Home » » मुक्तक मधुरिमा (2013-05-16/2070-02-02) Download

मुक्तक मधुरिमा (2013-05-16/2070-02-02) Download

Written By https://mohanbihani.blogspot.com/ on Tuesday, May 21, 2013 | 3:55 AM


Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz

Time : Turusday 9.15pm
Host : Ramu Acharya
Date :  (2013-05-16/2070-02-02)

 
आज मिति 2070 जेष्ठ 2 गते तदनुसार 16-May-2013 तारिख विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ ।
यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ । मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
      
Listen and Download
                  
      Download : Click Here to Download
२०७०-०२-०२ गते बिहिबार ,www.radiochitwan.com.np मार्फत प्रतक्ष्य तथा डाउनलोड गरेर पनि सुन्न सकिने ......... 
तपाइको प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाइ मा निम्न मुक्तक बाचन हुनेछ ...................

01-साहित्यप्रेमी कपिल लामिछाने 
सम्झेर मन नरोको दिन छैन् सानु !!
तिम्रो तस्बिर नछोको दिन छैन् सानु !!_________________
हरपल नयनका वरिपरि घुमिरन्छौ,,
आँशुले मुख नधोको दिन छैन् सानु !!
@साहित्यप्रेमी कपील लामिछाने
नेपाल संस्कृत बिश्वबिध्यालय बेलझुण्डी दाङ्
@ हाल दोहा, कतार बाट..!!


02-केशब निश्चल के.सि.
बित्ने भयो सधै यादमा जिन्दगि
अाशुँ अनि पिडाको साथ मा जिन्दगि।
दिनको त अब अासै मर्यो
यसरि नै सधै रातमा जिन्दगि।
...केशब निश्चल के.सि दाङ बिजौरि हाल मलेसिया


03-Raju Poudel
बिरह चल्छ मन भरि फुटदै फुटदैन बोलि आमा
सपनिमा रूख ढलेको देख्छु आज भोलि आमा
चारै तिर डयाम्म डुम्म बनदुक पडकिदा
डर लाग्छ यो छातिमा बरसनछ कि गोलि आमा
-राजु पौडेल,
रूद्रपुर रूपनदेहि,
दोहा कतार


04-Devilal Khanal
हो हामि सबै जुटे पो देश रहन्छ
मेचि र काली उठे पो देश रहन्छ
भरेका होलान महल धन पैसाले
भ्रष्ट्रचारिलाई लुटे पो देश रहन्छ
देबिलाल खनाल
बारला 1 अछाम
हाल मुम्बै भारत


05-Jaya Bhabuk ****मुक्तक ***
तिम्रै तस्वीर हेरि बसेको छु ऑमा /
दलालको भुमरिमा फसेको छु ऑमा /
पाउछ काम राम्रो भन्यो त्यो पापिले,
यहॉ मँ तँ खाडलमा पसेको छु ऑमा/
जयराम वि. क. {जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेशिया जोहोर,,,,,


06-घायल दिपक कार्की ****मुक्तक****
एक दिन भाविको लेखान पुरानो हुनेछ/
संगै एकदिन आफ्नो आँगन बिरानो हुनेछ/
हुनेछ घरमा रुवाबस अनि धेरै बेलावन/
त्यो दिन वड्दै कात्रो चिहाँन सिरानो हुनेछ\
घायल दिपक कार्की
बनकटवा ९ सम्झना बजार लालपुर बाँके
हाल गुजरात राजकोट भारत बाट.~


07-निस्चल प्रेमी कान्छा
एकै छिनको खेलले जिन्दगी बिगार्यो
मुम्बई आउने रेलले जिन्दगी बिगार्यो
बाउ- बाजेले कमाएको सम्पती नभएर
साउको नुन तेलले जिन्दगी बिगार्यो ।।
निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान गुल्मी
हाल मुम्बई भारत


08-Bishnu K Gautam
पोतो कुचो चुलो चौको छोड्नु पर्छ आमा
कुरितिको यो पहाड फोड्नु पर्छ आमा
अधिकार पाउनलाइ जति दमन भएपनि
अन्याएको बिरूध्दमा लडाई जोड्नु पर्छ आमा
बिष्णु गौतम
मल्म-4,बाग्लुङ


09-आरके थापा ***मुक्तक ***
निष्ठुरीलाई सम्झियर रूने छुईन साच्चै अब ।
मौन हुँदै उनको तस्विर छुने छुईन साच्चै अब ।।
उनीलाई त वास्ता छैन मलाई झन के को चासो ,
भुलेरनि उनको साथ हुने छुईन साच्चै अब ।।।
आरके थापा बोच -दोलखा
हाल साउदी अरब


10-Raag Gazmer Raz
आमा भन्दा पहिलो पटक सासै रोकिएको
माया कति यि सन्तानको सासै अडिएको
नखाईदिदाँ म भोको,रुँदा मै नदि
दुख्दा उसलाई आँशु मेरै सासै साटिएको

11-Sanam Duwadi
लास मेरो हेर्दै आखाँ रसाउने को छ होलाः
मेरो तस्बिर मुटु माझ बसाउने को छ होलाः
यहि हो अन्तिम चिनो उपहार तिमिलाई भन्दै
मेरो चित्ता माथि एउटा फुल खसाउने को छ होलाः

गीत>म मान्छे थिय जिन्दगीले सामान बनायो,
घरि यता उता पुर्याउछ हैरान बनायो .........शितल कादाम्बिनी को शब्द रचनामा
शितल एल्बम बाट दिनेश गौतमको आवाजमा ........


12-Surya Chemjong
दरबार !! त कहिले सरकार तिर हुन्छ
प्राय:ऊ आन्दोलनको बजार तिर हुन्छ
दिनै भरी भाषण गर्छ नारी अधिकारको
साँझ पख रेष्टूरेण्ड एण्ड बार तिर हुन्छ


13-Bikalpa Babu 
म तर्सिएको छैन बन्दुक देखेर
आजित भएको छु तमसुक देखेर
बिस्तारै जिवन सामान्य हुदै थ्यो
झन दुख्यो घाउ नुनचुक देखेर
बिकल्प बाबु
गीतानगर-१,चितवन

14-Rai Munkmen Ramesh मुक्तक
अरुको ईज्जत लुटी रमाउने लाई
चोरी,गुण्डा गरी धन कमाउने लाई
सत्य रमेश इनाम दिने सुरु गर्दैछ
यस्तो खराव व्यत्तिहरु समाउने लाई
-राई"मुक्मेन"रमेश
हाल साउदी
धन्यवाद....

15-G.m. Dipu Dependra मुत्तक
गून्डा अनि चोरले,मलाई धम्क्यायो..//
घुस खा, भनेर घुसखोरले, मलाई धम्क्यायो..//
तेरो जिबन धरापमा छ,होस गर है भन्दै ¥
चिच्याई चिच्याई जोरले, मलाई धम्क्यायो..//
-जि.एम. दिपु देपेन्द्र
रुकुम, हाल डोटी-दिपायल

16-अन्जान श्रेष्ठ अभागी स्याङजा मुक्तक
तिम्रै निम्ति मर्दा पनि पाउन सकिन ।।
तिम्रै पाउमा पर्दा पनी पाउनसकिन ।।
पहिला भन्थ्यौ मेरी मुटु हौ सानु तिमी
चोखो माया गर्दा पनी पाउन सकिन ।।
-अन्जान श्रेष्ठ अभागी
कान्छीबजार ।।

17-Mohan Bihani
************मुक्तक****************
जाँगरले हात चलाउनु पर्छ अब ,
माटोसँगै ढुङ्गा गलाउनु पर्छ अब ।
देशको मुहार फेर्नलाई हामीले,
मिलेर सुन फलाउनु पर्छ अब ।
मोहन बिहानी
भक्तिपुर सात
सर्लाही


18-Kabi Limbu
कसैले तिमीलाई छुन खोजे डाहा लाग्छ मलाई
दुख्दा मुटु मनका कुरा संधै थाहा लाग्छ मलाई
सक्छौ भने भनिदेउ सानु मेरो माँया लाग्छ कति
नजर उठाई तिमीसंग सोध्न चाहा लाग्छ मलाई
-कवि लिम्वू
थर्पू -५,पाँचथर
हाल : जापान


19-Puran Shahi
अरुकै कुरा सुनि मलाई छोडि कहाँ गयौ॥
म सगं जोडेको नाता तोडि कहाँ गयौ ॥
मैले तिम्लाई कहाँ कहाँ खोजिन होलार ॥
पराई को घुम्टो ओडि कहाँ गयौ ॥
पहिलो पटक हो
पुरन शाहि टिटिहिरिया 8
मिलन चोक
गुजरात राजकोट बाट


20-Prakash Syangbo
मुक्तक
मलाइ बोल्न मन लाग्यो
बात मोल्न मन लाग्यो
साहित्यले हरायो मलाइ
पोल खोल्न मन लाग्यो ।।
-प्रकाश स्याङ्बाे
सलकपुर ३ इ‌लाम
हाल मित्रता चाहना ग्रुप
बहराइन

21-सनम गोले
दक्षिण बाट बिदेशीले पेल्दैछ
नेपाली भुमीमा परेट खेल्दैछ
हाम्रा नेता,सरकार किन चुपछन
नेपालीको अस्थित्व पर ठेल्दैछ
-सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

22-तिलक निस्कर्ष
पत्तै पाइन तिमि सित, साटेको जिन्दगी
देखे तिम्रो मायाको धारले,काटेको जिन्दगी
आफु आफै संग रिसाउछु अरु संग हैन ,
च्यात्नु न टाल्नु भयो आज, फाटेको जिन्दगी
रत्ननगर ७ चितवन

23-श्रीकान्त कहेराज़
पुरै षड्यन्त्र ले, खायको देश हो यो
आफ़्नाले आफन्त, गु-मायको देश हो यो
बस्न कति सकिन्छ, सहेर अब ,
भ्रस्ठ सम्मानित भै, आयको देश हो यो
कृष्ण मन्दिर चोक

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
www.radiochitwan.com.np
Download -
www.radiochitwan.com.np
www.facebook.com/radiochitwan
www.facebook.com/muktakmadhurima
http://newschisapani.blogspot.com/
http://chisapaninepal.blogspot.com/
http://mohanbihani.blogspot.com/
www.ashishdanai.com.np
www.muktakmadhurima.blogspot.com
धन्यबाद

कार्यक्रम डाउनलोड को ब्यबस्था मिलाउने साथीहरु .......
कृष्णहरि खड्का ,रेडियो चितवन ९४.६
लक्ष्मण सापकोटा ,रेडियो चितवन ९४.६
राम शरण श्रेष्ठ ,चिसापानी,६ , रामेछाप
मोहन बिहानी , भक्तिपुर ७ , सर्लाही
आशिष दनाई ,गाउँशहर-२ दनाईगाउँ, लमजुङ
ß-kash Neupane, डुमरवाना, बारा हाल UAE
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger