Home » » गजल संसार July -30-2012(2069-04-15) Download

गजल संसार July -30-2012(2069-04-15) Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, July 30, 2012 | 10:41 AM

शान्ति पाख्रिन
गजल संसार

 "गजल संसार" नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म हाम्रो संसार अनलाईन रेडियोमा शान्ति पाख्रिन प्रत्येक सोमबार झैं आज पनि मिति 30-07-2012 /2069-04-15 आउनु भएको छ । हाम्रो संसार अनलाईन रेडियो बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका गजल तथा सुमधुर गजल गीतहरु लिएर  ईजरायलबाट उपस्थित हुनुभैसक्नुभएको छ । यो कार्यक्रम आउनु होस् हामि पनि सुनौ http://www.hsradio.hamrosansar.net/
Listen

Download- Click Here To Download

"गजल संसार"को  यो अङ्कमा मेरो यो गजल बाचन भएको छ।

खहरेमा आएको भेल तर्दैछिन कि सानु,
रोपाई गर्न बेशी तिर झर्दैछिन कि सानु।

बाटो हेरी बस्तै होलिन मलाई सन्झी कतै,
टोलाएर पधेरोमा पानी भर्दैछिन कि सानु।

चिट्ठी पत्र लेख्न पाईन ब्यस्त भयो जीवन,
मेरो पत्रको प्रतिक्षा पो गर्दैछिन कि सानु।

मैले बिर्से उनलाई त्यहाँ घरबार येतै भाको ,
बकम्फुसे हल्लाले छक्क पर्दैछिन कि सानु।

सङ्गै दु:ख साट्ने धोको पुरा भएन भनि,
मलाई सम्झि पल पल मर्दैछिन कि सानु।

copyright@ मोहन बिहानी, भक्तिपुर-७ सर्लाही
    #२०६८-१२-४ शनिबार #
Share this article :

1 comments:

  1. Kya blas 6a ni gajalharu ta malai ta khub manparyo.................

    ReplyDelete

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger