Home » » कसरी भनु अन्त रात काटेको कुरा,

कसरी भनु अन्त रात काटेको कुरा,

Written By https://mohanbihani.blogspot.com/ on Sunday, December 9, 2012 | 11:04 PM

मोहन बिहानी

गजल,
------------------------------------
कसरी भनु अन्त रात काटेको कुरा,
पबित्र छु भनेर सधै ढाँटेको कुरा। 

गिद्दे दृष्टि लगाउदै पछि लाग्नेहरुले,
भागबन्डा लगाउदै शरीर बाँडेको कुरा। 

गरिबी र सौन्दर्य  साथ नभएकै राम्रो
भन्नै सक्दिन पैसा र बैश साटेको कुरा।

पिलाई सराब लठ्याउदै नशामा दिउसै
भो नभनौ अङग प्रत्येङ्ग चाटेको कुरा ।

भन्दिन रानी बनाउछु भन्दै बिहानीले
फकाउदै बम्बई पुर्याउन आँटेको कुरा।

मोहन बिहानी
भक्तिपुर-सात सर्लाही 
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger