Home » » तिमीहरुले गर्ने घात कहाँ कम छ र ?

तिमीहरुले गर्ने घात कहाँ कम छ र ?

Written By https://mohanbihani.blogspot.com/ on Monday, January 27, 2014 | 10:31 PM

~~~~~गजल ~~~~~~

तिमीहरुले गर्ने घात कहाँ कम छ र ?

बेमौषमा हुने बर्षात कहाँ कम छ र ?

रोजगारीको नाउँमा मानव तस्करी हुदाँ
बेरोजगारीको जमात कहाँ कम छ र?

बिर्सेको छैन बम गोला बारुद खेलेको
यादमा बिध्वंशकारी रात कहाँ कम छ र?

कति छिट्टै बिर्सेको हिजो बाँडेको सपना
लाचार मान्छेको बात  कहाँ कम छ र?

जनताले चाहेर पनि केहि हुने बाला छैन,
भन्छन बिदेशीको हात कहाँ कम छ र?

copyright © मोहन बिहानी
भक्तिपुर सात सर्लाही
२०७०-१०-१४ मंगलबार
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger