Home » » मुक्तक मुधुरीमा(2069-08-21/6 Dec-2012) Download

मुक्तक मुधुरीमा(2069-08-21/6 Dec-2012) Download

Written By https://mohanbihani.blogspot.com/ on Thursday, December 6, 2012 | 11:11 PM


Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz  
Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date : (2069-08-21/6 Dec-2012) 


आज मिति२०६९-०८-21 तदनुसार 6 Dec2012 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक मधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक मधुरिमाका साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Listen HERE----------------------------------->>>>>>>>>>

Download From click Here

२०६९-०८-२१ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...........................
01-न्यौपाने माइला 
ß-kash neupane●
तिमि बिना को यो जिवन कुनै पनि बहर छैन !
उजाड लाग्छ यो सन्सार रमाउने शहर छैन !!
यसै गरि माया देउ जुनि जुनि को लागि,
तिम्रै काख मा मर्न पाउ अरु कुनै रहर छैन !!
●ß-kash neupane●
बारा,हाल uae

02-Rai Munkmen Ramesh मुक्तक
अह त्यो कसैको रोदनको धुन मलाइ चाहिएन
बेकसुर खुशी लुछेर पाएको सुन मलाइ चाहिएन
अझ नोट देखाइ झुट बोल्ने अनुरोध नगर्नुस माहाशय
धन्यवाद नोटमा बिक्ने त्यो कानून मलाइ चाहिएन
राई"मुक्मेन"रमेश
हाल साउदी,धन्यवाद

03-Nabin Nepal
मनले भन्छ तन बेइमान हो ।
तनले भन्छ मन बेइमान हो ।
मन र तनको तालमेल मिलेन
म त भन्छु योबन बेइमान हो ।
नबिन नेपाल
भक्तपुर

04-Mohan Bihani
यो मङ्सिरमा मेरो प्रेममा खास बात हुदैछ,
चुपचाप उता नयाँ जीवनको सुरुवात हुदैछ।।
प्रबासमा छु धन कमाउने आशामा आएको,
बैगुनिको भरमा पर्दा बिस्वासघात हुदैछ।।
#copy right@मोहन बिहानी
भक्तिपुर -सात सर्लाही
www.mohanbihani.blogspot.com #
मोहन बिहानीको ब्लग
mohanbihani.blogspot.com

05-डि. एस. पि. अर्जुन
हुनु पर्ने नायक हो, या त नामी गायक हो !
झट्ट हेर्दै वाहू भन्ने, हट्टाकट्टा लायक हो !!
न त भएँ नायक नै , न त भएँ गायक नै !
बरु हावा हाउडे ठीक, गजलकार बाहेक हो !!
Dhaneshwor poudel
Dang Deaukhury
Now @ kuwait

06-Khadga G Magar
कि त भने सहमति, समयमै जुट्नु पर्यो
होइन भने नेता जति, भक्कुताल्ले कुट्नु पर्यो//
झापड ले अझै पनि , पुग्या छैन भने यदि
एक एक गरि पाता फ़र्काई, गोर्खे लौरि चुट्नु पर्यो//
.....हेहेहे
khadga g magar urahari 2 dang
frm qatar

07-Amrit Shrestha
मुखले ठीक्क पार्न खोजेर हुँदैन
मैले मात्र तिमीलाई रोजेर हुँदैन
माया त धेरै गर्छु भन्थेउ तर
मनले मनको माया सोचेर हुँदैन
(Amris shrestha pokhara kaski)

08-Bishnu K Gautam
तला चढ्ने त्यो लिस्नु बिर्सीयौ पाप लाग्नेछ
यति मायाँ गर्ने बिस्नु बिर्सीयौ पाप लाग्नेछ
त्यसैले नै प्राण धान्थ्यौ बिहान अनि बेलुका
केहि कमायौ र सिस्नु बिर्सीयौ पाप लाग्नेछ
बिष्णु गौतम
बाग्लुङ,गल्कोट
हाल:बुटवल

09-Rupesh Fatra रुपेश "अनमोल" फत्र
पान्थर, लिम्बुवान
~~~मुक्तक~~~
सराव पिउदै गए, मात लाग्दै गयो|
भट्टीवाली कान्छी सगँ, बात लाग्दै गयो|
जति पिए उति मिठो, लागेर पिउदा...
बिस्तारै शरिरलाई, घात लाग्दै गयो|

10-Saroj Dhital
के दिन्छौ र तिम्ले मलाई मरेपछि माँया बिचमा..
जिउँदो लाश चिता छेउमा परेपछि मायाँ बिचमा..
अन्तिम भेटको याद आउँछ भन्दै थियौ अलबिदा..
नजिक किन पर्नु धोका गरेपछि माँया बिचमा ...
सरोज धिताल डाँछी 3 काठमाडौ

11-सनम गोले ~~~मुक्तक~~~
तिम्रो सामु पर्दा किन झुक्न खोज्दै छु ।
सर्माउँदै किन म लुक्न खोज्दै छु ।
आखीर किन यस्तो हुन्छ मलाई
निहालेर दिलकोपर्दा बुझन खोज्दै छु ।
सनम गोले
मकवानपुर हाल मलेशिया

12-Bibek Dulal मुक्तक
मरेपछि सम्पती कहा जान्छ
थाहा छैन मुर्दाले पैसा तान्छ
के देख्नु पर्यो आखाले हजूर
छोरोले बाबुलाई ढुंगा हान्छ ..!
अस्तु :
विवेक दुलाल क्षेत्री "दमक "
दमक , झापा
हाल : अबुधाबी ,यु ए इ .

13-निस्चल प्रेमी कान्छा
मुक्तक मधुरीमा मेरो साथी बनेकोछ
दु:ख पिडा भुलाउन जाती बनेकोछ
हरेक बिहिबार तिम्रो बाटो कुरी बस्नेगर्छु ।
साहित्यलाइ जगाउने अनेक भाँती बनेकोछ
निस्चल प्रेमी कान्छा
खर्ज्याङ 9 गुल्मी हाल दृष्टि-वाटिका साहित्य समाज मुम्बई भारत

14-Jyoti Khatiwada Anischit
तिम्रो सिउँदोमा सिन्दुर,कसले भरेछ लौ
त्यो मनभित्र अरुकोही,बसाई सरेछ लौ
माया मेरो कठै,भर्खर कोपिला थ्यो
फुल्नै नपाई जवानीमा,ओईलाएर झरेछ लौ ।
ज्योति खतिवडा अनिश्चित
सुरुङ्गा २ झापा ।

15-Raju Poudel
धर्ति एउटै आकाश एउटै जुन एउटै हैन र ।।
तिम्ले खाने मैले खाने नुन एउटै हैन र ।।
तिमि रूनछौ म रूनछु दुखाइ फरक भए पनि ।।
घाउ लाग्दा बगि जाने खुन एउटै हैन र ।।
Raju poudel
Rudrapur Rupandehi
Doha Qatar

16-Rakshe Deep Milan
सुरुवाटै नभएर, कथा अन्त भयो!
एतातिर मलामि छ, उता जन्त भयो!!
नियतिको खेल पनि, अहो! कस्तो कस्तो?
मेरो खुशि लुट्नेहरु, साधु सन्त भयो!!
-दीप मिलन
रुद्रपुर-०२ रुपन्देहि,दोहा कतार

17-Ashish Danai मुक्तक
भो हजुर छाड्नुस हुन्न सहमती ।
कुम्लो काम्लो बाध्नुस हुन्न सहमती ।
बालुवाटार छाड्नै पर्ने भयो अब ।
बिदेसी खुट्टा माड्नुस हुन्न सहमती ।
-आशिष दनाई
gaunshahar-2, danaigaun, lamjung

18-Mahendra Bc ....मुक्तक.....
फरीया र जामा ,एउटै हुदैं हैन ?
पण्डित र लामा ,एउटै हुदैं हैन ?
तिमि कुन आधारले ,समान देख्छौ साथि ..
सानीमा र आमा ,एउटै हुदैं हैन ?
jental kanchha'Mahendra'
samibhanjyang,lamjung.
Now-qatar

19-Pawan Subedi पवन सुबेदी 'पृथक'
कावासोती,28 बिगाहा न.प.
मुक्तक:
कति टाढा हुने नजिक सरौ हुदैन र?
दुबै मिली मायाको रङ छरौ हुदैन र?
कति एक्ला एक्लै हुने तिमी आफै भन,
यही मँसिरमा अब बिहे गरौ हुदैन र?

20-Anees Regmi Anish Regmi from varatpur-7,krishnapur
पिउन्न भन्थे आखीरमा पिउन बाध्य भए,
भविष्य लाई सम्झी सम्झी जिउन बाध्य भए,
गासिएथ्यो मुटु फेरी टुक्रा पारी गयौ तिमी,
समेट्दै टुक्रा मुटु सिउन बाध्य भए

21-श्रीकान्त कहेराज़
मेरो देसले सिकायको सस्कार स्वीकार्य मलाइ
देशको जित बरु आफ्नो हार स्वीकार्य मलाइ
नेपालि नेपालि हात मिलाई देश बनाउ अब ,
बरु देउ मेरो भागको भार स्वीकार्य मलाइ .....
कृष्ण मन्दिर चोक

22-Toya Khatiwada Kalpit
शंकालु त्यो नजर देखेर सोधेँ मैले तिम्रो साथको मुल्य कति हो?
वैँशालु त्यो अधर देखेर सोधेँ मैले तिम्रो हातको मुल्य कति हो?
मानिसलाई चिन्न एक नजर नै काफी हुन्छ त्यसैले मैले फेरि जोडेँ
तिर्खालु त्यो रहर देखेर भैले सोधे तिम्रो रातको मुल्य कति हो?
तोया खतिवडा कल्पित ।
सुरुङ्गा 5, झापा ।

23-Rockiron Ganesh मुक्तक:
ऊ मेरो यार बोत्तल लिएर आयो!
वियोगको घाउ अब सिएर आयो !
न रिसाउ है सानु ढोका खोल्दा खेरि,
तिम्रो प्यारो पोइ थोरै पिएर आयो !!
-रकआईरन गनेश
फुएतप्पा 5 इलाम
हाल इन्छन कोरिया

24-Bhupendra Bc मुक्तक
रुप्की गोरी गोरि, मन्की काली रैछे
प्रेमीका सोचेको, दाई को साली रैछे
मुखमा त माया गर्छु तीमी बीना म्र्छु भन्थि
बगली छामी हेर्दा, बेईमानी जाली रैछे
भुपेन्द्र(बिपिन)बिसी
बिकाशनगर,कोहलपुर बाँके

25-गजल प्रेमी औसीकोरातमा इन्द्रमानआत्मा
पैसामा बैश साट्नेहरु पनी धेरै देखे
बाटैमा रात काट्नेहरु पनी धेरै देखे
पैसाको लागी जे पनी गर्नेहरुले पनी
कुमारी भन्दै ढाट्नेहरु पनी धेरै देखे
gazal premi ausikoratma indraman aatma,
- churiyamai-9 shikharpani ,
hetauda-makwanpur,hal- doha qatar www.facebook.com/gazalakapanaharu


26-Bikalpa Babu
गन्तव्य, चुम्न अघि, बढि रहेछु
भन्दैछ, दुनियाँले, सडी रहेछु
जित्छु की, हार्छु केही, भन्न सक्दिन
निशष्त्र, प्रेम युद्द, लडी रहेछु
बिकल्प बाबु
गितानगर-1, चितवन

27-तिलक निस्कर्ष
एउटा दिल कम्जोर बन्यो तिम्रै चाहत थियो
छाड्यौ टाढा टाढा बन्यौ मेरो मनमा आहत थियो
गयौ तिमि अन्मियर, मैले पनि पाय कोहि ,
दोश्रो प्रेमको उर्जा छायो ,मलाइ राहत थियो ...
रत्ननगर ७
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger