Home » » मुक्तक मधुरिमा,2070-10-02/16-01-2014) Listen and Download

मुक्तक मधुरिमा,2070-10-02/16-01-2014) Listen and Download

Written By https://mohanbihani.blogspot.com/ on Monday, January 20, 2014 | 2:30 AM

मुक्तक मधुरिमा,
Muktak Madhurima

2070-10-02/16-01-2014
Radio : Radio arpan
104.5Mhz

radio Arpan 
Time : Turusday 9.15pm

Host : Ramu Acharya 
आज मिति 2070-10-02/16-01-2014 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको Radio Arpan हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।

Download:click Here To Download

२०७०-माघ २ गते बिहिबार ,www.radioarpan.com.np मार्फत प्रतक्ष्य सुन्न सकिने
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-Mohan Bihani मुक्तक
समाजको कडा जंजिर देख्छु र आतिन्छु
झझल्कोमा तिम्रो तस्बिर देख्छु र आतिन्छु
पहिचान बिहिन मनुष्य झै भौतरिएको छु
आफ्नै अभागी तक्दिर देख्छु र आतिन्छु।
सर्बाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
www.mohanbihani.blogspot.com
Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) | Mohan bihani's blog
www.mohanbihani.blogspot.com
Your Blog Description here!
18 October 2013 at 00:08 ·

02-Surya Chemjong ..........
आजभोली बिनासित्ति तारा झर्दै छन
सिंगो वस्ति बगाउँदै ! रारा झर्दै छन
होश गरौं ! चुनावमा सपना बेच्नेहरू
रोल्पा हुँदै काठमाण्डौं-बारा झर्दै छन
18 October 2013 at 01:38

03-जि.एम. दिपु देपेन्द्र >>मुक्तक>>
कता हो कता लाग्यौ, हेरेको हेर्यै भए..!!
दिल चोरेर भाग्यौ, हेरेको हेर्यै भए..!!
समाऊन पनि सकिन, समाऊन पनि खोजीन ;-
भागेर पनि थाक्यौ, हेरेको हेर्यै भए..!!
@G.M. दिपु देपेन्द्र
खोलागाँऊ -5 सर्केना, रुकुम
18 October 2013 at 08:36 ·

04-A Jeevan Shrestha मुक्तक..
जडिबुटी धामीले नै, बनाएको हैन र?
मुर्तिलाई कामीले नै बनाएको हैन र?
मैले छुँदा चोख्याउन सुनपानी छर्नेहरू,
गर-गहना हामीले नै बनाएको हैन र?
जिवन श्रेष्ठ
गोरखा ।
20 October 2013 at 19:51 ·

05-Dipendra Sangeet Rukum
भन्दि होली मेरि काली प्रदेशीले माया मार्यो..!!
धोकेबाज पो रहिछ उत आज मलाई पिरमा पार्यो..!!
धन कमाई आउछु भन्थ्यो..!!
तर उतै बसाई सार्यो..!!
DIPENDRA SANGEET Simlee 7 amdanda RUKUM हाल बिरानो प्रदेशबाट
21 October 2013 at 17:40 ·

06-Kabi Limbu
तिम्रो रूवाईमा मेरो माया छ
तिम्रो हासाईमा मेरो छाया छ
शंकै शंकामा नसोधनु मलाई
तिम्रै तस्वीर दाँया र बाँया छ
कवि लिम्वू
हाल:- वादलपारीको देशबाट !
22 October 2013 at 09:22



07-लालीगुराँस नारायण श्रेष्ठ मुक्तक
मेरो त बानी खराब होईन।
पिएथेँ पानी शराब होईन।
बोलेको अल्ली ठुलो स्वरले मात्र
गरेको कुनै टकराब होईन।
लालीगुराँस नारायण श्रेष्ठ
नुवाकोट अर्घाखाँची
हाल भारत
23 October 2013 at 10:11

08-श्रीकान्त कहेराज़
शान्ति कै बाटो हिडी शान्ति मै, रमाई रहन पाउँ
अरु हैन पसिनाको फल मात्र, कमाइ रहन पाउँ
जिन्दगीमा अरु केहि इक्ष्या छैन मलाइ ,
यी हातले चन्द्र सुर्य अङ्कित झन्डा,समाई रहन पाउँ
कृष्णमन्दिर चोक
23 October 2013 at 10:35

09-Lokraj Sarjan
तिमलाई रुवाएर म हास्न सक्दिन ।
यता रुवाई उता नाता गास्न सक्दिन।
जस्तै दुःख परोस बरु सँगै काटुला ,
तिमी बाट टाढा भई बाच्न सक्दिन।
लोकराज सर्जन/बर्दिया
खैरेनी
23 October 2013 at 12:18

10-Rupesh Anamol मुक्तक
अचेल जूनले जिस्काउछ रात परे पछि
आफ्नै ठान्या मान्छेले घात गरे पछि
फूल झै जीवन फुलाउछुँ भन्दै थिए
कसरी फुलाउँ??कोपिला मै झरे पछि
रुपेश "अनमोल"
भारपा-३,पान्थर
23 October 2013 at 21:51



11-Saru Chapagain
न माया दिन टन्ऩ सक्छु।
न उनको बन्ऩ सक्छु।
कस्तो अन्योल मा परे आज म,
न माफ गर भन्ऩ सक्छु।
24 October 2013 at 12:09


12-Aindra Bikram Nisthuri
जिन्दगीमा पहिलो पल्ट रहरैमा माया लाँए!
दुई आत्मको मेल भयो कह रैमा माया लाँए!
धोकेबाचको जाल मा परे बिर्सिएर गैइन मलाई
फेरी मलम पट्टी लाउन शाहरैमा माया लाँए!
26 October 2013 at 10:37


13-Shanti Adhikari मुक्तक
अति गर्न खोज्दा माया खती हुन्छ की ।
मनै हर्न खोज्दा माया खती हुन्छ की ।।
नभन न भो तर्किएर छाडी जानेछ ।
पाउमै पर्न खोज्दा माया खती हुन्छ की ।
शान्ति अधिकारी
कोहलपुर बाके
14 November 2013 at 10:18

14-तिलक निस्कर्ष
जिन्दगीले जिन्दगीलाई सिलाइ रहेछ
चाहना उब्जिदै छिटै बिलाई रहेछ
मन यो कठोर छ कसरि भनौ म
सम्झौतामा सधै हात मिलाई रहेछ
रत्ननगर ७ चितवन


15-Anuragi Binod Gaire
आज भोली मसगँ रिसाएकि छौरे होर
अर्कै सगँ मन मुटु मिसाएकि छौरे होर
कुरा काट्छ दुनियाले साँच्चै होकि हैन सानु
पराई सगैँ बैशको भारि बिसाएकि छौरे होर
अनुरागि बिनोद
हाल परदेशबाट
9 January at 17:05

16-Sangay S Sherpa
किन तिम्रो मायाले यति चोट चोटै दियो ,
तिमि आफै भनिदेउ मेरो गल्ति के नै थियो ,
ज्यानतिम्रो माग्या होइन,खुशी तिम्रो खोस्या छैन,
संगै ज्युने मर्ने बाचा पनि पराइले खोसी लियो
9 January at 17:40

17-Bharat Sapkota
सँधैभरि आँशु र केही भ्रमको हाँसो पठाइन्छ
अनि बिगतका यादहरु समेटेर नासो पठाइन्छ
तिमी सँयौ बर्ष बाँच्नुपर्छ प्रिय भनिन्छ बारबार
र बदलामा जहर पठाइन्छ अनि पासो पठाइन्छ
Bharat sapkota, rupandehi
9 January at 17:52

18-Bishnu K Gautam
उठेर बत्ति पनि बाल्न सकिन्न जाडोले
कलममा मसि पनि हाल्न सकिन्न जाडोले
पढ्ने लेख्ने कुरा त हजुर परै जावस न
झ्याप्प सिरक पनि फाल्न सकिन्न जाडोले
बिष्णु गौतम
मल्म-4,बाग्लुङ
हाल:बुटवल
9 January at 18:05

19-Raag Gazmer Raz
हजुरविना कहाँ हाँस्न सक्छु भन्छिन्
हजुरविना कहाँ बाँच्न सक्छु भन्छिन्
पहाड हो जिवन उक्लिनु छ जसैगरि
हजुरविना कहाँ आट्न सक्छु भन्छिन्
धरान
9 January at 18:23

20-बराल सूर्यमणी ,
संधैभरी अन्धकारै अन्धकार कसरी चल्छजीवन यहाँ ।
लोडसेडिङ सरकारी उपहार कसरी चल्छजीवन यहाँ ॥
अरू उक्सेका उक्सै छन् हामी खस्केको खस्कैछौं ।
भत्किदैछन् बिकाशका आधार कसरी चल्छजीवन यहाँ ॥
9 January at 19:13

21-Muna Magar मुना धादिङ
बिवश्ताको हुरी आयो।
बिछोडको छुरी आयो।
निष्टुरी नसम्झनु है,
छुट्टाउने दुरी आयो।
9 January at 19:27



22-घायल दिपक कार्की
नमस्कार नमस्कार नमस्कार
आज मलाई धेरै खुसी लागेको छ!!
मन बाट पिर चिन्ता भागेको छ!!
.............//////दुखाई/////.............
''''''''''''''''''''''''''''''''''''''''''''''''''''''''
----------मुक्तक-------------
एउँटै बाटो नालो अनि कुलो अलग भो/
सुन्छु गाउँमा भन्छन रे ठुलो अलग भो/
मायामा दिन प्रर्ती दिन करान्ती छाउँदा/
आज एउँटै घरमा भाईको चुलो अलग भो/
2070/8/16.........
घायल दिपक कार्की
बनकटवा नौ लालपुर बाँके
हाल अठ्मील्दो सहर बाट
10 January at 01:00

23-Dinesh Timilsina
सायद प्रेम गर्दैमा गल्ति हुदैन
प्रेमको कुनै चलन चल्ती हुदैन
तर धनकै पछि लाग्छन सबै किन हो?
मर्दा ओड्ने कात्रोमा खल्ती हुदैन |||
दिनेश तिमिल्सिना
पोखरा
10 January at 11:37

24-Nisa Abiral
मुत्तक
हाँसोसँग आँशु साटेको बेला ।
उनीले नौँडाँडा काटेको बेला ।
म यति बिघ्न रोएँथे त्यो पल,
सम्बन्ध साह्रा फाटेको बेला ।
जाजरकोट ।
10 January at 16:06



25-Jyoti Khatiwada Anischit
दुनियाँ यो लफडा ,फण्डा केका लागि ?
आमाको देहको भागवण्डा केका लागि ?
चारतारा , एकतारा , हँसिया-हतौडा हुन्छन् भने
चन्द्र-सुर्य अंकित झण्डा केका लागि?
ज्योति अनिश्चित ।
सुरुङ्गा 2 झापा ।
11 January at 08:08


26-Hajurkai Sathi D P
भेट्न आउनु म मरेको सुनेपछी!
कात्रो बेरी मसान धाटमा झरेको सुनेपछी!!
अन्तीम पटक भेट्ने इच्छ्या थीयो तीमी सँग!
आउनु भेट्न शोर्गमा बसाइ सरेको सुनेपछी!!
11 January at 20:32
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger