नु होला । यदि बचन को लागि सक्षम छैन भने कमेन्ट दिनु होला ।
मुक्तक
तिमीले छाडीगयौ जब देखि
एक्लो एक्लो छु म तब देखि
एक्लै जिउने बानि परेछ मेरो
एक्लै जिउँछु म अब देखि
Copyright @ उमेश श्रेष्ठ
चिसापानी-४ रामेछाप
(गुम्सिएका मनको बहार )
www.meroconcept.blogspot.com


26-Dasuram Paudel
आँशुनै आँशुको, भेल रहेछ जीन्दगी!
फुत्कनलाई गाह्रो, जेल रहेछ जीन्दगी!!
थाहापाँए आज मैले, पीन्जडामा बन्द रैछु!
शँघर्स नै सँघर्सको, खेल रहेछ जीन्दगी!!
आँशु नै आँशुको, भेल रहाछ जीन्दगी!!!
Dasuram paudel
Dhatibang-5
arghakhanchi
hal- chandigard india


27-Mahesh Jung Thapa
मुटु भित्र लुकायर, राख्दा चट्पटायौ।
झिकि आँखामा सजाउँदा, किन छट्पटायौ।।
मन तन्कायर बाँधिराख्छु भन्दा तिम्लाई,
चरिलेझैँ पखेटा फिंजाई, किन फट्फटायौ।।।
महेश जंग थापा
कुशादेवी-4, काभ्रे
हाल, बसुन्धारा, काठमाण्डौ


28-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
आऊ अघी पछी आउछौ को'को मेरो
भरिन्न मायाले आत्माको डोको मेरो
भर्खर'त १७ जना संग लभ गरें मैले
जिन्दगीमा १०८ पुर्याउने धोको मेरो
hetauda makwanpur, halk- doha qatar

29-Lalu Gm
मन्दिरमा चढाउन, फुल झारेर आए।
पत्थरलाई खुःसी पार्न, फुललाई मारेर आए।।
मेटाउनलाई आको थिए, पाप आफ्नो यहाँ।
फुल टिपी फेरी आफै लाइ पाप पारेर आय
-लालु जि.एम
स्वर्गद्वारी प्युठान
हाल मलेसिया


30-Bibek Dulal मुक्तक
झुक्याएर माथि माथि गा छ
मेयर ,सभासद्,मंत्री पनि भा छ
आफ्नो लागी अकुत कमाए भइ हाल्यो
जनताको दुख उसलाई के था छ .
अस्तु :विवेक दुलाल क्षेत्री "दमक "
वास्तविक नाम :भानुभक्त दुलाल
स्थायी ठेगाना : दमक ,झापा
हाल : अबुधाबी ,यू ए इ .


31-Anupa Wasti
तिम्रो मेरो जिन्दगीको प्यार अधुरो..
विना सोचको हाम्रो घरबार अधुरो..
जिवनभरी एकअर्कालाई मायालेनै बाँधीराख्न,
तिम्रो काँधमा परेको त्यो भार अधुरो..

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.facebook.com/piratikodori
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger