Home » » मुक्तक मधुरिमा (2070-01-05/18-04-2013) Download

मुक्तक मधुरिमा (2070-01-05/18-04-2013) Download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, April 21, 2013 | 2:22 AM



Muktak Madhurima  
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2070-01-05/18-04-2013)

आज मिति 2070-01-05 गते तदनुसार 18-04-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen Here


Click HERE to Download
२०६९-०१-०५ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-Jaya Bhabuk ***मुक्तक***
शङ्घर्षको यात्रा गर्ने थलो हो जीवन/
कहिले घिर्णा कहिले चहि भलो हो जीवन/
दु:ख पिडा सहेरै भए पनि अगाडि बढ्छ,
जिन्दगानी चलाउने सॉच्चै वलो हो जीवन/
-जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,


02-घायल दिपक कार्की
आऊछु भन्थे भेट्ना सपना देख्नै सकिना.॥
सपना देख्ने ठाऊँ त्यो टेक्नै सकिना..॥
नगर्नु गुनासो कत्ति पनि तिम्ले सानु./
त्यो सुन्दर ठाऊँमा पुगेर तिमीलाई भेट्नै सकिना!
-घायल दिपक कार्की
बनकटवा 9 सम्झना बजार लालपुर बााके हाल ईन्डिया गुजरात राजकोट


03-Lb Sagar एल.बी.सागर
गोधुलीमा कसम सँगै sajayaka बॉत भुँल्यै कित ?
र्स्पसमै अंगालोमा बितायका रात भुँल्यै कित?
बँद्लीयै की तिमी पनी ?र्बिसीयैकी अतितलाई ?
प्यासी मनहरु सँगै झँगायका मात भुँल्यै कित?
-फुलवारी ,चार ,कैलाली
हालःमलेशिया


04-Raju Poudel
नया वर्षको शुभकामना सबै नेपालि लाइ
नभाच कसैले पनि फुलको त्यो डालि लाइ
यस्तो पाराले हाम्रो देश चल्दै चल्दैन हजुर
लखेटनु पर्छ अब ति शोसक र जालि लाइ
-राजु पौडेल,
रूद्र्पुर रूपनदेहि,
दोहा कतार


05-तिलक निस्कर्ष
एउटा दीप निभेर अध्यारो हुदैन भन्यौ
तेरो मायाले यो मन र मुटु छुदैन भन्यौ
ठिकै छ मेरो चाह पनि छैन कसैलाई रुवाउने
रोयौ मेरै नाम मा अनि सम्झी मन रुदैन भन्यौ ...
रत्ननगर ७ चितवन



06-आरके थापा
नयाँ वर्ष २०७० को उपलक्षमा ,हजुर लगयत हजुरको सम्पूर्ण परिवारमा
सुख,शान्ति,सम्वृद्धि,ऐश्वर्य र दिर्घायुको हार्दिक मंगलमय शुभकामना सम्पूर्णमा !!!
***मुक्तक***
सबको मनमा खुशी छाओस शुभ-कामना ।
दुख हटी सुख आओस शुभ-कामना ।
हत्या हिंसा ,बलत्कार हुँदै नहोस हाम्रो देशमा,
अब छिट्टै शान्ति पाओस शुभ-कामना ।
-आरके थापा ,बोच-दोलखा
हाल साउदी अरब


07-Ram Sharan Shrestha
दिलको सबै कित्ता, पास गरिदिएँ मैले ।
मुटु मेरो तिमीलाई, खास गरिदिएँ मैले ।
राजिनामा प्राण पनि, चढाएर आजदेखी
आफुलाई तिम्रो नै, दास गरिदिएँ मैले ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप
मुक्तक मधुरिमाका आजसम्मका सबै श्रृखलाहरु चिसापानी नेपाल र मुक्तक मधुरिमा ब्लगबाट सुन्न र डाउनलोड गर्न सकिन्छ ।
http://chisapaninepal.blogspot.com/search/label/Muktak%20Madhurima
and
www.muktakmadhurima.blogspot.com

Chisapani Nepal चिसापानी नेपाल: Muktak Madhurima
chisapaninepal.blogspot.com
Your Blog Description here!



08-मोहन रावल अनमोल 'अस्तु' @_मुक्तक
मन्दिरमा भगवान रहेनछ ...!!
द्यौताको पहिचान रहेनछ ...!!
गधालाई बाउँ भनेछु बेर्थ ...!
बिचरा बिद्धान रहेनछ ...!!
मोहन रावल अनमोल 'अस्तु' बान्नातोलि पाचँ अछाम


09-श्रीकान्त बराल कहेराज
युगले सम्झिने मान्छे बन्न पाय
गर्ब का साथ् म नेपालि भन्न पाय
चाहिदैन मलाइ त्यहा भन्दा अरु
आफ्नै देशको खेत बारी खन्न पाय
कृष्ण मन्दिर चोक


10-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
दुइ धड्कन एकै ठाउँ पार्नु पर्छ नयाँ सालमा
फकाई फुकाई गर्दै निखार्नु पर्छ नयाँ सालमा
हेर नानु एक वर्षमा मात्रै आउछ यस्तो मौका
पक्कै जवानीको धित मार्नु पर्छ नयाँ सालमा !
ATM आत्मा,हेटौडा !


11-Row-sun Khadka मुक्तक
ईश्वर। मन बनायौ मायाँ बनायौ।
हो।घाम बनायौ सँगै छायाँ बनायौ।
पापी त! तिमी पनी छउ भगवान।
तिम्ले मेरा खुशीहरु बायाँ बनायौ।
@रोशन खड्का।सहरे 8 दोलखा।
हाल मलेशिया।


12-Shanti Adhikari मुक्तक
तिम्रो माया कस्तो कस्तो रातमा तड्पाउने ।
जवानीको प्यास बढाई मातमा तड्पाउने ।।
अरे बाबा देखिदैन कसलाई भनु मैले ।
सधै भरी कल्पनाको खातमा तड्पाउने ।।
-शान्ति अधिकारी
बाके
>गीत >तिम्लाई खुसि देख्न पाय चाहिदैन अरु केहि पनि ,
तिम्रै नामको एउटा ज्यान छ धितो राख्छु बरु त्यहि पनि ........
आरम्भ एल्बम बाट दुर्गा परियारको आवाजमा

13-सनम गोले
फुल त्येसै फुल्दैन फुलको डालिमा साथी ।
धान त्येसै झुल्दैन किसानको वालिमा साथी ।
उठ्नु पर्छ जुट्नु पर्छ अनि मात्र हुन्छ हेर
उमंग त्येसै खुल्दैन विहानीको लालिमा साथी ।
नयाँ वर्षको सबैमा शुभकामना।
सनम गोले
दामन मकावनपुर
हाल मलेशिया


14-Pou'dell Ra'zan
तिमीलाई अँगालोमा लुकाउन मन लाग्छ
सँगै बस्दा चोली तुना फुकाउन मन लाग्छ
चिटचिट पसिना, निकालेर शरिरभरि
नाक मुख ओठ सबै सुकाउन मन लाग्छ ।।।
पोडेल राजन, स्याङ्जा


15-प्रतिष्ठित अभियुक्त
बल्झिएको आलो घाऊको चोट मन पर्छ मलाई,
फूल भन्दा नि कडा भाको बोट मन पर्छ मलाई
किन गर्नु झुटो माया यदी जल्नु नै छ भने
तिम्रो ओठ भन्दा धेरै चुरोट मन पर्छ मलाई....!!!
Haal laxminagar new delhi


16-Rai Munkmen Ramesh मुक्तक
आज भोलि रातो-रातो तिम्रो गाला भाको देख्छु
तेहि रंग रुपले लठ्ठै परि भमरा धाको देख्छु
तिम्रै दोष होकि या त बैशालूको दोष हो कुन्नि?
जति जति बढ्छौ उति फरिया छोटिदै गाको देख्छु
राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद...


17-Kabi Limbu
मन्दिर र चैत्य गुम्बामा खोज्दै नखोज ती मेरा बासहरू
दैवले पनि टपक्कै टिपेर लग्यो रहेका ती मेरा सासहरू ।
नरोए नि हुन्छ फुल चढाएर प्रिये ,ब्यर्थै धर्तीमा पोखाई !
वलेको चितामा जीउदै जलिसकें रहेन्न ती मेरा लाशहरू !!
साहित्य अनुरागी :- कवि लिम्वू !
:- .....थर्पू-५, पाँचथर
हाल :- ( जापान ) !!

18-Mohan Bihani *****मुक्तक ********
तिमीले तान्यौ कर्के नजरले,
लोभ्यायौ तिम्रो गुलाबी अधरले,
अकस्मात् बिरानो भयौ कसरी?
टाढा पो भईछौ कस्को खबरले?
मोहन बिहानी
भक्तिपुर सात सर्लाही

19-Navaraj Bhatta मुक्तक*
सूख मात्र होईन जीवन् दु:ख मा नी जिउन सिक
दु:ख भित्र छचल्किएको आसु हरू पिउन सिक
चोट माथी चोट परि धुजा धुजा हुँदा त्यो मन
फाटेको त्यो मन लाई सम्हालेर सिउन सिक !!

20-Navaraj Bhatta मुक्तक*
सूख मात्र होईन जीवन् दु:ख मा नी जिउन सिक
दु:ख भित्र छचल्किएको आसु हरू पिउन सिक
चोट माथी चोट परि धुजा धुजा हुँदा त्यो मन
फाटेको त्यो मन लाई सम्हालेर सिउन सिक !!
नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ


21-Madan Muskan Khatri ( muktak )
भेट्न बोलाई छुट्टिने कुरा दिईन उनिले ।।
मैले देको फिर्ताधागो चुरा दिईन उनिले ।।
प्रश्न सोधे मलै बाचम् की मरम ?
मर नत भनी हातमा छुरा दिईन उनले ।।
madan muskan khatri
dang nepal


22-साहित्यप्रेमी कपिल लामिछाने
झस्काउछन् गुलाबका ति फुलहरुले !!
छेक्छन बाटो भत्तिएका पुलहरुले !!_________________
सबैको हेलाको पात्र भाछु आज म,,
भिजाउछन् सधै यी आँशुका मुलहरुले !!
@साहित्यप्रेमी कपिल लामिछाने दाङ् , तुल्सीपुर @ हाल दोहो, कतार बाट...!!~

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger