Home » » मुक्तक मधुरिमा, (2069-12-2911-04-2013) Download

मुक्तक मधुरिमा, (2069-12-2911-04-2013) Download

Written By https://mohanbihani.blogspot.com/ on Sunday, April 14, 2013 | 3:45 AM


Muktak Madhurima  
Radio : Radio Chitwan 94.6mhz    
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2069-12-2911-04-2013)

आज मिति 2069 चैत्र29 गते तदनुसार 11-04-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।
Listen HERE

 Download: Click here to Download
२०६९-१२ -२९ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................
01-Jaya Bhabuk 
मनका दुई चार शब्द अनि भॉवना दिदैछु मँ!
मेरा सम्पुर्ण ईच्छा अनि चाहॉना दिदैछु मँ!
फलोस फुलोस सबैको जिन्दगानी यहॉ,
दुई हजार सत्तरी को शुभ -कामना दिदैछु मँ!
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,,,


02-बाल कृष्ण भट्टराई
फेरी नयन भिज्न थाले घर छोडेको दिन सम्झी।
रातै भरी निद्रा छैन अाउँदा लाएको रिन सम्झी।।
न त भोक लाग्छ मलाई न त प्याश पानी पिउने,
बियाज माथि सियाज लाग्ने सयकडा तीन सम्झी।।
-बाल कृष्ण भट्टराई,
पिडीखोला,स्याङ्जा,
हाल-दुबै।।।

03-साहित्यप्रेमी कपिल लामिछाने
म गरिब छु धन छैन् मन सँग रम्ने भए !!
स्वार्थि छैन् मेरो आफ्नै पन सँग रम्ने भए !!_________________
आए हुन्छ गाउमा बस्छु किसानिको छोरो हु म,,
मेरो पाखा पखेरीको बन सँग रम्ने भए !!
@ साहित्यप्रेमि कपिल लामिछाने दाङ्, तुल्सीपुर
@ हाल दोहा, कतार बाट....!!!~

04-Komal Bhatta मुक्तक
बिर्सेकाछन् जिम्मेवारी,कर्तव्य र भारा
ठिक्क पार्छन सधैं भरि तिरेका छन् झारा
काम भन्दा कुरा जोत्छन ठूला ठूला स्वरले
गर्न सक्ने केही होइनन रैछन हुतिहारा l l
कोमल भट्ट,न्युयोर्क
चैत्र २६,२०६९

05-Mohan Bihani
तिम्रो दाउमा म सधै हार्न तयार छु,
खुशि तिम्रो पोल्टामा पार्न तयार छु।
तिम्रो खुशियालीमा रमाउने आदत भएसी,
आफ्ना ईच्छा चाहना मार्न तयार छु।
copyright @मोहन बिहानी
भक्तिपुर सात सर्लाही

06-Raju Poudel
हामि सबैको एक दिन कोहि न कोहि खास हुनेछ ।
जे जस्तो भएपनि आफ्नै घरको बास हुनेछ ।
बाचुनजेल यो तेरो यो मेरो भनि घमणड गरेपनि ।
मर्ने बेला सबै संग धिकिर धिकिर सास हुनेछ ।
-राजु पौडेल,
रूद्र्पुर रूपनदेहि,
दोहा कतार

07-Navaraj Bhatta **मुक्तक**
बिदेश गाछौ टन्न धन सम्पती कमा होलाउ
गाऊ घर बिर्सी हाल्यौ अब उतै रमा होलाउ
एता प्रिया बस्दै होलिन् औंला भाची दिन गनी
घरकी लाई छाडी उता आर्कै को हात समा होलाउ !!
नवराज भट्ट
धादिङ ,मैदी २ अमराइ
हाल :अबुधाबी , यू.ए.इ

08-Rai Munkmen Ramesh मुक्तक
अब तिम्रो सामु पर्ने छुइन कहिलै सानु
भुले र नि नजिक सर्ने छुइन कहिलै सानु
पुन अतित सम्झिएर एकान्तमा तिम्रो
तस्वीर हेरि याद गर्ने छुइन कहिलै सानु
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद....

09-बराल सूर्यमणी
आँफै सँग हराएर एउटा मान्छे दँग थियो ।
एक्लो शून्य अनि अबिचलित उस्को आफ्नै ढँग थियो।।
यसो हेर्दा हारे जस्तो आफ्नाले नै लतारे जस्तो।
सकिएको अनुहारमा फुङ्ग उडेको रँग थियो।।

10-Laxmi Smriti Parajuli मुक्तक
मेरो मात्र सोच्छन सबै हाम्रो सोच्ने कोहि भएन,
छाति फुकाई अरुको भलाई,राम्रो सोच्ने कोहि भएन,
चिन्ता लाग्छ बरु छन हात खुट्टा भाँच्ने धेरै,
आर्तहरुलाई मल्हम अनि काम्रो सोच्ने कोहि भएन।
लक्ष्मी स्मृति पराजुली
बिराटनगर 6

11-Raag Gazmer Raz
काम हुने कामी हुन्छ
नाम हुने नामी हुन्छ
यस्तै हो चलन यहाँ
दाम हुने दामी हुन्छ

12-Lb Sagar
अनेक थरी ,चाहाना छन उसका ।
मननै भरी, बाहाना छन उसका ।।
कसरी अँगाल्नु नि,मैले उसलाई ?
पुरा शहरी ,दिवाना छन उसका ।।
-ऐल.बि.सागर
फुलवारी ,4,कैलकली
हालःमलेशिया

13-Anuragi Binod Gaire
नव वर्ष 2070 को पावन अवसर मा सम्पुर्ण मुक्तकमधुरिमा परिवारको
साथै नेपालि जनमा अग्रिम शुभ-कामना व्यक्त गर्दछु॥
नयाँ सोँच बिचार खुलोस चारै तिर॥
हर्ष उमगंको फूल फूलोस चारै तिर॥
नयाँ नयाँ परिबर्तन देखियोस नेपालमा,
सान्ति र सद्भावना घुलोस चारै तिर॥
-अनुरागि बिनोद
हाल क्षितिजको देशबाट

14-Dhaneshwor Poudel
तिम्रोझै जवानि मेरो नि थियो ।
मायामा लगानि मेरो नि थियो ।
चर्चामा छ रे अहिले त्यो कथा,
आधा त्यो कहानि मेरो नि थियो ।
Dhaneshwor Poudel
Dang Deaukhury
Now kuwait

15-आरके थापा नमस्कार ,
शुभ पल ,शुभ समय ,।
***मुक्तक***
अचानक छांगाबाट , झरे जस्तै भैयो ।
बिर्सीयछीन निर्मोहीले ,मरे जस्तै भैयो ।
भन्नेलेत खाडीमुलुक राम्रै हुन्छ , जाउ भन्थे ,
वास्तविकमै खाडलमा , परे जस्तै भैयो ।
आरके थापा ,बोच -दोलखा
हाल साउदी अरब

गीत >दोषी तिमीलाई कहिल्यै ठान्दिन म, पराइ पनि तिमि लाइ मान्दिन म ,
मलाइ एक्लै छोडे पनि आज ,घर न घाटको पारे पनि आज, तिमि छौ प्रिय सदा मेरो मुटुको माझ .......
हरि लम्सालको संगीत , मनिष थापा मनको शब्दमा,स्वरुप राज आचार्यको आवाजमा ........

16-सनम गोले
तिम्रोयादमा धेरै रक्सी पिएर हेरे।
उराठलाग्दो एक्लोजीवन जिएर हेरे।
तर योसब बेकार रहेछ प्रीय मैले
आफुले आफैलाई धोखा दिएर हेरे।
-सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

17-Bibek Dulal मुक्तक
नसके पनि दिन्छु भनि, दानी हुन तयार छैन
नहुने कुरा बकेर ,कुराको खानि हुन तयार छैन
म दिलो ज्यानले माया गर्छु यो चाहिँ सत्य हो प्रिये
मैले हेर्नुछ यो दुनिया, तिम्रो आखाको नानि हुन तयार छैन.
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक ,झापा
हाल :अबुधाबी ,यू ए इ .

18-Milan Bhandari
मेरो प्यारलाई तिमीले मारेर गयौ
दिलको सानो घर अन्त सारेर गयौ
सायद कहिले फर्केर अाउदैन होला
सदाको लागि सागर तारेर गयौ ।।
मिलन भण्डारी दमक झापा

19-Bibash Sapkota
एक दुई दिनमा चुँडिने काँधको त्यो धागोमा हुन्न धर्म अडेको
वलि दिन ठीकपारेको बिचरा त्यो राँगोमा हुन्न धर्म अडेको
युद्ध, द्वन्द खडेरी अनि खाद्य संकटले मर्दैछन्‌ मान्छे यहाँ
चामल घिऊ डढाउन बालेको त्यो आगोमा हुन्न धर्म अडेको
-विवश बौलाहा
झापा

20-कवि लिम्वू
हाँसोहरू सबै लिएर गई आँसुहरू छाडी राख्यौ
भएको मुटुलाई लछार पछार पारी माँडी राख्यौ
के दोष ,दाग थियो र ममा सानु ? आखेरीमा !
फूलको काँडा झिकी मलाई जीउदै गाडी राख्यौ ।
साहित्य अनुरागी ! कवि लिम्वू ! [ आवरा पागल ]
पाँचथर थर्पू-५ चौरास्था वस्ती हाल-आईची केन निसियो सी ( जापान )

21-Khakendra Saud Samarpan
झ्याल खोज्दा हून जुवा खोज्दा हुन
आँगनमा बालबच्चा बुवा खोज्दा हुन
मरेको बाबाको खबर थाहा पाउन
छोराले बाटोमा बटुवा खोज्दा हुन
-खकेन्द्र साउद समर्पण
हात्तिकोट 8अछाम
'
22-विवश' एकल यात्री
नयाँ बर्ष २०७० सालको पावन अवसरमा मुक्तक माधुरिमा परिवार लगायत
देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरूमा
हार्दिक मँगलमय शुभ-कामना व्यक्त गर्दछु।
----मुक्तक----
तिम्ले सलाई कोर्यौ र त जलेको छु।
सुकेको खर थप्यौ र त बलेको छु॥
एउटै मुटु थियो त्यो पनि तिम्लाई दिएपछि।
बेवारिसे लास भई त्यसैले त ढलेको छु॥
'विवश' बसन्त कुवँर
शान्तिबजार, रूपन्देही
हाल- गुजरात

23-Bikalpa Babu 
नयाँ बर्ष को हार्दिक मङ्गलमय शुभकामना सहित सम्पूर्ण मुक्तकीला मनहरुमा samarpit
आयो नयाँ बर्ष हर्षॊ उल्लास लिएर
बसन्त यो ऋतु सँगै सुबास लिएर
अन्धकारमा हराइराथ्यो मेरो जीबन
संसार हेर्न अलिकति प्रकाश लिएर
-बिकल्प बाबु
गितानगर-1,चितवन 

24-तिलक निस्कर्ष
हो म जुन हेरेर सपना पाल्दीन
त्यो सुन हेरेर सपना पाल्दीन
ढुक्क हुनु एक दिन पक्कै तिर्छु ,
तिम्रो गुन हेरेर सपना पाल्दीन
रत्ननगर ७

25-श्रीकान्त कहेराज़
रुदै हुनेछौ हामि नेपालि यहि दिन रहिरहे
हर्के साहुलाई तिर्न अझै पनि रिन रहिरहे
नजाउ परदेश युबा, डुब्नेछौ हामि सबै
आफ्नो देशको लागि मनमा घिन रहिरहे
कृष्ण मन्दिर चोक

26-प्रेम सौगात
प्रेम सागर तर्दै छु म प्यास मेटियन
सिरानीमा तस्बिर तिम्रो याद मेटियन
तिम्रै पाइला पछ्याउदै सपनीमा हिडिरहे,
बिपनिमा गन्तव्यको आश मेटियन
रत्ननगर टांडी


.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger