Home » » मुक्तक मधुरिमा

मुक्तक मधुरिमा

Written By https://mohanbihani.blogspot.com/ on Thursday, May 17, 2012 | 7:29 PM

मुक्तक मधुरिमाको २०६९-०२-०४ गते बिहिबार  बसाइ मा निम्न 
मुक्तक  बाचन यो..........
Download and Listen-
Link---     
Radio Chitwan 94.6 MHz - Muktak Madhurima

01-ß-kash Neupane 
अरु को जित मा मेरो, हार मा रमाउ तिमि !
मलाइ छाडि कसैको, संघार मा रमाउ तिमि !!

जिंदगी को यति ठुलो, पिडा मा बाचेको छु

मलाइ परेको यो, भार मा रमाउ तिमि !!

बिकाश न्यौपाने,बारा,हाल uae

02-Ram Sharan Shrestha
मुक्तक
मजा बेग्लै प्यूनमा ।।
पागल भै ज्यूनमा ।।
कस्को छैन उध्रेको
लान्नु पर्छ स्यूनमा ।।
राम शरण श्रेष्ठ
चिसापानी गा.वि.स बडा नंं ६, रामेछाप
Listen and Download All Episodes of Muktak Madhurima fromwww.chisapaninepal.blogspot.com

03-Pushkar Sharma
अरुलाई के भनौ आफ्नै, मुटुले घात दिन्छ,
धड्किन्छ यो तिम्रो नाम मा, मलाइ जैले मात दिन्छ..
मेरो मनमा जब जब, तिम्रो बारे द्वोन्द चल्छ,
मेरो हैन मेरो मुटु, जैले तिम्रो साथ् दिन्छ ..
पुस्कर शर्मा
न्यु दिल्ली इंडिया


04-Samikshya Ghimire
माया पनि कस्तो रैछ छोड्नै नसकिने ,,,
२ मुटु को सम्बन्धलाई तोड्नै नसकिने ,,,,
मायामा बिस्वाश काँच को टुक्रा जस्तै रहेछ,,,,
सानो चिजले टुक्र्येपछी जोड्नै नसकिने ..........
समिक्षा घिमिरे, चैनपुर-७ , लदरी चितवन .

05-Nirdosh Devit
.................मुक्तक..............
पीडाको गहिराई नाप्न कहाँ सकिन्छ र
अन्जुलीभरि आँसु थाप्न कहाँ सकिन्छ र
सकिन्छ भन्दैमा ढल्दै गरेको जिन्दगीलाई
एकैछिन् भनेर समात्न कहाँ सकिन्छ र !
# निर्दोष डेविट,टीकापुर- ९, कैलाली

06-Hom Ale
बस्छौ भने यो दिल भित्र जाउ भन्दिन म।
मेरा सारा दुःख बाड्न आउ भन्दिन म।
सुख हो सब संसार दु:ख एक्लै भोग्नु पर्ने
मेरा खातिर तिमीले दुःख पाऊ भन्दिन म।।
राज आले,हालःमलेशिया जोहर
(मुक्तक परिमार्जन गरियको)

07-Abhagi Mukesh
मरेको खबर सुने, लास पाईन मैले!
छोडिगयौ स्वर्गआफु, बास पाईन मैले!
पागलझै भौतारिदै, गल्लि गल्लि चाहार्दा नि!
भोकमार्ने अलिकति, गास पाईन मैले!
'अभागी'मुकेश रेउले बलिया 8 लम्कि कैलाली हाल-मुम्बई

08-Badal Ghimire
बिशाल छ अजब छ र पनि यो दरबार होइन
तिमीले पक्कै सोच्नेछौ कि यो त्यस्तो हतियार होइन
तिमीलाई मैले जहाँ लुकाएर राखिराखेको छु-
यो मुटु हो प्रेमघर हो कुनै कारागार होइन
- बादल घिमिरे
सामाखुसी, काठमाण्डू

09-Raag Gazmer Raz
डुबि आँशुमा फेरि तिमीलाई सम्झिए
मनमा याद बेरि तिमीलाई सम्झिए
कस्तो थिए कस्तो भए
आफैं दर्पण हेरि तिमीलाई सम्झिए
धरान

10-Dharmaraj Syangtan Tamang
एकान्त चारैतिर सुनसान थियो
के थाहा वरिपरि न भगवान थियो !
आज अग्निपरीक्षामा उ फेल भएछ,
हुन त उ यो समयको विद्धान थियो ।
-धर्मराज स्याङतान, खैराङ्-8,मकवानपुर

11-Pawan Gharti Magar Bibash
आफ्नै स्वार्थ पुरा गर्ने अधिकार दियो कस्ले!
आफ्नै पेवा ठान्यौ देश उपहार दियो कस्ले!
टुक्रा-टुक्रा पार्यौ देश जात भात छुट्टाएर,
अझै भन्छौ जनतालाई समचार दियो कस्ले!
पवन जी एम्,गुल्मी हाडहाडे
हालः- अ.ने.सा.स यू ए ई

12-श्रेष्ठ समनश्री 1)
भगवानले यति सुन्दर मुहार बनाईदियो/
मान्छेले मुहार बिक्ने बजार बनाईदियो//
तिमी मान्छेलाई भगवान ठानिरहेछौ भने-अब,
सोच ! भगवानले नै यो कस्तो बिचार बनाईदियो ?

13-tilak Niskarsha
पल पलमा पुरानो यादमा हराय म त
जिन्दगीका उल्झनमा सधै कराय म त
अब आफ्नो मन आफ्नै रहेन यहा
भविष्यका पलहरु सम्झिदै फेरी डराय म त

14-Badal Ghimire
कसैका लागि यो मुटु मामाघर हो कसैका लागि जेल हो
कसैका लागि यो प्रेम परीक्षा हो कसैका लागि फेल हो
ढुक्कसंग फूटबल खेल प्रिया कुनै आपत्ति छैन मलाई-
तिम्रा लागि यो शीर भकुण्डो हो यो छाती टुडिखेल हो
- बादल घिमिरे
स्याङ्जा, हाल : काठमाण्डू


15-Tej Rai
मुक्तक
चाहेर'नि तिमीबाट टाढा हुन सकिन म
दिलमा फुल लुकायर काडा हुन सकिन म
चन्द्रमा'झैँ संसार बालि तिमि मुस्कुराउदा,
बादल भित्र पुरियको डाडा हुन सकिन म


16-Sumi Prakriti
आफ्नै देखी टाढा भए हजुरसग के गुनासो
आफन्तैलाइ काढा भए हजुरसग के गुनासो
हेरी हेरी तिर्सना त मेट्थ्यो होला दुई मुटुले
आँफै अग्लो डाडा भए हजुरसग के गुनासो


17-Krrish Magar
तिम्रो दु:ख मेरो बाधा
सुख मात्रै आधा आधा
एक्लो सम्झी दुनियाँमा
नआत्तिनु मेरी राधा


18-Nirajan Bista
मायाप्रिति गाँसेउ क्या खूसि लाग्यो।
ओठ टोकि हांसेउ क्या खूसि लाग्यो।।
यक्लो महसुस मलाई कहिल्यै हुन नदिई!
दीलमा तस्बिर टाँसेउ क्या खुसि लाग्यो।
निराजन बिष्ट 'दोषि" दैलेख

19-Mar Ling
आशा थियो बाच्ने तोडेर गयौ ।
शुवास थियो फुल गोडेर गयौ ।।
निष्ठुरी घातीको दिलनै त हो नी
बास थियो मुटुमा छोडेर गयौ ।।।
सुनिल न्यौपाने "मार्लिङ"
जुनियाँ दुई गुल्मी नेपाल,हाल : मुम्बइ
SNMARLING20@YAHOO.COM
SNMARLING20@GMAIL.COM

20-कपिल भण्डारी 'अबिरल' एक 'मूक्तक'
बिष्मृती लाई बल्झाउने फासो पठाउँकी।
शब्द पोको पारी प्यारको नासो पठाउँकी।
तुषारोनै छ यहाँ फुलको राज्य छ त्यो संसार मा,
स्वीकार भय अलिकति चासो पठाऊँकी॥
कपिल भण्डारी ढकारी 6 अछाम
हाल-मुम्बै

21-Bikram Arpan Mgr
मुक्तक
हात लाग्यो शुन्य उही,त्यहि पहिचान
हैन कहिले बन्छ गाठे, हाम्रो संबिधान !
आश्वासन,विश्वासघात धेरै भै सक्यो,
अझै बन्द,हड्ताल अनि उस्तै तानातान !!!
#बिक्रम अर्पण
प्रन्गबुंग-4,पांचथर

22-Hari Aryal Anupam
खुसि देला कि नदेला,अहिलेको यो जेठ चौध,
संविधान पर्ला फेला,अहिलेको यो जेठ चौध,
हजारौको बलिदान,आन्दोलनका उपलब्धि,
सँरक्षण गर्ने बेला,अहिलेको यो जेठ चौध,
हरि अर्याल अनुपम,ग्वालिचौर बाग्लुङ

23-Pramod Dhakal pramod dhakal (spandan)
Padampur 8
मनको कुरा उनलाई मैले भने बल्ल आज
पिरती को यो गोरेटो खने बल्ल आज
तिम्रो संगत लागे देखि ठिक छु जस्तो लाछ
बिग्रेको मान्छे असल बने बल्ल आज

24-Ashish Danai
आयो डोली ल्यायो मलाई बसायो
माया गरेजस्तो गर्‍यो पछी छाँगाबाट खसायो
भन्थो माया गर्छु मलाई सधैं झुटो रहेछ,
अहेले सम्झी ल्याउदा यि आँखा रसयो
अशिष दनाई
गाउँशहर-२ दनाईगाउँ, लमजुङ

25-Dikendra Raj Panta
घर त मेरो लमजुङ हजुर गुराशँ फुल्ने ठाउँ
मयुर र डाँफे चरी घुम्दै डुल्ने ठाउँ
हावा पनि धेरै राम्रो, राम्रो बसोबास छ
गहुँ को बाला धन को बाला लहलह झुल्ने ठाउँ
दिकेन्द्र राज पन्त
चक्रतिर्थ-५, अल्काटार, लमजुङ

26-Ratan Bdr Bk
मेरो जस्तो झुत्रे चाला भए थहा पाउला साथी।
काली मोरी डाँडै काटी गए थहा पाउला साथी।।
यस्तै हुन्छ जिन्दगीमा नसोचेको झर्को फर्को,
भित्र भित्रै सम्बन्धको क्षय थहा पाउला साथी।।
रतन ब.बि.क.,मनाउ~१ सोनाफाटा बर्दिया
हाल~अहमदाबाद

27-Narayan Kafle
जब चोट लाग्छ ,घाउ सुक्न समय लाग्छ ।
मान्छे त्यसै रूँदैन आँशु रूक्न समय लाग्छ ।
प्रवाशमा पीडा ब्यथा बोकेर हिड्रने कति ।
सबैका मनका ब्यथा बुझ्न समय लाग्छ ।।
नारायण काफ्ले , बिर्तामोड , झापा । हालः U.A.E.

28-Krishna Paudyal
कोमल फुललाई बिषालु काँडा बनायौ।
शिशिरमा उजाडिएको डाँडा बनायौ॥
अतित भुलाएर निर्दोश बन्न आफु।
चोखो प्रेम जुठेल्नाको भाँडा बनायौ॥
कृष्ण पौड्याल बम्घा एक गुल्मी हाल मुम्बई बाट

29-Bishnu Prasad Adhikari
" तिम्रो मेरो शहर एउटै
मनभित्रको रहर एउटै
सके सँगै जिउँला सानू
नत्र पिउँला जहर एउटै "
बिष्णु प्रसाद अधिकारी
पदमपोखरी-4, मकवानपूर
हाल: काठमाण्डौ ।

30-Bikalpa Babu 
बाहुन क्षत्री, दलीत लाइ, बन्द चाहियो
मधेस थारु, नेवार लिम्बु, खण्ड चाहियो
कुस्ती खेलाइ, जनता बिच, हेर्छन रमिता
ठुला बडा, टाउके लाइ, द्दन्द चाहियो
bikalpa babu,gitanagar,chitwan

31-Samiksha Adhikari
तिम्रै याद मा रुनु मात्र हैन जिवन !
आँशुले मन धुनु मात्र हैन जिवन !!
लाग्न त लाग्छ माया आउँछ याद नी तर !
बेहाल भई तस्विर मात्र छुनु हैन जिवन !!
-समीक्षा अधिकारी (सौराहा)

32-Saroj Dhital
अन्तिम मुत्तक तिम्रा लागी अब लेख्निन म..
तिमी सँग गाँसिएका खाब देख्दिन म..
जित मात्रै कहाँ हुन्छ पिरति को खेल खेल्दा??
खुला पन्छि तिमी अब बाटो छक्दिन म...
डाछीँ 3 काठमाडौ

33-मोहन बिहानी
मुक्तक
हिजो आज म सारै तनावमा छु,
प्रतिदिन अनावश्यक दवावमा छु,
परिस्थिती प्रतिकुल बन्दै जादैछ झन् झन्,
तेसैले सेती नदीको जस्तै बिध्वन्सकारी बहावमा छु।
मोहन बिहानी, भक्तिपुर-७ सर्लाही http://mohanbihani.blogspot.com/

34-Guru Dahal
ईन्डियाकी नक्कलीले तान्न खोज्छे यो गोर्खेलाई
नयनका तीरले बान हान्न खोज्छे यो गोर्खेलाई
के थाहा उुसलाई यो फुच्चेलाई कुर्ने उतै नेपालमै छन
साँझमा भेट्न बोलाई बोलाई जान्न खोज्छे यो गोर्खेलाई
guru dahal....now india ...jalandhar


35-Preety Sharma
त्यो नयनमा आशु झर्दा,यो हात खाली गर्नेछैन!!
एउटा दिलमा बसिसके,अन्त बसाइ सर्नेछैन
अटुट नाता छ है सानु,हामी दुइको मन मा सदा!!
मायाको बारीमा प्रीतिको फुल,ओएलियनि झर्नेछैन ......
सुजिता पौडेल''प्रीति''

36-Dasuram paudel
मुटुभीत्र बास दीयौ रत खुसी भयँ!
आउछु भन्ने आस दीयौ रत खुसी भयँ!!
तड्पीराथे भोकभोकै तीम्रो यादमा आज साथी!
खान लाको गास दीयौ रत खुसी भयँ!!
मुटुभीत्र बास....!!
Dasuram paudel,chindigardh india.

37-श्रीकान्त बराल कहेराज
यहा भाइले भाइलाई ठोकेको देखिन्छ
बन्दको नाम मा निर्दोषलाई रोकेको देखिन्छ
माथिल्लो तहका नेताले नै बिष्ठ सेबन गरेपछि
जातीयताको नारा हरु , बोकेको देखिन्छ ......
श्रीकान्त बराल कहेराज , कृष्ण मन्दिर चोक

38-Abiral Bhandari
अलमल मा परेको छु ,पत्र कोर्नेको नज़र परेसी
बेहोसी नै भाछु , यो मन चोर्नेको नज़र परेसी
बिश्लेसन गरु कसरि म प्रेमको परिणाम
बाच्नै गारो भो मलाई , मुटु फोर्नेको नज़र परेसी
अविरल भण्डारी ,शहीद स्मृति बहुमुखी क्याम्पस ,mbs दोश्रो बर्ष

.........मुक्तक मधुरिमा सुन्ने माध्यम हरु ,
Live-
radio chitwan 94.6
Download -
धन्यबाद
Share this article :

0 comments:

Post a Comment

Pageviews

Find us on Facebook

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. Mohan Bihani's Blog (मोहन बिहानीको ब्लग) - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger